धरान/बुताङ राई वातुङ्ग जिल्ला कार्यसमिति सुनसरीको अध्यक्षमा
नरेन्द्रप्रसाद बुताङ राई सर्वसम्मतबाट निर्वाचित हुनुभएको छ ।यसैगरी जिल्ला कार्यसमितिको उपाध्यक्षमा मणिकुमार वुताङ राई, सचिवमा रमेश बुताङ राई, कोषाध्यक्षमा इन्द्रलक्ष्मी बुताङ राई, निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा सुखदेव वुताङ राई, राजकुमार वुताङ राई, रामकुमार वुताङ राई, हरिमान वुताङ राई र राजकुमार वुताङ राईरहनु भएको छ ।
वुताङ राईहरुको हालै धरानमा सम्पन्न जिल्ला भेलाले उक्त कार्य समिति गठन गरेको हो । जिल्ला भेलाको प्रमुख अथितिमा किरात वान्तवा वुताङ राईको केन्न्द्रीय अध्यक्ष पूर्ण वुताङ राई रहनु भएको थियो भने अन्य अतिथिहरुमा केन्द्रीय उपाध्यक्ष सर्वजित वुताङ राई, आनन्दकुमार वुताङ राई, केन्द्रंीय सदस्य देवी वुताङ राई
रहनु भएको थियो । भेलाले वुताङ
राईको विधान २०७० बमोजिम जिल्ला कार्यसमिति गठनसागै वुताङ्ग वंशावली समेत तयार गर्ने निर्णय गरेको छ ।
