जेष्ठ नागरिकहरु सम्मानित

धरान/साागुरी धारापानी समाज जिल्ला कार्यसमिति सुनसरीले समाजका केही जेष्ठ नागरिकलाई एक कार्यक्रम बीच गत हप्ता धरानमा सम्मान गरेको छ ।
नेपाल महिला संघ सुनसरी क्षेत्र नं. १ की सभापति समेत रहनु भएकी साागुरी धारापानी समाजकी अध्यक्ष नेत्रकुमारी राईको पहलमा जेष्ठ नागरिकहरु सम्मानित रहनुभएको हो । सम्मानित हुनुहुनेहरुमा धरान १२ का गोपाल प्रसाद खनाल, मालिका खतिवडा, क्या. कृष्णबहादुर राई, क्या. रामलाल अम्बुले
राई र चन्द्रवती थापा मगर हुनुहुन्छ ।
नेपाल महिला संघ जिल्ला कार्यसमिति सुनसरीकी सभापति विजया कटुवालको प्रमुख आतिथ्य, जिविस सुनसरीको आर्थिक सहयोगमा सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा दर्शन राई, आहाले धरान सेवा समाजका अध्यक्ष जीवन कुमार राई, किरात राई याक्थुङ्ग चुम्लुङ्ग सुनसरीकी अध्यक्ष संगीता सुब्बा, नेपाल महिला संघ सनसरी क्षेत्र नं. १ की सह सचिव निर्मला नेपाल, सचिव निर्मला शाक्य लगायतले जेष्ठ नागरिकहरुको योदानको प्रसंसा गर्नुभएको थियो । भने कार्यक्रमको संचालन सााघुरी धारापानी समाजकी सचिव रेणुका राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया