अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न भारतीय प्रधानमन्त्री मोदी मध्य एसियाको भ्रमणमा

एजन्ेसी/एक बर्षको अवधिमै विकासका अनेकौ कार्यको शुरुवात (साल एक ुशरुआत अनेक) गर्नुभएका भारतका प्रभावशाली प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य एसियाका देशहरुसागको सम्बनध अझ सुदृढ र मजबुत बनाउने उद्देश्यले सोमबारदेखि रुस लगायतका देशहरुको भ्रमण शुरु गर्नुभएको छ ।
प्रधानमन्त्री मोदी रुस, उज्वेकिस्तान, कजाखस्थान, तुर्कमेनियान, किर्गिस्थान र ताजकिस्थनसाग भारतको सम्बनध सुदृढ गराउन मध्ये एसियाका ती देशको भ्रमण र्न लाग्नुभएको एजेन्सीहरुले जनाएका छन् । भारतीय विदेश मन्त्रालयको हवला दिादै एजेन्सका अनुसार मोदीको यस भ्रमणले ती देशसाग भारतको
राजनैतिक र आर्थिक सम्बनध सुदृढ हुने छ । मेड इन भारत अर्थात भारतले उत्पादन क्षेत्रमा ठूलो प्रगति हाासिल गर्न थालेपछि ती देशसागको महत्व अझ बढेको छ ।
हालै मात्र भारतले सैनिक हेलिकोप्टर लगायत रक्षासम्बन्धी सामान आफ्नै देशमा उत्पादन गर्न थालेपछि भारतले रुस लगवायत पूर्व सोभियत संघका केही सदस्यहरुसाग सम्बन्ध बढाउन पनि प्रधानमन्त्री मोदीले यो भ्रमण गर्नुभएको हो । मध्य एसियाको भ्रमण्मा मोदी एक साता रहनु हुने भएको छ । सो क्रममा उहााले ती देशका साथै व्रिक्स एवम् सोधाई सहयोग संगठन
(एससीओ) को शिखर सम्मेलनमा आफ्नो सहभागिता जनाउनुहुने बताइएको छ । भारतले ती देशसाग व्यापारमा थप बृद्धि गर्ने भएको छ । हाल भारतले ती देशसाग एक अब ४० करोड अमेरिकी डलर बराबरको व्यापार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया