घण्टाघरबाट हेर्दा

ढाँटकोको काटे मिल्दैन
व्यवस्थापिका संसदको लेखा समितिको बैठकमा त्रिपाले मन्त्री
नारायण खड्का र त्रिपाले सचिव अर्जुनबहादुर कार्कीले २५करोड पचाउन राम्रै नाटकको मञ्चन
गरेछन् । त्रिपाल खरिद गर्दा २५ करोड खाादा यिन्लाई क्या आनन्द आ’थ्यो । अब त्यो पचाउन यतिबेला यिन्लाई बाुबलाई पिण्ड दिए जस्तै भा’छ । सञ्चारमाध्यमले यिनैलाई नंग्याएका छन्, जोरीपारिले यिन्लाई नै औाला ठड्याएर पिच्च थुक्या छन्, लेखा समितिले यिन्लाई नै नांगेझार बनाएका छन् । तैपनि पद छोड्न ज्यान गए मान्दैनन् । बरु हत्केलाले लाज छोपेर बस्या छन् तर पद छोड्ने नामै लिादैनन् । घण्टाघर भए त उहिल्यै राजीनामा ठोकेर हिडिसक्थ्यो । तर के  गर्नु बेसरमको ओखती हुादैन क्यारे । उल्टै लेखा समितिले सोध्दा ङिच्च ङिच्च हाास्थे । अब हेरौ न ती दुईले दिउासो बाड्दा पत्रकार फोटो खिच्न आउथे त्यसैले राति र विहान त्रिपाल बाड्यौसम्म भने । ट्वाइलेटको उद्घाटन गर्दा नि पत्रकार नभइ नहुने मन्त्री र सचिवले पत्रकारले त्रिपाल बााडेको फोटो खिच्दा त झन दंग पर्नुपर्ने हो । लेखा समितिमा जत्तिसुकै ढााटेपछि काटे मिल्दैन । आखिरी पीडितको नाममा २५ करोड
पचाएरै छाडे ।
नपत्याउँ
हिजोआज घण्टाघरलाई यस
सरकारका मुखिया सुशिल कोइरालाले बोलेको कुरामा एकैपैसाको पनि विश्वास लाग्न छाड्या छ , सुशिल दा’ बोल्नेमात्र हुन कामचाहिाा भुत्लोभाङ्ग केही हुने हैन । अस्तिका दिन सुशिल दा’ले फेरि एएटा आदेश दे छन् । भुकम्पपीडित जिल्लामा गुणस्तरहीन, डल्ला परेको खाद्यान्न वितरण गर्नेलाई कारबाही गर्नु ? जसले त्यस्ता सामान वितरण गरिरहेको छ त्यस्तालाई
कारबाही गर्नु ? अब गुणस्तरहीन सामान वितरण गर्नेलाई कस्ले कारबाही गर्ने ? तै राज्यकोषबाट यसो चलखेल गर्न पाइने र सुशिल दा’को पनि मान रहने भनेर संसदको विपत व्यवस्थापन तथा निर्देशन विशेष समिति अखाद्य चामलको बारेमा बुझ्न हिडेछ । अब उसले प्रतिवेदन बनाउाछ, प्रधानमन्त्रीलाई लगेर बुझाउाछ । त्यसपछि तै चूप । त्रिपाले मन्त्री र सचिवहरुको जस्तै ।
भिखारी सम्मेलन
देशाा गणतन्त्र आएसी के के देख्नु पर्ने हो । हाम्रा बाबुबाजे भन्थे बााची बचिरहे यी टोड्काले के के देख्नु पर्छ पर्छ । हो रै’ छ । यो घण्टाघरले धेरै प्रकारको सम्मेलन देख्यो । राजनैतिक सम्मेलन, धार्मिक सम्मेलन, चुल्ठेमुन्द्रे सम्मेलन । अबचाहिा भिखारी सम्मेलन पनि देख्नु पर्ने भएको छ । माने सरकारले १० गते कटौरा लिएर विदेशीसाग माग्ने सम्मेलन बोलाएको छ । सम्मेलनमा हाम्लाई बटुको भरी भरी दाम, टक्का, ढेवा देऊ भनेर माग्ने तयारी भा’छ । दाम, टक्का, ढेवा भन्दा पनि हामी पुननिर्माण गरिदिन्छौ भनेर भिख दिन आउनेहरुले भन्दा पनि यहााकाले नमान्ने भा’छन् रे । उनेरले पुननिर्माण गरी दिए यिन्का  खल्ती रित्तै । हेरौ भिखारी सम्मेलनमा कस्ले कति दाम, टक्का, ढेवा हाल्छन् ? तर खासै झार्लान जस्तो चाहिा छैन ।
के फुइयाँको समात्नु ?
गलत विवरण पेश गरी १५ हजार सरकारी राहत रकम लिएको भन्दै धादिङ्गमा पुलिसले पााचजनालाई अठ्याए । जाबो १५ हजार राहत रकम लिनेलाई के फुइय्याा समाउनु ? त्रिपालमा २५ करोड चपाउाने सहरी विकासमत्री र सचिव एसीमा ढलीमली गरेर बस्या छन्, जस्तापाता चपाउने रामशरण महतका भतिजा  पजेरोमा दौडिएका छन, बेकामे राष्ट्रपति राज्यको ढुकुटीबाट हेलिकोप्टर चढेर निरीक्षणको नाममा मस्ती गरिरा’छन्, शिक्षामन्त्रीदेखि अरु कैयन मन्त्रीहरु राज्यकै ढुकुटीबाट विदेशको सयर गरी मोज लुटिरहेका छन् । आपत्तको बेलामा यस्ता पातकीहरुलाई चाहिा अठ्याउन नसक्ने अनि जाबो १५ हजार रुपैयाा फर्जी विवरण बनाएर लियो भने अठ्याउने ? योचाहिा अलि हजम भएन है ।
आदेश नमान्ने रे
जो अगुवा उही बाटो हगुवा भन्ने उखान यतिबेला चार दलका नेताहरुमा ठ्याक्कै लागू भा’छ । त्यत्रो संविधानसभालाई छलेर पुाग न पुच्छरको फास्टट्रयाकबाट संविधान ल्याउने भन्दै अन्तरिम संविधानलाई नै धोती लगाएर १६ बुादे सहमति गरे । देशलाई आÏनै बाबुको विर्ता सम्झेर १६ बुादेमा ल्याप्चे हानेपछि देशैभरि यिन्को विरोध हुादै थियो । एकजना छुल्याहाले सर्वोच्चमा रिट ठोकिदेछन् । अब सर्वोच्चको निर्णय भएसी मान्नै पर्‍यो । नाकको चालले नि मान्नुपर्छ । तर, हाम्रा चारदलका अगुवा स्वााठहरु सर्वोच्चको निर्नय मान्दैनौ भनेर तिघ्रा ठटाउदै छन् । अब अगुवाहरुले नै सर्वोच्चको निर्नय नमान्ने हो भने अरुले किन मान्ने ? जे होस् देशमा अब अदालतको निर्नय मान्न कोही बाध्य नहुने भए । क्या गजबका दिन आए वा †
के को घुक्र्याई ?
सद्भावना पार्टीका अध्येक्षे राजिन्द्र महतोको घुर्की देख्दा घण्टाघरको त कन्सिरी रनक्क रन्किन्छ भने अरुका त झन खोपडी नै घुम्दो हो । कसैले बाल मतलब नै गर्न छाडेपछि राजिन्द्र हिजोआज एक्लै बर्बराउन थाल्या छन् । कहिले संवधानसभा छोड्छु भनेर घुर्की लगाउाछन्, कहिले मधेशमा सशक्त आन्दोलन गर्ने भनेर फलाक्छन् । समानुपातिकबाट आफ्नै श्रीमति, भान्जा भान्जी, छोरा छोरीलाई सभासद बनाका छन् । जताबाट भएनि  भत्ताको पैसो आÏनै पोल्टामा  अब त्यसरी खुरुखुरु माल आउने भएसी यिन्ले राजीनामा दिन्छन् ? संविधानसभा छोड्छन् ? जा भनेर धकेल्दा पनि यिन्ले छोड्दैनन् । यी द्रव्यपिचासको बानी कसलाई थाहा छैन र ?
फुइयाँको चिन्ता ?
गोठालालाई पाडा पाए पनि पाडी पाएपनि  विगतौकीको चिन्ता । देशका लागि सिन्को नभााच्ने शितल निवासमा हल्लिएर सरकारी भात पचाउने राष्ट्रपति रामवरन जादवलाई तीन अंगको द्वन्द्वले चिन्तित बनायो रे । घण्टाघरलाई त सुन्दा पनि खित्का छोडेर हाास्न मन लाग्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा यतिबेला जुहारी चल्या छ । यो वाल्वाटारको आध्यारो कोठामा बसेर गरेको १६ बुादे सहमति जब उज्यालो भएर बाहिर आयो त्यपसपछि शुरु भयो मारामार । वेÏवााकको चिन्ता दर्शाउने तिनै राष्ट्रपतिले १६ बुादे सहमतिप्रति असहमति जनाका थे । अहिले सर्वोच्च अदालतले समेत १६ बुादे कार्यान्यन नगर्न आदेश दे’को छ । राष्ट्रपति जादवको मनकै कुरा   बुझेर अदालतले निर्णय गरेपछि के खान चिन्ता व्यक्त गर्नु ? खुशी मनाएर भोज लगाउनु नि । कि कसो हौ ?
अन्त्यमा
माग्ने । शब्दै साह्रै नराम्रो । विश्व खाद्य कार्याक्रमले नेपालमा भुकम्प पीडितहरुका लागि डल्ला परेको, चिलिसा परेका चामल सहयोग गरेर हेप्यो भनेर यहााका मगन्ते नेताहरुले असन्तोष व्यक्त
गरेछन् । विश्व खाद्य कार्याक्रमले हाम्लाई हेपेर कुहेको चामल पठायो भनेर अस्तिका दिन सरकारमा बस्ने दुई चार जना मन्त्रीहरु, बुरुक्क–बुरुक्क उफ्रिएछन् । माग्नेलाई जस्ले जस्तो दियो त्यस्तै लिनुपर्छ । दिनेले माग्नेलाई नपेहेर के रातो कार्पेट ओछ्याएर फूलमाला गर्छ त ? विश्व खाद्य कार्यक्रमले नि कुरो बुझेरै कुहेको र डल्ला परेको चामल दिए जस्तो छ । सग्लो, राम्रो दियो भने त व्यापारीका गोदाममा पुगिहाल्छन् नि । धन्न डल्लो पर्‍या दे’कोले व्यापारीका गोदाममा पुगेन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया