–आभा शर्मा, एमएसएन
गर्भावस्थामा देखिने विभिन्न समस्यामध्ये एक हो तल्लो ढाड दुखाई । बच्चा हुर्काउनका लागि उपयुक्त बनाउँन शरीरमा प्राकृतिक रपमा थुप्रै परिवर्तन आउँछन् । मेरुदन्ड, त्यसलाई सहारा दिने लिगामेन्ट्स्, पेल्भिस अनि वरिपरिका मांशपेशी, जसले पेल्भिसलाई आधार र लचकता दिएका हुन्छन्, ती सबैमा थुप्रै परिवर्तन आउँछन् ।
गर्भवती हँुदा यी सबै अंगमा सामान्यतयाभन्दा धेरै नै भार परेको हुन्छ । बढ्दो पेट र तौलले गर्द पेल्भिस खुकुलो हुने गर्दछ । पेटको मांशपेशी पनि तन्किएर पातलो र कमजोर भएको हुन्छ । त्यसैगरी, बच्चा बढ्दै जाँदा मेरुदण्डसंग जोडिएको लिगामेन्ट्स तानिने र तन्कने हुँदा तल्लो ढाडलाई चाहिने आधार सामान्यतयाभन्दा निकै कम हुन्छ, जसले गर्दा तल्लो ढाड दुख्ने गर्छ । साथसाथै गर्भवती हुँदा रिलाक्सिन नामक हर्मोन शरीरमा बन्ने गर्छ । यसबाट प्युबिक हड्डी र साइक्रोइलियाक जोर्नीलाई आधार दिएका लिगामेन्ट्स तन्काइदिन्छ र तल्लो ढाड दुख्छ । अर्कोतर्फ कहिलेकाही मेरुदण्डमा आउने परिवर्तनका कारण स्पाइनल नर्बसमेत थिचिएर तल्लो ढाड दुखाई हुन्छ ।
तल्लो ढाड दुखाई गर्भावस्थाको कुनैपनि समयदेखि सुरु हुन सक्छ । विभिन्न अध्ययनका अनुसार तल्लो ढाड दुखाई गर्भावस्थाको प्रमुख समस्याको रपमा देखा परेको छ । अध्ययनहरका अनुसार ७० देखि ७५ प्रतिशत गर्भवती महिलामा यो समस्या देखिएको छ । तीमध्ये २० प्रतिशत महिलामा गर्भावस्थामा सुरु भएको यो दुखाई बच्चा जन्मिएको ६ वर्षपछिसम्म रहिरहन्छ भने ७५ प्रतिशत महिलामा बच्चा जन्मिएको १८ महिनासम्म रहिरहेको पाइएको छ ।
गर्भावस्थामा हुने ढाड दुखाईमा लम्बर ब्याक पेन तथा पोस्टेरिएर पेल्विक पेन या दुवै खालका दुखाई पर्छन् । गर्भवती हुनुअघि देखि नै तल्लो ढाड दुख्ने समस्या भएका महिलामा प्राय: लम्बर ब्याक पेन हुन्छ । यो दुखाई प्रायजसो निरन्तर हुने गर्छ । जबकि पहिला ढाड दुखाई नभएका महिलामा गर्भावस्थामा तल्लो ढाड दुखाई सुरु भयो भने त्यो पोस्टेरिएर पेल्विक पेन हो । यस्तो बेलामा भने लम्बर ब्याक पेनको जस्तो दुखाई
निरन्तर हुँदैन ।
अध्ययनहरका अनुसार कम उमेरका गर्भवती महिला, गर्भवती हुनुअघि देखि नै तल्लो ढाड दुख्ने समस्या भएका महिला, महिनावारी हुँदा तल्लो ढाड दुखाई हुने, पहिला गर्भवती हुँदा तल्लो ढाड दुखाई भएकाा, गर्भवती हुनुअघि र गर्भावस्थामा तौल र बिएमआइ धेरै भएका महिला अनि थुप्रैपटक गर्भवती भएका महिलामा तल्लो ढाड दुखाईको समस्या देखिने सम्भावना धेरै पाइएको छ ।
तल्लो ढाड दुखाई गर्भावस्थामा देखिने यस्तो समस्या हो जसको नकारात्मक प्रभाव महिलाको जीवनका थुप्रै पक्षमा परिरहेको हुन्छ । घरभित्र र बाहिरको काम, सामाजिक कार्यलगायत निन्द्रामा प्रत्यक्ष रपमा असर परेको हुन्छ । यो समस्याले महिलाको कार्यक्षमतालाई घटाउने मात्रै होइन कि दैनिकीमा पनि अप्ठेरो पार्छ ।
अध्ययनहरका अनुसार तल्लो ढाड दुखाईलाई गर्भवती महिलाले तल्लो ढाडमा लुछेको जस्तो, हानेको जस्तो, चक्कुले घोचेको जस्तो र ढाडै चुँडिएको जस्तो अनुभवको रपमा व्याख्या गरेको पाइएको छ । त्यसैगरी, अरु अध्ययनका अनुसार ५६ प्रतिशत महिलाले उँभिदा, ४७ प्रतिशतले बस्दा, ४२ प्रतिशतले निहुँरिदा, ३६ प्रतिशतले सुत्दा अनि ३४ प्रतिशतले हिँड्दा दुखाई बढेको अनुभव व्यक्त गरेको पाइएको छ ।
तल्लो ढाड दुखाईलाई पूर्ण रपमा हटाउन नसकेपनि केही हद्सम्म कम गराउन महिलालाई शारीरिक पोस्चरका बारेमा जानकारी दिनुपर्ने हुन्छ । काम गर्दा, हिँड्डुल गर्द पोस्चर मिलाएर गर्नुपर्छ । सुत्दाखेरि गर्भवती महिलाका लागि बनाइएको बिशेष सिरानीको प्रयोग गर्ने अथवा कमलो सिरानी प्रयोग गरेर सुत्ने । गर्भवती महिलाले गर्न मिल्ने हल्का व्यायाम गर्ने । शरीरलाई गार्हो नपर्ने हिसाबले बिहान बेलुकी केही समय हिंड्ने । अनि जुनसुकै काम गर्दा ढाडमा भार नपर्ने हिसाबमा गर्नुपर्छ । गर्भवती हुनुअघि देखि नै दिनहुँ रपमा व्यायाम गर्ने गर्नुपर्छ । आÏनो तौल र बिएमआई सामान्य परिधिभित्र राख्ने गरेमा पछि गर्भवती हँदा तल्लो ढाड दुख्ने समस्या देखिने सम्भावना केहीमात्रामा भएपनि कम भएको देखिएको छ ।
