धरान/ भुकम्पमा परी क्षति पुगेका तथा अपांता भएकाहरुलाई अपांग तथा असहाय केन्द्र धरानले सहयोग गरेको छ ।
धरान १० केन्द्रको कार्यालयमा केन्द्रका निर्देशक सुनिल खड्काले ती असहायहरुलाई सहयोग गर्नुभएको हो ।
सुनसरीको पाचकन्या गाविस वडा नं. २ गौरी गाउा अर्थात हाल धरान २२ बस्ने अपाग कवि लक्ष्मी राईको वैसाख १२ गएको महाविनासकारी भुकम्पले घरमा क्षति पुगेको भन्दै केन्द्रले नगद ११ हजार रुपैया सहयोग स्वरुप प्रदान गरेको छ । यस्तै केन्द्रले धरान ८ की अपांग रति तामाङ्गलाई दुई बोरा चामल, खोटाङ्ग दिक्तेलकी अपांग बालिका लालसरी राईलाई एउटा ह्वील चियर र नगद १ हजार धरानकै इन्द्रबहादुर राईलाई १ बोरा चामल सहयोग गरेको हो ।
विगतदेखि नै अपांगता भएकाहरुलाई सहयोग पुर्याउदै आएको केन्द्रका निर्देशक सुनिल खड्काले जानकारी दिनुभयो । उहाले भुकम्पमा परी पीडित भएका तथा जन्मजात अपांग भएकालाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।
यस्तै खुट्टाको माध्यमबाट कविता कोरेकी देवी गाउाकी लक्ष्मी राईलाई काठमाण्डौको विएनवी अस्पतालमा उपचारका लागि पहल गरिदिने समेत निर्देशक खड्काले जानकारी दिनुभयो ।
