इटहरी/आइतबार सप्तरीका एक विद्यालयका प्रद्यानाध्यापकले इटहरीस्थित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा आइ भटाभट आÏना गुनासाहरु राखे । उनका गुनासाहरु क्षेत्रीय आयुक्त डुल्लुराज बस्नेतले ध्यानपूर्वक सुने । ती प्रद्यानाध्यापकको गुनासा थिए जागिर जोगाउनै मुस्किल भयो । व्यवस्थापन समितिले सरकारद्वारा विद्यालयलाई दिने बजेट सबै खाने, काम कारबाही गर्न नदिने, उनीहरुले भनेको नमान्दा ज्यान मार्ने धम्की दिन्छन् । अनि उल्टै प्रद्यानाध्यापकले भ्रष्टाचार गर्यो भनेर उजुरी हाल्छन् ।
सप्तरीबाट अख्तियारमा गुनासो गर्न आउने ती प्रद्यानाध्यापक एक्ला हैनन् । दैनिकजसो विद्यालयका प्रद्यानाध्यापकमात्र हैन जन स्वास्थ कार्यालयका प्रमुख, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, पशुसेवा कार्यालयका प्रमुख समेत गुनासा पोख्न अख्तियारमा आउने गरेको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
प्रमुख बस्नेतका अनुसार पूर्वाञ्चलका १६ जिल्लामध्ये सर्वाधिक भ्रष्टाचार, अनियमितता हुने जिल्ला नै सप्तरी देखिएको छ । यसपछि सिराहा, सुनसरी, मोरङ्ग र झापा देखिएको छ । शिक्षा, स्वास्थ्य र स्थानीय निकायको मात्र अख्तियारमा ९० प्रतिशत भन्दा बढी उजुरी परेका छन् । आइतबारै हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालयका अधिकृत विष्णु थेगुवाको नेतृत्वमा इन्जिनियर रोकश रोशन, लेखा सम्बन्धी विज्ञ नासु चुडामणि खनाललाई सप्तरी पठाएका छौं । जिल्ला विकास समिति सप्तरीमा सातदिनसम्म बसी उहााहरुले अनुगमन, छानबिन, अन्तरिक्रया र भ्रष्टाचार विरुद्ध सचेतना फैल्याउने काम गर्नुहुने छ । यसैगरी प्रहरी नायव उपरीक्षक (डिएसपी) खेमराज खनालको नेतृत्वमा एउटा टोली सिराहा पठाएका छौं भने शाखा अधिकृत गणेशमान सिंह नेतृत्वको टोलीलाई समेत आइतबारै झापा पठाएका छौं । उहााहरुले जिल्ला जनस्वास्थ्य कार्यालय, मालपोत कार्यालय, जिल्ला वन कार्यालयमा आकस्मिक निरीक्षक र अनुगमन गर्नुहुने छ । उहााहरुले कसैलाई गिराÏतार समेत गर्नुहुन्छ कि हुादैन भन्ने जिज्ञासामा बस्नेतले भन्नुभयो, त्यस्तो सम्भावना कमै हुन्छ । एक्पोर्टमा कसैले रकम लिादै गरेको पाइएमा त्यस्तालाई गिराÏतार गर्ने हो । शंकास्पद कागजात पाइएमा त्यसलाई उहााहरुले जफत गर्नुहुने छ, यसका अलावा उहााहरुले भ्रष्टाचारका विरुद्धमा अन्तरक्रिया गर्ने लगायतका कामहरु गर्ने बस्नेतले जानकारी दिनुभयो ।
