परिषद्को शैक्षिक क्यालेन्डर अनुसार चल्दैन नीजि उच्च माविहरु

धरान/सुनसरीका निजी माविहरुले उच्च माध्यामिक शिक्षा परिषद्को शैक्षिक क्यालेन्डर अनुसार पठन–पाठन नगरेको भन्दै सचेत नागरिक एवम् अधिकारकर्मीले जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण
गरेका छन् ।
सचेत नागरिक एवम् अधिकारकर्मी गोपीकृष्ण खतिवडाले जिल्ला शिक्षा कार्यालय सुनसरीको ध्यानाकर्षण गराउदै सो को बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय इटहरी सुनसरी, हिसान जिल्ला कार्य समिति सुनसरी र सञ्चार गृहहरुलाई दिएका छन् ।
 आषाढ ६ गते लिखित रुपमा जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराउदै उनले भनेका छन् ‘उच्च माध्यामिक शिक्षा परिषद्को शैक्षिक पात्रोमा व्यवस्था भए अनुसार कक्षा ११ र १२ को शैक्षिक सत्र श्रावण २ गतेबाट शुरु हुने प्राप्त प्रावधान छ । यद्यपि सुनसरी जिल्लामा सञ्चालित अधिकांश संस्थागत उच्च माविहरुले उक्त व्यवस्थाको उल्लंघन गरी असार महिनादेखि नै पढाइ सञ्चालन गदै आएका छन् । यो कार्य पूर्ण त गैर कानुनी हो । नियम कानुन विपरीत आफूखुशी नयाा सत्र सञ्चालन गर्नुले अस्वस्थ प्रतिष्पर्धा बढाउनुका साथै शिक्षक कर्मचारीहरुमाथि श्रम शोषण समेत भएको छ ।
ध्यानाकर्षणपत्रमा अगाडि भनिएको छ , शिक्षालय जस्तो मर्यादित संस्थाका सञ्चालकहरुबाटै यस किसिमको अवैधानिक कार्य गर्न
गराउन बाध्य पार्नु के कति उपयुक्त र त्यस्तो कार्य नीतिगत भ्रष्टाचार अन्तर्गत पर्छ , पर्दैन ? सो को मुल्यांकन गरी नियमाअनुसार नयाा शैक्षिक सत्र सञ्चालन गर्ने गराउने कार्यका लागि आवश्यक निर्देशन दिनु हुन ध्यााकर्षण होस् भन्ने अपेक्षासहित निवेदन गरेको छु । नियमानुसार शिक्षालयहरु सञ्चालन नभए आथिल्लो निकयासमक्ष उजुरी गर्न बाध्य हुने कुरा समेत निवेदनमार्फत जानकारी गराउादछु, ध्यानकर्षण पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया