रोकिएको सडक निर्माणको काम सुचारु

मोरङ । मोरङ कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक बर्षपछि पुन ःशुरु भएको छ । निर्माण कार्य रोकिएको लामो समयपछि शुरु भएको सडक निर्माण सडक समयमा सकिने स्थानीयले बताएका छन् । हुलाकी राजमार्गको अन्य क्षेत्र निर्माण कार्य भइरहँदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीय चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए ।२०७६ कार्तिक २४ गते काठमाण्डौको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन बर्षभित्रमा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्को ठेकेदारबाट काम गराइरहेको कटारी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो ।


केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा हुलाकी राजमार्गको विषयमा कान्छाराम कन्सक्ट्रक्सन लगायत हुलाकी राजमार्ग निर्माणमा रहेका जति पनि कन्स्ट्रक्सनलाई बोलाएर छलफल हँुदा सहज रुपमा काम गर्न पाएको खण्डमा बैसाखसम्ममा काम सक्ने बताइएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आगामी वैसाखसम्ममा काम सक्ने गरी थालिएको निर्माण कार्य अन्तर्गत अहिले सडक छेउछाउमा नाला बनाउने काम शुरु भएको छ । विगत तीन बर्ष सो सडक खण्डको २५ प्रतिशतमात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ । २०७९ कार्तिक मसान्त नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैया रहेको छ ।

तपाईको प्रतिक्रिया