धरान/ऐतिहासिक अन्तर्राष्ट्रिय प्रथम प्रवेशका क्रममा आध्यात्मका शिखर पुरुष अणुव्रत अनुशास्ता आचार्य श्री महाश्रमणको नेपाल अहिंसा यात्रा यही आषाढ १९, २० र २१ गते धरानमा हुने भएको छ ।केहीमहिना अगाडि आचार्य श्री महाश्रमणले १० हजार किलोमिटर पैदल यात्राको सुभारम्भ
भारतको दिल्लीबाट गनुृभएको थियो । दिल्लीबाट प्रारम्भ भएको पैदल यात्रा
भारतको विभिन्न स्थान हुादै नेपालको
वीरगञ्जबाट पथलैया, हेटौडा, नारायणगढ, मुग्लिङ्ग भएर काठमाण्डौ पुगेको थियो । पुन: काठमाण्डौबाट सोही मार्ग हुादै उहाा
राजविराजबाट भारतको वीरपुर आइपुग्नु ुभएको छ ।
आचार्य श्री महाश्रमण आषाढ १५ गते सुनसरीको हरिनगरा आइपुग्नु भएको थियो । उहाा आफ्ना धवल (सेतो वस्त्रधारी) सेनाका साथ आषाढ १६ गते अर्थात आज धुधबार इनरुवामा एक दिनको प्रवास पश्चात १७ गते दुहवी पुग्नुहुने भएको छ । दुहवीबाट आषाढ १८ गते इटहरीस्थित रहेको आनन्द राइस मिलमा एक दिनको प्रवासपश्चात १९ गते उहाा धरान आइपुग्नु हुने भएको छ । धरान आगमनको पहिलो दिन धरान ८ स्थित रहेको पूवाञ्चर्ल इन्जिनियरिङ्ग क्याम्पसमा उहााले प्रवचन दिनुहुने भएको छ ।
आचार्य श्री महाश्रमण आषढा १४ गते वीरपुर आइपुग्नु हुादा धरानबाट मात्र ६० जना जैन श्वेताम्वर तेरापन्थी सभाका सदस्यहरु वीरपुर पुग्नुभएको थियो । आचार्य महाश्रमण प्रवास समिति धरानका संयोजक विजय डाागा र श्री जैन श्वेताम्वर
तेरापपन्थी सभाका अध्यक्ष राजकरण
चोरडियाको नेतृत्वमा तेरापन्थीसभाका सदसइहरुले उहााको प्रवचन श्रवण गरेका थिए । त्यसबेला आचार्य श्री महाश्रमणसागै साध्वी प्रमुखा श्री कनक प्रज्ञाले प्रवचन दिनुभएको थियो । भारत वीरपुरको भारतीय स्टेट बैंकको छेउमा विशाल पण्डाल बनाएर गरिएको उक्त कार्यक्रममा तीन हजार भन्दा बढी धर्मभिरुहरुको सहभागिता रहेको थियो । उहााको प्रवचन श्रवण गर्न धरानबाट मात्र नभएर दुहवी, विराटनगर, इनरुवा, इटहरी लगायतका स्थानबाट पेरापन्थी सभाका सदस्यहरु पुगेका थिए । विरपुरको प्रवचनमा भारत सरकारका उच्च पदस्थ, कर्मचारी, विडियो, प्रहरी प्रमुख, स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो । विरपुरको कार्यक्रमको संयोजन प्रकाश चिंडायाले गर्नुभएको थियो ।
