टोल सुधार समितिको अध्यक्षमा राई

धरान/धरान २ सिंहदेवी मार्ग टोल सुधार समितिको अध्यक्षमा श्रीमति किशन राई निर्विरोध निर्वाचित हुनुभएको छ ।
सोमबार सिंहदेवीमार्गका स्थानीयहरुको भेलाले श्रीमति राईलाई सर्वसम्मतले टोल सुधार समितिको अध्यक्षमा निर्वाचित
गरेको हो । समितिको उपाध्यक्षमा श्रीमति सन्ध्या श्रेष्ठ, सचिवमा दामोदर श्रेष्ठ, कोषाध्यक्षमा श्रीमति मञ्जु श्रेष्ठ चयन हुनुभएको छ । यसगरी सदस्यहरुमा जय नारायण श्रेष्ठ, विनोद तुलाधार, सतिस साह, पियुस श्रेष्ठ, प्रकाश श्रेष्ठ, गणेशकुमार श्रेष्ठ र जीवन श्रेष्ठ निर्वाचित हुुनुभएको छ ।
टोल सुकार समितिले अब सडक पेटीमा सरसामान राख्नेलाई नराख्न सम्झाउने, सडकको सामान्य मर्मत गर्ने, अनावश्यक रुपमा दिनभरि बल्ने सडकबत्ती बालेर ऊर्जाको अनावश्यक खर्च हुन नदिने, सडक सरसफाइ गर्ने, घरका छतबाट सडकमा पानी झार्न नदिने जस्ता कार्य गर्ने नव निर्वाचित अध्यक्ष किशन राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया