संस्थानको अरबौको सम्पत्ति कब्जा गर्ने नियत

धरानमा एडिवीको ९० प्रतिशत विरोध छ । यो सहरमा स्थानीय स्वायत्त शासन अनुसार सहरी विकासको लागि एकीकृत सम्पत्तिकर लागू भएरहेका छन् भने स्वायत्त शासन लागू भए अनुसार अहिले स्थानीय स्तरमा जनप्रतिनिधिविहीन छन्, हाल संविधान निर्माण पनि भइरहेका छैनन् भने स्थानीय स्वयात्त शासन अनुसार स्थानीय स्तरमा जनताको सहमति चाहिन्छ भने जनता एडिवीको
विरोधमा छन् । विना सहमति धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, राजु पोखरेल, सहरी विकास मन्त्रालयमा त्रिपाल खाने भ्रष्टाचार मन्त्री डा. नारायण खड्का, सचिव अर्जुनबहादुर कार्की, सह–सचिव महेन्द्र सुब्बाहरुको मिलेमतोमा २ अर्ब १६ करोडको लगानीमा २० प्रतिशत मात्र खानेपानीमा लगानी गर्नेछन् । ८० प्रतिशत भागबण्डामा जाने देखिएको हुादा अहिले धरानको खानेपानी संस्थान शाखालाई बोर्डमा ल्याएर अनुमानित १० देखि १५ अरबका संस्थानको सम्पत्ति समाप्त पार्न खोजिरहेका छन् । यतिमात्र हैन धरानबासीहरलाई पानीको २० प्रतिशत कर पुस्तौपुस्ता तिर्न लगाइरहेका छन् । अहिले नै एडिवीका धारा जडानमा १५ हजार भनेर सूचना प्रचार गरिरहेका छन् भने पछि बोर्डले कति पुर्‍याउला यो बुनै पर्ने विषयको कुरा हो, खानेपानी संंस्थानले ४ हजार १ सयमा धारा जडान गरिरहेको अवस्थामा यति ठूलो अन्तर रुपैयााको विषय लिएर धराने जनताहरु आक्रोसित भइ विरोध जनाउादै आन्दोलनका तयारीमा जुटिरहेका छन् । यो कार्यमा धरानबासीहरुबाट छलेर यो राज्यले गरेका कामहरु हुन भने । अगाडि बढिरहेका छन् ।अहिले देशमा लोकतान्त्रिक गणतन्त्रको धज्जा उडाउन पाइन्छ, जनतालाई पिरमर्का र ऋण बोकाउने कार्यचाहिा दलालहरुले गरेका छन् । किनकि जनतालाई पानी खुवाउने राज्यको दायित्व हो, खानेपानी संस्थान नेपाल सरकारले स्वच्छ पानी र सस्तो मूल्यमा दिनका लागि खानेपानी संस्थान स्थापना गरेका हुन् । सोही अनुसार खानेपानी संस्थानले खुवाइरहेका छन् । बोर्ड गठन गरी आएका संस्थानचाहिा व्यक्तिगत र व्यापारी संस्थान हो र भएकाले यसका कार्यमा कुनै भरोसमा पर्नु हुादैन, त्यसैले धरानबासीहरुले खाइपाइ आइरहेका संरचनामा जोड्न दिइने
छैन । धराने जनताले खाइपाई आइरहेका पानी धरानबासीकै हक अधिकारभित्र रहेका छन् । यदि एडिवीको दलालहरुले पानी खुवाउछ भने फाल्टै संरचना
गरी खुवाओस् ।
धरानमा १२, १३ र २९ गतेको भुकम्पले कतिपय धरानबासीहरुको घरहरु क्षति भएका, भित्र चर्किएका छन्, यसको अनुगमन कसले गर्नुपर्ने र हेर्नुपर्ने हो ? राजु पोखरेल पानीको इन्जिनियर भएर व्यक्तिगत स्वार्थको लागि एडिवीमा लागिरहेका छन् ।
                  सचेत नागरिक
                  धरान–१०

तपाईको प्रतिक्रिया