काठमाण्डौ / यू–१९ साफ च्याम्पियनसिप फुटबल नेपालमा हुने भएको छ ।
यू–१९ साफ च्याम्पियनसिप फुटबल नेपालमा हुने पक्का भएसागै आगामी अगष्ट २० देखि २९ सम्म काठमाडौंमा खेल शुरु हुने भएको छ ।
साफले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएर प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको जानकारी गराएको छ ।
यू(१९ साफ च्याम्पियनसिपमा नेपलसागै
भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सहभागी हुनेछन् ।
समूह चरण र सेमिफाइनलमा हरेक दिन दुई खेल हुनेछ ।
समूह विभाजन र खेल तालिका भने पछि सार्वजनिक हुनेछ ।
