धरान । डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्वर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको क्वाटर फाइनल खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १–० र देउराली चिल्ड्रेनले समेत मेरिल्याण्ड स्कुललाइ १–० गोल अन्तरले नै पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । पहिलो क्वाटरफाइनल हिमशिखरका मन्जिल श्रेष्ठ र दोस्रो क्वाटरफाइनल खेलमा देउरालीका धिरज लिम्बुले गोल गरे । पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिसका नितेस चौधरी र मेरिल्याण्ड स्कुलका गोलकिपर अकिलेस मगर म्यान अफ द म्याच घोषित भए । उनीहरुलाइ नेपाल प्याराग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष भुपाल चाम्लिङ राई र पुर्व राष्ट्रिय फुट्बल खेलाडी इन्दु रसाइलीले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

यसै गरि डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित स।दिलकुमार प्लेट च्याम्पियन सोमबार देखि सुरु भएको छ । प्लेट च्याम्पियनको पहिलो खेलमा मर्निङ स्टार स्कुलले आयोजक डिपो स्कुललाइ १–० र दोस्रो खेलमा कार्मेल स्कुलले हिबिकसलाइ ३–० गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा मर्निङ स्टारका जीवन बिष्टले निर्णायक गोल गरे भने दोस्रो खेलमा कार्मेलका दशेन मगरले तीनै गोल आफ्नै नाममा लेखाउदै ह्याट्रिक गरेका छन् ।
