धरानकी शेर्पा लागू औषधसहित पक्राउ

धरान । धरानबाट एक महिलालाई काठमाण्डौ प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ । धरान १३ की ३५ वर्षिया निता शेर्पालाई लागुऔषध सहित काठमाण्डौ प्रहरीले पक्राउ गरेको हो ।
उनी विगत केही बर्षदेखि काठमाण्डौमा डेरा गरेर बस्ने गर्थिन् । डेरा बस्ने क्रममा उनले कोठाबाट नै लागुऔषधको खरिद विक्री, ओसार पसार हुने गरेको अभियोगमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ


लागू औषध कारोबारको आशंकापछि प्रहरीले निताको कोठामा छापा मारेको थियो । सोही क्रममा उनको कोठाबाटै भारीमात्रामा लागू औषध प्रहरीले बरामद गरेको  थियो । डाइजेपाम २ एमएलको १०५ एम्पुल, फेनेरगन २ एमएको १०५ एम्पूल, नुफिन २ एमएलको १०५ एम्पुल सहित कुल ३१५ एम्पुल सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ प्रहरीका अनुसार लागूऔषधसहित उनको कोठाबाट प्रहरीले लागु औषधका एम्पुललाई बाँध्न प्रयोग गरिने रबर १८० थान, नगद ४५ सय रुपैयाँ र सामुसङ मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी अनुसार काठमाडौँ महानगर वडा ३१ स्थित सुकुम्वासी टोलका भाइकृष्ण श्रेष्ठको घरमा कोठा डेरा गरेर बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया