धरान/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बर्ष संयुक्त राष्ट्र संघको महासभामा जुन २१ तारेखलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन गरेको प्रस्तावसागै संसारका १ सय ७७ राष्ट्रले समर्थन गरेपछि प्रथम अन्तर्राष्ट्रिय योग दिवस आइतबार धरानमा समेत विविधि कार्यक्रमका साथ सम्पन्न भएको छ । पतञ्जली योग समिति तथा महिला पतञ्जली योग समिति धरानको आयोजनामा आषाढ ५ गते शनिवार धरानको भानुचौकमा रमेश धामीको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त रक्तदान कार्याक्रममा ५७ पिन्ट रगत संकलन भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा कृति टेलिभिजन धरानकी प्रवन्धक निर्देशक गंगा पलिखे रहनुभएको थियो भने पतञ्जली योग समितिका केन्द्रीय अध्यक्ष सम्भुप्रसाद दाहाल, केन्द्रिीय सदस्य शितल सोनी, अञ्चल प्रभारीद्वय विष्णु आचार्य र कल्पना आचार्य, महिला जिल्ला अध्यक्ष सुशिल उदास, जिल्ला उपाध्यक्ष ओम कोइराला लगायत गर्गका शिक्षक शिक्षिका र साधक साधिकाहरुको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रय योग दिवस अर्थात २१ जुनका दिन धरान ७ स्थित रहेको सिद्धिनेवा परिषदमा योग कक्षा सम्पन्न गरी विभिन्न योगसाग सम्बन्धित ब्रम्हकुमारी राज योग सेवा केन्द्र, मनोक्रान्ति योग सेवा केन्द्र, हेप्पी साइन्स, द आर्ट लिभिङ्ग, ओशो ध्यान शिविर, नेपाल स्काउट लगायत विभिन्न योगका शिक्षक, शिक्षिका र सर्वसाधारणहरुको उपस्थितिमा धरान बजार परिक्रमा गरिएको थियो । यसैगरी योगसाग सम्बन्धित केन्द्रमा योग सम्बन्धमा चर्चा परिचर्चा सागै बेलुका ७ बजे भानुचौकमा केन्द्रीय सदस्य शितल सोनीद्वारा द्विप प्रज्वलित गरी कार्यक्रमको समापन गरिएको थियो । पतञ्जली योग समिति धरानका अध्यक्ष सुमनमान स्थापितका अनुसार आयोजना गरिएका सबै कार्यक्रम उत्साहपूर्ण रुपमा सम्पन्न भएका थिए । त्र
