जोखिममा धरानका सुकुम्बासी बस्ती

धरान/ बर्षाद्को समयसागै धरानका सुकुम्बासी बस्ती जोखिममा पर्ने भए पनि क्षति न्यूनिकरणका लागि सम्बन्धित निकायले केही पहल नगरेको पाइएको छ ।
बर्षाद्संगै आएको बाढीले सर्दु तथा सेउती खोलाको छेउछाउमा बस्ने सुकुम्बासी बस्ती बगाउने, मानवीय क्षति पुर्‍याउने भएपनि न त यस सम्बन्धमा धरान नगरपालिकाले चासो देखाएको छ न त दैवी प्रकोप व्यवस्थापन समितिले नै क्षति न्यूनिकरणमा चासो देखाएको छ ।
धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको संख्या सुकुम्बासीहरुले निकालेको तथ्यांकमा धरान नगरपालिकाभित्र ६४ वटा वस्तीमा १५ हजार सुकुम्बासी रहेको र अहिले पााचकन्यालाई समेत धरान नगरपालिकामा गाभिएपछि भने ७५ वटा सुकुम्बासी बस्ती १ सय वटा इकाई समिति रहेका छन् ।
जनसंख्याको हिसाबले २० हजार भन्दा बढी सुकुम्बासी बाढी पहिरोको जोखिममा रहेको नेपाल बसोबास बस्ती संरक्षण समाजका पूर्वाञ्चल संयोजक कुमार कार्कीले जानकारी दिनुभयो ।
यता धरान नगरपालिकामा भने यो तथ्यांक उल्लेख गरिएको छैन । तथ्यांक नै नभएका कारण नगरपालिकाले दीर्घकालीन योजना ल्याउन नसकेको धरान नगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठको भनाई छ । उहाले जोखिम भएपछिमात्र त्यस स्थानमा जोखिम न्यूनिकरणमा वैकल्पिक योजना ल्याउने भएपनि
धरान नगरपालिकाले दीर्घकालीन योजना ल्याउन नसकेको स्वीकार्नुभयो । उहाले
धरान बर्षादका समयमा सुकुम्बासी बस्तीमात्र हैन अन्य वस्ती पनि जोखिम पूर्ण अवस्थामा रहेको बताउदै चाडै नै क्षति न्यूनिकरणका लागि नगरपालिकाले योजना बनाउने समेत उल्लेख गर्नुभयो ।
नगरपालिकाको तथ्यांकमा जोखिमपूर्ण क्षेत्रको उल्लेख नभएपनि सुकुम्बासीहरुले भने पाचकन्यामा ५ वटा वस्ती, धरानमा सर्दु खोलाले भेट्ने लोकतान्त्रिक वस्ती, नौलो बस्ती, प्रगतिमार्ग, सुनौलो गैरी टोल, विष्णु टोल, यलम्बर हाड््छा टोल, सेउती खोलाले भेट्ने धरान १५ को बगरकोट लगायतका स्थान जोखिमपूर्ण रहे पनि पटक पटक आफूहरुले यस क्षेत्रको दीर्घकालीन समस्या समाधान गर्न माग गर्दा समेत केही पहल नभएपछि आफ्नै लगानीमा क्षति न्यूनिकरणका लागि खोलालाई अनियन्त्रित हुन नदिन ढुंगामा तारजाली लगाएर छेक्ने गरेको समेत संयोजक कार्कीले बताउनुभयो ।
जोखिमकै कारण यी वस्तका सर्वसाधारण बर्षाद्को समयमा राम्रोसंग समेत नदिनाउने बताउाछन् । उनीहरुले आफ्नो घर जोखिममा परेको विषयमा धरान नगरपालिका तथा दैवी प्रकोप व्यवस्थापन समितिमा पटक पटक जाादा समेत सुनुवाई नभएको
बताउाछन् ।

तपाईको प्रतिक्रिया