घण्टाघरबाट हेर्दा

गर्नुसम्म गरे
दाता माने दिने सम्मेलन बोलाएर हाम्रा नेताहरुले हामी सबै नेपालीको लिन सम्म हुमर्त लिए भुकम्प पीडित र पहिरो पीडितका लागि सहयोग गरिदिनु पर्‍यो भनेर दर्जनभन्दा बढी  देशमा दाताहरुलाई भुकम्प र पहिरोबाट पीडितै नभएकाहरुले सम्मेलन गरेछन् । माने दाता सम्मेलन । सबैले ठूलठूलो धोक्रो लिएर हात फैल्याएका छन् । ठूलठूला स्वरले चिच्याएछन् हामीलाई सहयोग गर्नुस् भगवानले तपाइहरुको कल्णण गर्छन् । धोक्रेमा भरि भरि रुपैपयो हालिदिनुस् । थोरै भे’ हाम्लाई पुग्दैन । हाम्लालाई दिएर उभ्रिएको मात्र भुकम्प पहिरो र बाढी पीडितहरु घरदैलोमा पुर्‍याइदिम्ला । विचरा दताहरुले भुकम्प र पहिरो पीडितको भन नि बढी दु:ख देखेर ग्वाम–ग्वाम धोक्रोमा रुपैये हाल्देछन् । रुपये पाएसी’ यिन्का फूर्तिफार्ति यतिबेला कम्ता बढ्दा छैन ।
काम भा पो ?
काम पाइनस बुहारी भौसीको पिध कन्या भनेझौ हाम्रा देशका
उपराष्ट्रपतिले अस्तिका दिन ललितपुरतिर गएर एउटा रेष्टुरेन्टको उद्घाटनको उद्घाटन गरेछन् ।
उपराष्ट्रपतिजस्तो व्यक्तिले पनि जाबो रेष्टुरेन्टको उद्घाटन गर्नुचाहिा अलि हजम भएन भनेर धेरैले खिस्सी टेउरी गरे । कसैले पदीय मर्यादाको उल्लंघन भयो भने, कसैले के भने । तर
उपराष्ट्रपति परमानान्द झाले कसैको वास्ता, व्यस्ता गरेनन् । पदमात्र मर्यादित भएर के गर्नु ? हावा न चावाको ? विचारा कुनै काम नभएर दिनभरि त्यसै क्वार्टरमा डल्लिएर बस्दा बस्दा उखरमाउलेो भएससी’ रेष्टुरेन्टकै भए नि उद्घाटन  गनर्ने निम्तो आएससी उनी धाइफल तोडेर पुगे । राष्ट्रपति उपराष्ट्रपति दुवैलाई सरकारले खान, बस्न र  भत्तामात्र द्या छ । कामचाहिा केही द्या छैन । अर्थोक दिन नसकेपनि यसो उद्घाटन गर्ने जिम्मामात्र दिए पनि त विचाराहरुलाईपट्याइ लाग्ने थिएन । अस्ति अस्ति राष्ट्रपति पनि भुकम्प प्रभावित क्षेत्रमा निरीक्षण भ्रमनको नाममा खुबै दौडिए । आखिरी विचारा कामै नभएर त्यसरी दौडिएका राा’न । र्ख कुरो बुझ्या त ?
खप्रओ पम्का रे ?
हैन हौ त्यो झालेमालेका उपाध्येक्षे बाउदेउ गौतमले भन्या केही दिनमै खप्रओको पर्धानमन्तरी पद पक्का रे । के बोलौ के बोलौ भनेर थुतुनो चर्चहयाउदो रै’छ अनि एक एक कुरा गर्‍यो बस । काभ्रेका भुकम्प पीडितका अगाडि ठालु पल्टदै उन्ले भने अब संविधान जारी हुन्छ, संविधान जारी भएसी पर्धानमन्तरीले राजीनामा दिन्छन्, राष्ट्रपति र उपराष्ट्रपति अर्को मानिस हुन्छ । यत्रो बोल्ने बाउदेउले एउटा कुराचाहिा भुसुक्कै बिर्सिएछन् । संविधानसभाको निर्वाच्न अन्तरिम संंविधानअनुसार भा’ हो । सबैको पद सिद्धिने हा भने सबैसभासदको पद पनि सिद्धिनुपर्ने हो । तर सभासदको पदचाहिा जाादैन भनेर यिन्ले भन्नै विर्से कि क्या हो ? यिनेरलाई आजीवनका लागि टीको लगाएर पद द्या त हैन होला । जे होस् खप्रओलाईचाहिा बाउदेउले मख्खै बनाइद्या छन् ।
आखिरी ओलीले पनि त्यही भत्केको सिंहदरबारमा फोटो झुण्ड्याउने त हु नि । आफै हिरिक्क भा’काले अरुलाई के गर्छ ?
मानुनेको आरोप
पुतली जुागे मकुन्याउको आजकल जुागा चै चैट छन् तर थुतुनोको नचाईचाहिा घट्या रै’न छ । टन्न हसुर्‍यो गफको व्यापार गर्‍यो बस् । अस्तिका दिन पश्चिम कुन ठाममा पुगेर हो कुन्नि माकुनेले फलाकेछन् ो सरकार हुतिहारा हो । जाबो एउटा स्थानीय निकायको निर्वाचनसम्म गराउन सकेन । गृहमन्त्री बामदेव गौतम भएर हो या माउवादीको डरले हो, सुशिल कोइरालाले चुनाउ गराउनै सकेनन् । हैन हौ माकुन्याउ अपाmू पर्धानमन्तरी छादाचाहिा के लछारपाटो लायौ हा ? त्यसैबेला स्थानीय निकायको निर्वाचन गर्दिया भे लन्ठै साफ हुन्थ्यो । माकुन्याउको नाम पनि रहने । त्यसैले अरुलाई एटा औाला देखाउादा बााकी औलाले आफूलाई देखाउाछ भन्ने कुराको कस्तो हेक्का नराख्या हा ? हसुस्सु ।
राधाले लुड्याइन्
कसैले माने नि नमाने नि अब संविधान जारी हुने पक्का भयो । संविधान जारी भएकै भोलिपल्ट अहिलेका बसै मन्तरीले बाल्वाटार र पुल्चोक छोड्नु पर्छ । त्सैले हिजोआज प्राय : सबै मन्त्रीहरुको निन्द्रा गायव भा’को छ । कतिपय मन्त्रीहरु यतिबेला सबै काम धन्दा छाडेर लगानी उठाउन व्यस्त भएा छन् । ऊर्जामन्त्री राधाकुमारी त झन चपरचण्डाल नै परिन् । लगानी उठाउन यिन्ले बसै काम कुरा गर्न जान्याछिन् अब हेरौ न जलासययुक्त आाधी खोला जलविद्युत आयोजना चिनिया कम्पनीलाई बिना प्रतिष्पर्धा दिने यिन्को प्रयासले  अस्तिका दिन आएर मूर्त रुप लिएको छ । प्राधिकरणका कर्मचारी, सञ्चालक समिति सबैले पटक पटक यिन्को प्रयासलाई असफल बनाइदिए पनि अस्तिका दिन यिन्ले सफल बनाएरै छाडिन् । सबैलाई यिन्ले के जादुको बुटी सुाघाइदिइन् कुन्नि । जे होस् जाते जाते चिनियाा कम्पनीबाट यिन्लार्य राम्रै हातलागी भयो । बधाइ छ है घण्टाघरको पनि ।
फास्ट ट्रयाक
अब नेपाल झिलिमिली हुने पक्का भयो । हरेक कुरा फास्ट ट्रयाकबाट हुन थाल्या छ । प्रधानमन्त्री सुशिल दा’ले त झन संविधान सुपर फास्ट ट्रयाकबाट बनाएर घोषणा गर्ने भनिसक्नु भा’छ । केपी ओली फास्ट ट्रयाकबाट पर्धानमन्ती बन्न खोज्दैछन् । उता प्रचण्डाउ पनि फास्ट ट्रयाकबाट राष्ट्रपति बन्न खोज्दैछन् । यो फास्ट ट्रयाकको हावा कहा ाबाट आयो आयो ? अस्तिका दिन तल्लाघरे ठुलेकोमा निक्कै हल्लिखल्ीि मच्चिएको । एक महिना अगाडि विवाह गरेर ल्याएकी श्रीमतिले बच्चा जन्माएपछि त्यसरी हल्लिखल्ली मच्चिएको रै’छ । अब परेन फसाद विचारा ठुलले कस्को बच्चा भन्नु ? यसो बुद्धि खियाएछ र भनेछ यो पनि फास्ट ट्रयाकबाटै जन्मिएको हो । हल्लीखल्ली गर्ने बसै सेन्टीप्लाट ।
भिक्षामन्त्री
पुाग न पुच्छरको नयाा संविधान बन्न बन्न लाग्या छ । नयाा संविधानले अरु केही गर्नुपर्ने हो गरोस तर एउटा व्यवस्थाचाहिा गर्नेपर्ने भा’छ । तयो हो नाम परिवर्तन । मान अब अर्थ मन्त्रालयको नाम भिक्षा मन्त्रालय र अर्थमन्त्रीलाईचाहिा भिक्षामन्त्री भन्ने । वित्थामा अर्थमन्त्री भनेर दुनियाालार्य हासाउनुभन्दा नाम परिवर्तन गरिदियो लन्ठै साफ । अब हेरौ न अर्थमन्त्री रामसरन महत भुकम्पले क्षति पुर्‍याएका सबै संरचना आफ्नै सामाथ्र्ये पुन निर्माण गर्छौ भन्ने अन्तेमा भिक्षाटनका लागि विदेशीलाई गुहारे । खासमा अर्थमन्त्रीको कामै भिक्षाटन हो भने भुत्रो खान अर्थमन्त्री भन्नु ? कि कसो हौ ?
अन्तेमा
त्रिपालको २५ करोड बजाउने सहरी विकास मन्त्री, सचिव, सहसचिवलाई भ्रष्टाचारको पंचखत माफ भा हो ? देखि देखी त्यत्रो रकम डकार्ने यी सडुवाहरुल्:ाई अझसम्म कारबाही नभएसी, १०,२० ह र २५, ५० लरिखोलाई अब कारबाही गर्नै हुादैन । २५ क भन्दा माथि खानेलाई मात्र कारबाही ग र्नुपर्छ । उदारमना भएका सुशिल दा’लाई यसमा बधाई दिनैपर्छ ।

तपाईको प्रतिक्रिया