धनकुटामा पर्यटक अवलोकनका लागि आए

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ ।  पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो ।


धनकुटा नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । पर्यटनकर्मीहरुको टोलीलाई स्वागत गर्दै उहाँले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न आग्रह गर्नुभयो । पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवद्र्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागि रहेका थिए ।

तपाईको प्रतिक्रिया