ताप्लेजुङ/महाविनासकारी भुकम्पले पुर्याएको पीडाबाट थोरै
राहत महसुस गर्न नपाउादै पूर्वी पहाडी जिल्ल्ला ताप्लेजुङ्ग र संखुवासभामा गएको पहिरोबाट हालसम्म ४० जनाको शव प्राप्त भएको छ भने ३० जना अझैसम्म बेपत्ता भएका छन् ।
गत बुधबार सााझदेखि परेको
अविरल बर्षसागै विहानीपख गएको
पहिरोले ठूलो धनजनको क्षति भएको ताप्लेजुङ्ग जिल्ला प्रहरी कार्याालयका डिएसपी शान्तिराज कोइरालाले बताउनुभयो । डिएसपी कोइरालाका अनुसार सबैभन्दा बढी मानवीय क्षति पश्चिम दक्षिण गाविस लिवाङ्गमा भएको छ । लिवाङ्ग गाविस वडा नं. १, २ र ३ मा मात्र पहिरोमा पुरिएर २४ जनाको मत्यु भएको छ । थिङ्गलावु गाविसमा ६ जनाको मृत्यु भएको छ ।
पहिरोबाट लिवाङ्गसागै खोक्लिङ्ग, लिङ्गतेप, सान्थाक्रा, थिङ्गलाबुमा धनजनको क्षति भएको छ । प्रहरीले दिएको
प्रारम्भिक विवरण अनुसार खोक्लिङ्ग–७ का १३ बर्षीया सविन मादेन, वडा नं. ५ की १८ बर्षीया मनकुमारी लामघाते, १२ बर्षीय बसन्त रसाइली, लिङ्गतेप ३ की ३१ बर्षीया मनमाया लिम्बु, वडा नं. ७ का ४२ बर्षीय भिमबहादुर केदेम लिम्बु, ३ बर्षिया चमेली केदम लिम्बु, लिङ्गतेप ५ का सन्तमान लिम्बु, लिवाङ्ग ३ का भक्तजन लिम्बु, मनमाया लिम्बु, पञ्चमाया लिम्बु, शैलेन्द्र लिम्बु, चितमाया लिम्बु, लक्षीमाया लिम्बु, सान्थाक्रा ३ का ७२ बर्षीय अमरध्वज लिम्बु, २० बर्षीय विरुन चोङ्गवाङ्ग, थुकिम्बा ४ का १० बर्षीय विरु लिम्बु, सान्थाक्रा ३ का ७५ बर्षीय फेनैमा कान्छा, थिङ्गलावु ६की मनकुमारी लिम्बु, ७५ बषर््िाय रिन्जी शेर्पा, २७ बर्षिया रनु लिम्बु, ७ बर्षीया सन्त लिम्बु, खोक्लिङ्ग ७ का पुजन आङसाम्बो, बलबहादुर विक, लिङ्गतेप ७ की टंकमाया लिम्बु, लिवाङ्ग ५ का रुद्र लिम्बु, अर्जुन लिम्बु सख्त घाइते भएका छन् । पहिरोमा परी गम्भीर घाइते भएकाहरुको जिल्ला अस्प्ताल ताप्लेजुङ्ग र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
विहीबार दिनभरि बर्षा भएको र प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई हुादा धेरैे ज्यान गुमाएको
प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण सेनाको हेलिकोप्टर समेत फर्किएर गएको थियो । मौसम केही अनुकूल भएपछि सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय र विभिन्न संघ संस्थाहरुले उद्धारसागै राहत वितरणलाई तिब्रता दिएका थिए । अझ पनि स–साना
पहिरो जाने क्रम नरोकिएको प्रहरीले जनाएको छ । पहिरोका कारण कोशी
राजमार्गमा क्षति पुग्दा एक साता यता कुनै पनि सवारी साधन आउजाउ गर्न सकेको छैन । सवारी साधन आउजाउ गर्न नसक्दा जनजीवन अझ कष्टकर बन्दै गएको छ । पहिरोका कारण खाम्लुङ्गको दोभान बजार उच्च जोखिमा परेका छ । यसैगरी लिङ्गतेप गाविसको
रामदुवाली बजार समेत उच्च जोखिममा छन् । पहिरोले रामदुवाली बजारका ८ वटा घर बगाएको छ । दोभान बजारका श्याम लिम्बु, पवन लिम्बु, दावा शेर्पाको घर पहिरोले बगाएको छ । बजार नजिकबाट बग्ने मेवा खोलामा बाढी आिएको हुाा बजार थप संकटमा परेको इलाका प्रहरी कािर्यालय दोभानले जानाएको छ । थप प्रहिरोको आशंकमा यतिबेला दोभानका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।
प्रहरीका अनुसार लिङ्गतेप स्थित मेवा खोला किनारमा रहेको रामदुवाली बजारका इन्द्र लिम्बु, बसन्त लिम्बु, दलबहादुर लिम्बु, भवानसिंह लिम्बु, राजकुमार लिम्बुको ८ घर पहिरोले भत्काएको छ भने रामदुवाली बजारक सबै विस्थापित भएका छन् । लिवाङ्गमा ६, लिङ्गतेपमा सात, खोक्लिङ्गमा नौ घर र थिङ्गलाबुमा ६ घर पहिरोले बगाएको छ । बाढी पहिरोले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी
दिनुभयो । हाल जिल्ला दैवी राहत तथा उद्धार कोषको वैठक बसी प्रत्येक
गाविस सचिवको संयोजकत्वमा समितिहरु समेत बनाइएको र त्यसले लगत संकलन गर्ने कार्य गरिरहेको
निरौलाले जानकारी दिनुभयो । उता बाढी र पहिरोका कारण संखुवासभामा १४ वटा झोलेंगे पुल बगाएको छ ।
२ जनाको शव फेला परेको छ भने
५ जना अझसम्म बेपत्ता भएका
छन् ।
त्र
