भीमनारायण गोल्डकपको उपाधि झापालाई

राष्ट्रिय लिग लिडर झापा ११ ले ११ औं टुर्वोग शहीद भीमनारायण अन्तर्रा्ष्टिय आमन्त्रण गोल्डकपको उपाधी हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा राजधानीको ब्वाइज यूनियन क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधिमाथि कब्जा जमाएको छ ।
झापाले गोल्डकपसागै नगद १ लाख १५ हजार रुपैया हात पार्‍यो । त्यस्तै उपविजेता ब्वाइज युनियनले फस्ट
रनरअप ट्रफ्री र नगद ५५ हजार ५ सय ५५ रुपैयाामा चित्त बुझायो । झापाको जीतमा कर्ण लिम्बु र विशाल राईले गोल गरे । लिग लिडर झापाको यो सिजनको छैंठो उपाधि हो। यसअघि उसले सर्वाधिक पुरस्कार राशीको एन्फा कप, सुरुंगा गोल्डकप, विराट गोल्डकप, कटारी गोल्डकप, रारा गोल्डकपको उपाधि हात पारेको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिमबाट गोल हुन सकेको थिएन । दोस्रो हाफ सुरु भएको २ मिनेटमा विशाल राई ‘ए’ ले गोल गर्दै अग्रता दिलाएका थिए । ब्वाईजका डिफेन्डर पिटर सेगुनले गरेको गल्तीको फाइदा उठाउादै विशाल राईले डिवक्स एरियाबाट प्रहार गरेको वल गोलमा परिणत भएको थियो ।
विशालले प्रहार गरेको वल ब्वाइजका गोलकिपर दिपेश यादवले रोक्ने कुनै मौका पाएनन्। त्यस्तै दोस्रो हाफकै १६ औं मिनेटमा कर्ण लिम्बुले गोल थप्दै झापालाई अग्रता दिए। दायाा कर्नरको डिवक्स एरियाबाट कर्णले प्रहार गरेको बल पोलमा ठोकिदै गोलमा परिणत भएको थियो। पहिलो हाफमा झापालाई दवाव राखेको ब्वाइज युनियनले दोस्रो हाफमा झापाको दवाव झेल्नु पर्‍र्यो।
पााच जना अफ्रिकन खेलाडीका साथ मैदान उत्रिएको ब्वाइज युनियनले पाएको केही अवसरलाई सदुप्रयोग गर्न नसक्दा उपाधी माथी कब्जा जमाउन सकेन। खेलपछि प्रतिक्रिया दिादै झापाका प्रशिक्षक भगिरथ आलेमगर मामाले राम्रो टिम सेटका कारण उपाधि हात पारेको
बताए ।
उनले पहिलो हाफ गोल नभएपनि दोस्रो हाफको सुरुवातमै गोल हुादा जीत सहज भएको उनले बताए । शनिबार सम्पन्न फाइनल खेलको म्यान अफ म्याच उपविजेता टिमका एस
कोइराला घोषित भए । उनले नगद २ हजार र एक थान जर्सि प्राप्त गरे । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल पस्केका झापाका वुद्ध चेम्जोंङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
उनले नगद पााच हजार रुपैया र टफ्री प्राप्त गरे। प्रतियोगिता अवधिभर २ र २ गोल गरेका झापाकै कर्ण लिम्बु र वुद्ध चेम्जोंङ उत्कृष्ट गोलकर्ताको रुपमा पुरस्कृत भए । त्यस्तै आयोजक धनकुटा निलोका डिफेन्डर अनिश श्रेष्ठ उदयीमान खेलाडी घोषित भए । खेलाडीलाई पुरस्कार भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्ऽ निधी र शहीद पुत्र एवम् सभासद मनोहरनारायण श्रेष्ठले वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया