एक गाग्री पानीका लागि घण्टौ हिड्नुपर्ने बाध्यता

खोटाङ । खेटाङको रावावेशी गाउँपालिका ४ डुम्रेका धारापानी भोर्लेनीका ६५ घर परिवार एउटा कुवाको पानीमा निर्भर छन् । साविक डुम्रे धारापानी भोर्लेनीका स्थानीयहरुले सदियौदेखि गाउँको तल्लो भागको मुहानबाट बोकेर उपभोग गर्दै आएका छन् । खोटाङको राउवेसी नगरपालिका ४ डुम्रे धारापानी भोर्लेनीका ६५ घर परिवारले कुवाको पानी गाग्रो, बाल्टिन र बोतलमा हालेर ओसार्ने गरेका छ्न् । कुवाबाट डोकोमा पानी बोकेर सिरान घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्ने गरेको स्थानीयहरु बताउँछन् । ठूलो बर छेउको कुवामा पानी जम्मा गर्न ट्यांकी सहित दुई वटा धारा बनाइएका छन् । सो मुहानमा विहानैदेखि पानी लिन र नहुउन जाने स्थानीयको भीड लाग्ने गर्दछ । मुहान सुक्ने याम वैसाखदेखि असारसम्म पानीका लागि विहान ३ बजेदेखि कुवामा लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।


डुम्रधारापानी भोर्लेनीकी रिता बस्नेतले पानीको लागि यो गाउँमा धेरै दुःख भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘म पानी लिनका लागि विहान ४ बजे नै झर्छु, मेरो त झन घर
सिरानमा छ , चारबजे पानी लिन आएर ६ बजे घर पुग्छु ।’ बस्नेतमात्र हैन विहान ३ बजेदेखि नै धारामा पानी लिन आउने गरेका छन् । स्थानीय दुर्गामाया मगरले बर्षात्को समयमा पानी राम्ररी थाप्ने गरे पनि हिउँदका समयमा पानी सुकेर झन हैरान हुने गरेको बताउनुभयो । ६५ घरको यही एउटा धारा रहेको छ । चैत्रसम्ममा यो धाराको पानी पनि सुक्ने गर्छ । पानी सुकेको बेलामा स्थानीयहरु जरुवामा जाने गर्छन्, त्यहाँ पनि पानी सुकेको खण्डमा कही पानी पाउँदैन । स्थानीय चन्द्रसिंह बस्नेतले सिरानको घरको सर्वसाधारणले पानी लिन जान आउँदा कम्तीमा १६ मिटर उकालो आरालो हिड्न बाध्य भएको बताउनुभयो । पानीकै कारण यहाँका धेर्रै मानिसहरु बसाइसराई गरेको उहाँको भनाई छ । पानीकै कारण विद्यालय जाने विद्यार्थीहरुले समयमै विद्यालय जान नपाउने बस्नेतको भनाई छ । भोर्लेनी बासीले पिउन र खाना पकाउनेका लागि यही कुवाको पानी ओसार्छन्, गाईभैसीलाई खुवाउन र नुहाउन र लुगा धुन पनि यही कुवाको पानी प्रयोग गर्ने गर्छन् । परिवारमा एकजनाको काम नै पानी ओसार्ने रहेको स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया