मदन ढकाल । अक्सर यो नामसाग अपरिचित धरानेहरु शायदै होलान् । अझ यो नाम नेपाली कााग्रेस धरानमा पुराना र युवा पुस्ताका लागि क्रान्तिकारी, जुझारु, र इमान्दारिताका लागि पर्याय जस्तै बनेको छ । धरानमा मात्र हैन जिल्ला र केन्द्रीय नेतृत्व समेत यो नामसाग भलिभााति परिचित छ ।
नेपाली कााग्रेसको आदर्श मूल्य, मान्यतालाई आत्मसात गरी विगत ३५ बर्षदेखि निरन्तर चाहे त्यो प्रतिबन्धित अवस्थाका दिन हुन चाहे प्रजातन्त्र स्थापनापछिका दिन हुन संघर्ष र विद्रोह गर्दै आउनु भएका मदन ढकालले आगामी साउन १४ गते हुने नेपाली कााग्रेसको नगर अधिवेशनमा सभापतिको उमेद्वारी घोषणा गर्नुभएको छ । उहााको उमेद्वारी घोषणाले यतिबेला नेपाली कााग्रेस
धरानको राजनैतिक तापमान ह्वात्तै बढेको छ । वि.सं. २०३६ सालमा नेपाल ल क्याम्पस काठमाण्डौमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघको सदस्यता लिनु भएका ढकालको राजनैतिक यात्रा आज पर्यन्त उस्तै छ । उही युवा जोश, उही स्फूर्ति । वि.सं. २०३६ सालको जनमत संग्रहमा बहुदलतको प्रचार अभियान अन्तर्गत वडा नं. ४ मा भित्ते लेनसागै प्रचार प्रसारमा सक्रिय । त्यबेला
धरानका १९ वडा मध्ये वडा नं. ४ मा मात्र बहुदलको जीत भएको थियो । वि.सं. २०४१ सालमा नेपाल विद्याार्थी संघ सुनसरीको जिल्ला समितिको सह सचिवको जिम्मेवारी निर्वाह गर्नुभएका ढकाल २०४३ सालमा महेन्द्र वहुमुखी क्याम्पस धरानको नेविसंघ इकाइको पहिलो अध्यक्ष भएर विद्यार्थी संगठन गर्नुभएको थियो । वि.सं. २०४४ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट सोही क्याम्पसमा पहिलो पटक स्ववियु सभापतिको उमेद्वार बन्नुभयो । त्यसबेला उहााले प्रस्तावक र समर्थक समेत पाउनु भएन अन्तत :उहााको जुझारुपन, हिम्मत देखेर अनेरास्ववियुका विद्यार्थी नै समर्थक र प्रस्तावक भएका थिए । त्यसबेला आफूलाई नेविसंघ र नेपाली कााग्रेसको कार्यकर्ता भनाउादा पनि आक्रमणको शिकार हुनुपर्ने अवस्था थियो । तर उहााले यी कुनै कुराको प्रवाह गर्नुभएन । वि.सं. २०४३ सालमा प्रतिवन्धित नेपाली कााग्रेसद्वारा स्थानीय निकाय कब्जा गर्ने नीति अनुरुप वडा नं. ४ मा नसस पदमा अत्याधिक मतले निर्वाचित ढकालले २०४६ साल माघ ५ गते नेपाली कााग्रेसका सर्वोच्च नेता तथा लौह पुरुष स्व. गणेशमानसिंहको निवास चाक्सिबारीमा बहुदलीय प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलन गर्ने घोषणा गर्न सम्पन्न विशेष भेलामा सुनसरीबाट प्रतिनिधित्व गर्नुभएको थियो ।
वि.सं. २०४४ सालमा स्ववियु सभापतिको उमेद्वार हुादा आफ्नो चुनावी अपिलमा ‘फासिस्ट तानाशाही पञ्चायती व्यवस्था मुर्दावाद’ लेखेर छापेको र बााडेको आरोपमा राजकाज मुद्दा लागि कोशी अञ्चल अञ्चलाधीश कार्यालयमा बयान दिनुभएका ढकाललाई नेपाली कााग्रेसका स्व. नेता चिरञ्जीवि रिजालको पहलमा छाडिएको थियो । वि.सं. २०४६ सालमा ढकाल विद्यार्थी नेता हुनुभएकोले जन आन्दोलन शुरु हुनुभन्दा अगाडि नै माघ २३ गते पक्राउ गरी लौकही थानामा पौने दुई महिना थुनिएको थियो । चैत्र २४ गते बहुतलको घोषणा भएपछि मात्र उहाालाई रिहा गरिएको थियो । त्यसभन्दा अगाडि प्रतिबन्धित नेपाली कााग्रेस सुनसरीका जिल्ला सभापतिको नेतृत्वमा स्थानीय समस्या अवगत गराउादा इनरुवाबाट पक्राउ गरियो र सिडिओद्वारा बयान पछि छाडिएको थियो । वि.सं. २०४८ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको उमेद्वार हुादा अविरजात्रा गरी अधिवेशन हलबाट इनरुवा बजार परिक्रमा गराइए तापनि तत्कालीन पार्टीको जिल्ला नेतृत्वले हस्तक्षेप गरी उहाालाई सभापति हुनबाट बञ्चित गराइयो । वि.सं. २०४८ सालमा झापाको कलवलगुढीाम भएको आठौ अधिवेशनमा पर्यवेक्षक प्रतिनिधिको रुपमा सहभागी २०४८ को आम निर्वाचनमा सक्रिय, २०४९ सालको स्थानीय निर्वाचनमा वडा नं. ४ को वडा अध्यक्षमा अत्याधिक मतले निर्वाचित, २०५३ सालमा सम्पन्न नेपाली कााग्रेसको नवौ महाधिवेशनमा वडा नं. ४ को वुथ अध्यक्ष निर्वाचित ढकालले २०४६ सालमा प्रतिबन्धित नेपाली कााग्रेसका नेताहरु स्व. गिरिजाप्रसाद कोइराला, स्व.गणेशमानसिंह र स्व. मनमोहन अधिकारीलाई राजकाज मुद्दामा कोशी अञ्चल अदालत धरानबाट राति १० बजे विराटनगर निवास पुर्याउनुभएको थियो । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा वडा नं. ४बाट नससमा अत्याधिक मतले निर्वाचित ढकाल २०५६ सालमा नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ को तदर्थ समितिको सचिव, २०५७ सालमा नेपाली कााग्रेस सुनसरीको पुन सचिव, २०६२/०६३ सालको दोस्रो जन आन्दोलनमा नगर समितिको नेतृत्व गरी आन्दोलन सफल बनएको, २०६४ सालमा नेपाली कााग्रेस सुनसरीको सचिव र २०६७ सालमा सम्पन्न नेपाली कााग्रेसको बाह्रौ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित ढकाल आधा दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ । यसपटक हामीले यिनै जुझारु, कर्तव्यनिष्ट ढकालसाग आगामी नगर अधिवेशनको सेरोफेरोमा रही अन्तरंग संक्षिप्त वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
ज्ञनेपाली कााग्रेसको तेह्रौ महाधिवेशन निकट आइसकेको छ । तपाईले पनि नगर सभापतिका लागि आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ। तपाईको उमेद्वारी के का लागि ?
–मैले जब ७ बर्ष अगाडि नगर सभापति छोडे त्यसपछि नगर समितिमा जुन विकृति देखियो त्यसले मलाई अत्यन्तै दु:खित बनायो । मेरो पालामा क्षेत्र र नगरबीच सौहार्दपूर्ण सम्बन्ध थियो । कसैको अस्वस्थ आलोचना हुादैनथ्यो । हरेक काममा नगर र क्षेत्र हातेमालो गरेर अगाडि बढ्थे, त्यो अवस्था आज रहेन, छैन । अहिले नगर र क्षेत्रबीचमा पानी बारबाबारको सम्बन्ध छ । त्यो सम्बन्धलाई एउटै कित्तामा ल्याउन म चाहन्छु । दुईवटा कित्ताका हैनौ हामी । संस्थापन र प्रजाान्त्रिक भन्ने जुन विभाजन छ त्यसलाई म मेटाउन चाहन्छु । १२ औं महाधिवेशन एकता महाधिवेशन थियो त्यसपछि संस्थापन र प्रजातान्त्रिक भन्ने छैन । हामी एउटै नेपाली कााग्रेस हौं । पार्टी सिर्फ नेपाली कााग्रेस हो । यसलाई अर्थात यो विभाजनलाई हटाउन मेरो प्रत्यन हुने छ । देश संघीयतातर्फ जाादै छ, स्थानीय निर्वाचन चााडै हुादैछ । हामीमा गुट उपगुट हुने हो, एक अर्कामै विभाजित हुने हो भने कसरी भोलि अरुसाग प्रतिष्पर्धा गर्न सक्छौं ? त्यसैले हामीमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।
ज्ञअहिले बजारमा एउटा हल्ला छ मदन ढकाल एउटा पुराना, इमान्दार र जुझारु कार्यकर्ता हुन् त्यसमा दुईमत छैन ।, तर दुई तीन बर्ष तपाईले अलि निष्कृय जस्तो बन्नुभयो र अहिले पद कै लागि सक्रिय हुनुभएको हो भन्ने छ । यसलाई तपाई कसरी लिनु हुन्छ ?
–म पदको कहिल्यै पछि दौडिन । पद त मलाई यस भन्दा अगाडि किस्तीमा हालेर दिएको अवस्था हो । सात बर्षको अवधिमा पार्टीले वास्तवमै मलाई अपमान गर्यो । त्यो सबै गुट उपगुटकै कारण हो । एकताका मैले अपमान सहन नसक्दा र पार्टीमा भएको विकृति विरुद्ध साधारण सदस्यबाट पनि
राजीनामा दिएको थिएा । पुन: मलाई जिल्ला सचिवमा राखियो । त्यसैले गर्दा म यो पदमा आशक्त भएर आउन लागेको हुइना । म काम गर्न आएको हुा मेरो उमेद्वारी यसैका लागि हो । अहिले धरान उपमहाननगरपालिकामा जिम्मेवारी बढेको छ । १९ वटा वडाबाट २७ वटा वडा भएको छ । पार्टीलाई गतिशील, ऊर्जा थप्न, सशक्त बनाउन मात्र मैले उम्दवारी घोषणा गरेको हुा । अहिले पार्टी गतिशील छैन, अहिले शिथिल छ । यो अवस्था कायम भए आगामी स्थानीय निर्वाचनमा हामीले यहाा वर्चस्व राख्न सक्दैनौं । गुट उपगुटमा विभाजन भएर पार्टी नै यहाा अशक्त अवस्थााम छ त्यसलाई सही ट्रयाकमा ल्याउनुपरेको हुादा मैले उमेद्वारी दिएको हुा । मलाई निस्कृय भयो भनेर जुन आरोप एकथरिले लगाएका छन् वास्तवमा म कहिल्यै निस्कृय छुइन् । अहिले म महासमिति सदस्य पनि हुा । अर्को कुरा मलाई क्षेत्रीय समितिको मिटिङ्गमा चारबर्षदेखि सचिवले डाकेकै छैनन् । म आफै निस्कृय भएको होइन । मलाई पार्टीले निस्कृय बनाएको हो । मलाई कुनै पनि कार्यक्रममा बोलाउार्दैनन् । जब कार्यक्रम सिद्धिन्छ अनि म थाहा पाउछु । नेताहरु आउादा खबर गर्दैनन् जब नेताहरु जान्छन् अनि म थाहा पाउछु । म आफै निस्कृय भएको होइन मलाई पार्टीले निस्कृय गरेको हो । यसरी मलाई पार्टीले माइनस गरेपछि मैले अहिले उमेद्वारी दिएको हुा ।
ज्ञयो अवस्था कसरी आयो त ?
–यो अवस्था कसरी आयो भने म एउटा केन्द्रीय स्तरका नेताहरुसाग सम्पर्क भएको मान्छे हुा । म एउटा पुरानो नेपाली कााग्रेसको कार्यकर्ता हुा । एकताका धरानमा कााग्रेसका कार्यकर्ता औालामा गन्दा मेरो पनि नाम आउथ्यो । यहाा भन्नुहुन्छ भने नेपाली कााग्रेसको सभापति, उपसभापति, महामन्त्री र दुई तीन जना केन्द्रीय सदस्य त मेरोमा आउने, बस्ने, खाने गर्नुहुन्थ्यो । मलाई नदेख्ने आदरणीय नेताहरुले मेरो बारेमा
राम्ररी जानकारी राख्नुहुन्छ । त्यसैले गर्दा पनि यो अगाडि बढ्यो भने यसको सम्पर्क केन्द्रसम्मै छ भनेर पार्टीमा यसको पहुाच अगाडि बढ्छ भनेर मलाई सुनियोजित ढंगले माइनस गरेको हो । म जस्तो एउटा कार्यकर्ता जसले विद्यार्थी राजनीतिदेखि नै २०३६ देखि लागे । मलाई अगाडि बढाउादा हामी अगाडि बढ्न सक्दैनौं भन्ने यहााका केही स्थानीय सोच भएको मैले महससुस गरेको छु । यो विकृति हो । यसैको खिलाफमा मैले विद्रोह गरेको हुाा । यो मेरो उमद्वारी विद्रोह हो । मैले पार्टीमा यो भन्दा अगाडि दुईपटक विद्रोह गरेको थिएा । उपमेयरको टिकट दिादा २०५४ सालमा मैले विद्रो्ह गरेको थिए । मैले त्यसबेला उम्दवारी दिएा । त्यसबेला त्यसको विरोधमा मसाल जुलुस नै निकालेको थिएा । त्यसबेला हाम्रा
आदरणीय नेता शेखर कोइरालाले मलाई बस्न भन्नुभयो म बसो । म फेरि नससमा उठे अत्याधिक मतले जितो । त्यसभन्दा आगडि नगरको संयोजन गर्दा मलाई अपमानित गरियो । निकालियो , यत्रो विद्यार्थी राजनीतिबाट आएको मलाई मेरो योगदान र क्षमता मेट्ने काम भएकोले त्यसबेला पनि विद्रोह गरे । त्यसैले म पार्टीमा भएको विकृति विरुद्ध मैले जहिल्यै पनि विद्रोह गरेको छु । मेरो यो विद्रोह हो । म बीपीबाट प्रभावित भएको हुा । उहाा भन्ने गर्नुहुन्थ्यो पार्टीमा सुकिला, मुकिला हावी हुनेछन् र एकदिन वास्तविक कार्यकर्ताले विद्रोह गर्ने अवस्था आउाछ । त्यसैले मेरो यो तेस्रो विद्रोह हो ।
ज्ञतपाईलाई कुनै कार्यक्रम हुादा सूचना नै नदिने, वाइपास गर्ने काम किन
गरिएको होला ?
–मैले अघि नै भनें नि मेरो व्यक्तित्वप्रति डाहा गर्नेले यसो गरेका हुन् । मदन ढकाल अब नगरमा फिगरको रुपमा आउने भयो भनेर ज–जसले डर मानेका छन् तिनैले मलाई माइनस गरेका हुन् । वास्तवमा म यहाा आउादा मदन ढकाल हैन नेपाली कााग्रेस अगाडि बढ्ने हो । मदन ढकाललाई अगाडि बढाउादा नपाली कााग्रेस अगाडि बढ्छ भन्ने कुरा यिनीहरुको विकृत मानसिकतामा कहिल्यै परेन । खाली गुट उपगुटमा विभाजित भएर एउटा सानो समूहमा रमाएर हिाड्ने प्रवृत्तिको विकास भयो । म कुनैपनि गुटमा नलागेको हुनाले मलाई छायाामा पार्ने कोशिश भयो । म केवल नेपाली कााग्रेस हुा कसैको मान्छे हैन ।
ज्ञतपाइले उमेद्वारी घोषणा गरिसक्नु भएको छ । निर्वाचनमा होमिनु भनेको जित्नलाई नै हो । तपाइले आफ्नो जीत कसरी सनुश्चित देख्नुभएको छ ?
–मैले उमेद्वारी घोषणा जित्नलाई नै गरेको हुा । म निर्वाचन जित्छु । जसले नेपाली कााग्रेससले बुझेको छ, नेपाली कााग्रेस यो हो भन्ने थाहा छ, जसले कााग्रेसलाई माया गर्छ, जसले नेपाली कााग्रेस अगाडि बढ्नुपर्छ, गुट उपगुट हुनु हुादैन भन्ने मान्यता राख्छन् उहााहरुले मलाई भोट हाल्नुहुन्छ । जसले गुटहरुमा विश्वास गर्छ, जसले नेपाली कााग्रेस भनेको केही हैन, एउटा पञ्चहरुको पार्टी जस्तो हो भन्ने ठान्छन् उनीहरुले मलाई भोट हाल्दैन । नेपाली कााग्रेस भनेको एउटा आन्दोलन हो । आन्दोलनबाट आएको साथी, खारिएका साथीहरुले नेपाली कााग्रेसको लिडरसीप गर्नुपर्छ भन्ने बुझेकाहरुले मलाई जिताउनु हुनेछ । म आन्दोलनकारीकै रुपमा आफूलाई लिन्छु । नेपाली कााग्रेस भनेको एउटा आन्दोलन हो । २००७, २०१७, २०२७, २०३६, २०४६ सालको मात्र नभएर २०६३को आन्दोलनमा नेपाली कााग्रेसले नै नेतृत्व गरेको हो । हामी यस्तै आन्दोलनबाट आएका हौं । त्यसैले नेपाली कााग्रेस आन्दोलन हो ।
ज्ञहैन हैन आफ्नो जित कत्तिको सुनिश्चित देख्नु भएको छ ?
–मैले भनिहालें नि मेरो जीत सुनिश्चित छ । नेपाली कााग्रेसका कार्यकर्ता, नेता यहाा त्यति मूर्ख छैनन् अब । जसले एउटा लिष्टको भरमा भोट हाल्दैनन् । केन्द्रीय समितिको चुनाव पनि हामीले हेर्यौ त्यहाा लिष्टले काम गरेन । एमालेको महशाधिवेशन पनि देख्यौ त्यहाा पनि लिष्टले काम गरेन । त्यहाा सबै थरिका मानिस आए । त्यसैले गर्दा अबको निर्वाचनमा लिष्टले काम गर्दैन । चुनाउका दिन कसैले लिष्ट बााड्दैमा त्यसैलाई भोट हाल्दैनन् । त्यसैले मुल्यांकन गरेर भोल हाल्ने काम हुन्छ अब । मेरो पनि मुल्यांकन हुन्छ भन्ने मलाई आशा छ । मुल्यांकनको आधारमा आउने भोट नै मैले पाउछु । उहााकरुकै भोटले म निर्वाचन जित्छु । कसैको लिष्टमा परुा नपरुा तर मेरो जित सुनिश्चित छ । नगर समितिका असन्तुष्ट, क्षेत्रीय समितिका अन्तुष्टहरुलेपनि मलाई हाल्नुहुन्छ । क्षेत्र र नगरलाई एक बनाउनुपर्छ भन्ने जुन मेरो अभियान छ त्यसमा सहमत हुनुहुनेहरुले मलाई भोट हाल्नुहुन्छ । जसले नगर समिति र क्षेत्रीय समिति एक अर्कामा मिल्न दिादैनन् त्यस्ताले मलाई भोट् नहाल्दा पनि केही फरक पर्दैन ।
ज्ञयो गुट उपगुट नै अहिले हरेक ठाउामा हावी भएको छ । भोलिका दिन तपाई यसलाई कसरी सागै हिडाउनु
हुन्छ ?
–म गुट उपगुटमा विश्वास गर्दिना । यस्तो गुट उपगुटमा विश्वास गरेको भए र त्यसै अनुसार हिडेको भए म अहिले नेपाली कााग्रेसको केन्द्रीय सदस्य समेत हुन सक्ने थिएा । म कुनै गुटमा नलगेको हुनाले फुटपाथमै छु । गुट र उपगुट हुनुहुादैन मैले जिते भने म पहिलो भाषणमै भन्छु यहाा गुट उपगुटको अस्तित्व छैन । हामी सबै नेपाली कााग्रेस हौं । यहाा कसैले विभाजन गर्न पाउादैन, यहाा कसैले प्रजातान्त्रिक र संस्थापन भन्न पाइादैन । हामी सब एक हौं । हामी केवल नेपाली कााग्रेस हौ । म यही पहल गर्छु ।
ज्ञअहिले यस्तो भइरहेको छैन नि, कसैले आफूलाई संस्थापन कसैले प्रजातान्त्रिक भनेका छन् हैन ?
–हो यस्तो कुरा मासलाई विभाजन गरेर फाइदा लिनेहरुले मात्र र्गछन् । वास्तविक नेपाली कााग्रेसका कार्यकर्ताले प्रजातान्त्रिक र संस्थापनको कुरा गर्दैनन् । यसरी प्रजातान्त्रिक र संस्थापन भनेर फाइदा लिनेहरुबाट मलाई विश्वास छैन । यो एउटा अवसरको फाइदा लिने चाल हो । म मेरो कार्यकालमा यसलाई जिरोमा ल्याउाछु । पहिला मेरो कार्यकालमा यस्तो थिएन तर यो ७ बर्षमा हन्ड्रेडमा पुग्यो । म फेरि यसलाई जिरोमा ल्याउाछु ।
ज्ञतपाईले चुनाव जितिसकेपछि प्राथमिकताहरु के के रहन्छ त ?
–मेरो मुख्य प्राथमिकता भनेको पार्टीको संगठन विस्तार गर्ने, गुट उपगुट निमिट्यान्न बनाउने, भातृ संगठनहरुलाई विस्तार गर्ने, उनीहरुलाई परिचालन गर्ने नै हो । वडा–वडामा भएको शिथिलतालाई सक्रिय बनाउने र स्थानीय चुनावका लागि तयारी गर्ने, संघीयतामा जाादैछौं निकट गाविस पााचकन्या, विष्णु पादुकामा संगठन विस्तार गर्ने । हामी यहाा मतबुत भएर पनि कमजोर अवस्थामा छौं । यो सबै गुट उपगुटकै कारण हो । हामीमा आपसी मेल छैन । कार्यकर्ताहरु अन्यौलमा छन् । प्रतिवन्धित अवस्थामा मेचीमा कसैलाई दुख्दा महाकालीमा बस्नेललाई दुख्थ्यो । तर अहिले अर्थात आजको मितिमा वल्लो घरको कााग्रेसलाई दुख्दा पल्लो घरको कााग्रेसलाई दुख्दैन । हास्ने अस्वथा छ । म यसलाई अन्त्य गर्छु । म भाइचारा कायम गर्ने वातावरण तयार गर्छु । नेपाली कााग्रेसभित्र एक अर्कामा कुनै रोष, द्वेष, इष्र्या नहुने मेलमिलापको अवस्था सिर्जना गर्छु ।
ज्ञतपाई आफ्ना भोटर्सहरुलाई के भन्न चाहनुहुन्छ ?
–म हाम्रा सम्पूर्ण भोटर्सहरुलाई यतिमात्र भन्न चाहन्छु अब देश संघीयतामा जाादैछ, स्थानीय निर्वाचन पनि आउादैछ । भोलि हाम्रो नेतृत्व प्रस्तुत हुादा वा हाम्रो नेतृत्वले आम मासमा केही कुरो राख्दा नेपाली कााग्रेस जानेको, नेपाली कााग्रेसलाई बुझेको मान्छे होस् । जसले मासमा नेपाली कााग्रेस यो हो भनेर बुझाउन सकोस्, नेपाली कााग्रेसको आन्दोलन, सम्बन्धित विषयमा जनतालाई प्रकाश पार्न सकोस् जसले नेपाली कााग्रेसप्रतिको आकर्षण बढोस् । त्यसैले नेपाली कााग्रेसको विषयमा प्रष्ट पार्न सक्ने नेतृत्व अबको आवश्यकता हो । विद्यार्थी आन्दोलनबाट आएका मानिस नै यसका लागि उपयुक्त हुन्छ ।
ज्ञअन्त्यमा केही भन्नु छ ?
–नेपाली कााग्रेसको कााधमा ठूलो जिम्मोवारी आएको छ । संघीयतामा देश जाादैछ ।, त्यसैले पार्टीलाई गुट उपगुटमा विभाजन गरेर हैन । उपगुट–गुटमा विभाजन हुादा नेताहरुलाई फाइदा भएको होला, नेपाली कााग्रेस र कार्यकर्तालाई फाइदा भएको छैन । उनीहरुलाइर् पीडा छ । त्यसैले गुट उपगुटलाई पूर्ण रुपले अन्त्य गरी हामी एक ढिक्का भएर आगामी चुनौतिहरुलाई सामना गर्नुपर्छ । यहााको चुनौतिलाई फेस गर्न सक्ने क्वालिटी भएको नेतृत्व आउनुपर्छ भन्ने म मान्यता राख्छु र साथीहरुलाई पनि म त्यही अुरोध गर्दछु ।
