एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई नेशनल एकेडमीले प्रशिक्षण तालिम दियो

धरान/एसएलसी दिएर बसेका विद्यार्थीहरुको समय सदुपयोग गर्ने उद्देश्यले नेशनल एकेडेमी उच्च मा.वि.ले उद्घोषण, नृत्य तथा संगीत तालिम सम्पन्न गरेको छ ।
आवरहोम ई. बो. स्कूल, धरान १९को सह आयोजनमा भएको सो व्यक्तित्व विकास कार्यक्रम ज्येष्ठ १७ गते देखी संञ्चालन भएको थियो । १२ दिनसम्म चलेको व्यात्तित्व विकास तालीममा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
तालिममा अविभावक, श्रोत व्यक्तिहरु लगायत विभिन्न सहयोगी शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थियति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कलेजका सह प्राचार्य श्री शालिक सतासक राईले गर्नुभएको थियो ।
सो अवसरमा उहाले प्रोफाइल प्रेजेन्टेशन गर्नु भएको थियो । प्रेजेन्टेशनको क्रममा राईले कलेजले शिक्षा क्षेत्रमा सर्वशुलभ शुल्कमा नया ढंगले काम गर्ने बताए । तालिममा सहभागी ८० जना प्रशिक्षार्थीहरुलाई सहभाागिताको प्रमाण पत्र वितरण गरिएको थियो । उद्घोषण तालीममा सहभागी मध्ये उत्कृष्ट ७ विधार्थीहरु चन्द्रकला लिम्बू, विजय तोलांगी, सुस्मिसिता राई, सुशिला वि.क.,मिलन चाम्लिंग,सुरक्षा लिम्बू,
र हांगसिंह चेम्जोंगले समापन
समारोहको औपचारिक तथा अनौपचारिक कार्यक्रम संञ्चालन गर्ने मौका समेत पाएका थिए ।
कार्यक्रममा नृत्य तथा संगीतका प्रशिक्षार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुुत गरेका थिए । साथै सहभागी विधार्थीहरुले लागुपदार्थ संम्वन्धी नाटक समेत प्रस्तुत गरेका थिए । तालीममा नृत्य विधामा सहभागी विधार्थीहरुलाई न्यू गरिमा डान्स सेन्टरका डाईरेक्टर आयुश्वर लिम्बू तथा आवरहोम ई.बो. स्कूलका नृत्य प्रशिक्षक निलम लिम्बुले प्रशिक्षण दिनुभएको थियो । साथै संगीत विधामा सुरज मेवाहांग राई तथा आवरहोम स्कूलका संगीत प्रशिक्षक रामकर राईले प्रशिक्षण गरेका थिए ।
यस्तै गरि उद्घोषण तालीममा सहभागी विधार्थीहरुलाई धरान जेसिसका पुर्व अध्यक्ष दोर्पध्वज राई, इडेन एकेडेमीका चेयरमेन सुरेश राई, धरान जेसिसका महासचिव तथा लायन्स क्लव अफ धरान वुढासुब्बाका प्रर्थम उपाध्यक्ष दिपेन्द्र निरौला,रेडियो धरानका डाईरेक्टर तथा युनिक एजुकेशनका विशाल राई ,
रंगभूमीका प्रिन्सिपल विष्णु राई, कलेजका सह प्राचार्य शालिक सतासक
राई तथा अध्यक्ष श्री देव सुब्बाले प्रशिक्षण दिनुभएको ेिथयो । सहभागी विधार्थीहरुले आफुहरुले बाह्र दिनमा धेरै कुरा सिकेको र यसलाई व्यवहारमा उतार्ने बताएका थिए । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक श्री सुरेन्द्र राई, धरान जेसिसका पुर्व अध्यक्ष दोर्पध्वज राई, इडेन एकेडेमीका चेयरमेन श्री सुरेश राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा लालिगुरास एजुकेशनका सोनाम
रिजाल, उच्च डल्फिन एकेडेमीका निर्देशक सन्तोष राई,आवरहोम ई.बो. स्कूलका प्रिन्सिपल गम्भीरमान तामाङ्ग लगायत सम्पुर्ण स्रोत व्यात्तिहरुको उपस्थिति रहेको थियो । कलेज संञ्चालक समितिका अध्यक्ष देव सुब्बाले एस.एल.सी. दिएर बसेका विधार्थीहरुले आफ्नो फुर्सदका समयमा केही श्रृजनात्मक कुरा सिकुन र समयको सदुपयोग गरुन भन्ने उदेश्यले निशुल्क तालीम संञ्चालन गरेको बताउनुभयो । साथेै कलेजले आउदो दिनमा निर्धारित पाठ्यक्रमसंगै अतिरित्त कृयाकलापमा यस्ता लालिमहरुको महत्वपूण स्थान रहने र यसले विधार्थीको चौतर्फी विकासमा सहयोग पुन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम समापनको दौडानमा संस्थाका अध्यक्ष देव सुब्बाले हरेक समुहबाट उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो गरी १२ जनालाई छात्रवृतिको समेत घोषणा गर्नुभएको थियो । कार्यक्रम कलेजका अन्जुला सुब्बाले संयोजन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया