धरान । छिटो सर्ने संक्रमण रोगका रुपमा चिनिने दादुरा सुनसरीको धरानमा समेत देखा परेपछि धरान उपमहानगरपालिकाले यसको न्यूनिकरणका लागि खोप अभियान सञ्चालन गरेको छ । दादुरँ रुवेला विरुचको खोपमार्फत यसलाई न्यूनिकरण गर्न ८ दिनसम्म विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको हो । बालबालिकालाई छिटो संक्रमणको रुपमा फैलिने दादुरा रुवेला धरानमा समेत देखा परेको छ । यसभन्दा अगाडि सुनसरीको बर्जु गाउँपालिकामा देखा परेको थियो । छिटो सर्ने संक्रमण रोग भएकै कारण यसको न्यूनिकरणका लागि धरान उपमहानगरपालिकाले पौष १ गतेदेखि ८ गतेसम्म विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको हो । यो रोग अहिले सम्म नौ वटा जिल्लामा महामारीको रुपमा फैलिएको छ ,। म्मामारी देखा परिसकेको् कारणले यसबाट शतर्क रहन धरान उपमहागनरपालिकाले खोप अभियानशुरु गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । हालसम्म यो खोप सुनसरीका ११ वटा पालिकामा सम्पन्न भइसकेको उहाँको भनाई छ । धरानमा समेत देखा परेका कारण अभियानकै रुपमा धरान उपमहानगरपालिकाले अभियानकै रुपमा सञ्चालन गरकेो उहाँको भनाई छ । यो अभियान अन्तर्गत धरान उपमहानगरपालिकामा रहेका सम्पूर्ण विद्यालयमा गरिने महाशाखाको भनाई छ । २ सय ५० भन्दा बढी विद्यालयलाई लक्षित गरेर खोप सञ्चालन गरेको बताउदै स्वास्थय प्रमुख मेहताले यसमा महिला स्वयम्ेविसका १ सय ४० जना,र स्वास्थ्यकर्मी ४० जना परिचालन गरिएको बताउनुभयो । धरान उपमहानगरपालिकाका २७ हजार भन्दा बढीलाई यस खोपबाट सेवा दिने लक्ष्य लिएको उहाँको भनाई छ । यसमा ६ महिनादेखि १५ बर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित गरेर अभियान चलाएको बताउदै ८० प्रतिशत बालबालिका विद्यालयमै भेटिने भएकोले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले २० प्रतिशत बालबालिका विद्यालय नजाने भएकोले त्यस्ता बालबबालिकाको लागि समेत अभियान सञ्चालन गरेको उहाँको भनाई छ ं।
उहाँले यो खोप अभियानमा आफ्ना बालबालिकालाई सहभागी गराउन आवहान समेत गर्नुभएको छ । यो खोल जुनसुकै खोप लगाए पनि लगाउन मिल्ने बताउदै े खोप लगाउँदा कुनै असरहरु नगर्ने बताउनुभयो । हल्का ज्वरो् आए पनि ठूलो असर नगर्ने उहाँको भनाई छ ।

दादुरा रोग लाग्दा ज्वरो आउने , शरीरमा राता विमीरा देखा पर्ने, रुखा खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, आँखा पाक्ने लगायतका लक्षण हुने महाशाखा प्रमुख मेहताको भनाई छ । उहाँका अनुसार रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्ने रे १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्नै बताउनुभयो । उहाले दादुरा भएको खण्डमा समयमा उपचार नगराएमा आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण हुने भएकोले हेलचेक्र्याई नगर्न अभिभावकहरुलाई महाशाखा प्रमुख मेहताले बताउनुभयो ।
