धरान । छठ पर्व पछिल्लो समय सद्भावको पर्व बन्दै गएको छ । विगतमा मधेशी समुदायहरुले मात्र मनाउदै आएको छैठ पर्व पहाडे समुदायभित्र पर्ने व्राम्हण, क्षेत्री, राई, लिम्बु, नेवार लगायत सम्पूर्ण जातजातिले साझा रुपमा मनाउन थालेसँगै यो पर्व सद्भावको पर्व बन्दै गएको हो । केही बर्ष अगाडि छठ पर्वको समयमा धरानको सेउती तथा सर्दु खोला किनारामा फाट्टफुट्ट मधेशी समुदायको समूहमात्र देखिन्थ्यो । तर केही बर्ष अगाडिदेखि विस्तारै यो पर्व अन्य समुदाय तथा जातिले मनाउन शुरु गरेका छन् । आदिवासी जनजातिको सहर भनेर चिनिएको धरानमा पछिल्लो समय सबै समुदाय एकै ठाउँमा मिलेर छठ पर्व मनाएको दृश्यले छठपर्व आपसी सद्भाव कायम गर्ने पर्वको रुपमा लिन थालिएको हो ।

धरानको सेउती खोलामा भेटिएकाहरुले मधेशी समुदाय र पहाडे समुदाय एकै ठाउँमा मिलेर छठ पर्व मनाएको पाइएको छ । नेपालीहरुले मनाउने सबै पर्वलाई नेपाल सँस्कारभित्र अँटाएर मनाउनुपर्ने छैठ पर्व मनाउन गएकी हेमा प्रधान केसी बताउनुहुन्छ ।
यस बर्षको छठ पर्वले धरानमा मधेश र पहाडेबीचको दूरीलाई घटाउदै आपसी भाइचाराको सम्बन्ध विस्तार छैठ पर्वमा सहभागीहरुले बताएका थिए । सबै जातजाति मिलेर छैठ पर्व मनाउदा धार्मिक आस्थासँगै उत्साह थपिएको गोपाल अग्रवाल बताउँछन । छैन पर्वमात्र हैन तामाङ र गुरुङको ल्होसार, हिन्दु महिलाहरुको तीज, राईहरुको साकेला, लिम्बुहरुको चासोक तङ्नाम जस्ता जति पनि चाडपर्व पनि पछिल्लो समय सद्भावको पर्वको रुपमा मनाउन थालिएको छ । यसलाई सबैले सकारात्मक ढंगबाट सबैले हेर्ने गरेका छन् । यसले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्न ठूलो सहयोग समेत पुगेको छ ।
