धरान/नेपाली राजनीतिका लौह पुरुष स्व. गणेशमानसिंहको जन्म शताब्दीका अवसरमा गणेशमानसिंह फाउन्डेशन जिल्ला कार्य समिति सुनसरीले शनिवार धनकुटाको बेलहारा गाविसको जनकल्याण उच्च माविमा एकदिने नि:शुल्क स्वास्थ्य विशिवर सञ्चालन गर्यो ।
धनकुटालाई सुगम जिल्लाको रुपमा लिइए तापनि अझै पनि जिल्लाको भित्री ग्रामीण क्षेत्रहरुका बासिन्दाहरु सामान्य स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहादै आएका छन् । स्वास्थ्य शिविर सञ्चालन गरिएको स्थलसम्म पुग्न उत्तरपानीबाट फाउन्डेशनका पदाधिकारी र चिकित्सकहरुलाई दुई घण्टा लागेको थियो ।
आाखा र स्त्री रोग विशेषज्ञसहितको टोलीले टाढा–टाढाबाट आएका स्थानीयको स्वास्थ्य परीक्षणसागै नि:शुल्क औषधि उपलब्ध गराएका थिए । शिविरमा १ सय ६५ जनाको आाखा परीक्षण गरिएको थियो भने ६१ जना महिलाको पाठेघर लगायको
परीक्षण गरिएको थियो । कार्यक्रमकी संयोजक एवम् फाउण्डेशनकी सदस्य उर्मिला प्रधानका अनुसार औषधिमात्र झण्डै ३० हजारको नि:शुल्क वितरण गरिएको थियो । आाखाबाट पानी बगिरहने, बिझाउने, धमिलो देख्नेहरु संख्या आाखा परिक्षणमा आउनेहरु धेरै थिए । स्त्री रोग तथा आाखाका गरी आधा दर्जन चिकित्सकहरु स्वास्थ्य परीक्षणमा सहभागी भएका थिए ।
