धरान । वृहत्तर बराहक्षेत्रमा पर्ने पूर्वका तीन जिल्लामा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ रहेका मठमन्दिरको महत्वका विषयमा प्रचार गर्ने उद्देश्यले वृहत्तर बराहक्षेत्र पदयात्रा अहिले धरान आइपुगेको छ । सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्र, मठ मन्दिरमा जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवचार्यको अगुवाईमा नेपाल तथा भारतका धर्म गुरु, धार्मिक संघ संस्था, धार्मिक अस्थामा रुची राख्नेहरुको समूहले मंसिर २४ गतेदेखि पदयात्राको शुरुवात गरिएकोे हो ।

मंसिर ७ गतेसम्म चल्ने सो पदयात्राको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्नुभएको थियो । सुनसरीको चतरामा रहेको बराहक्षेत्रधामबाट उदयपुरको महांकाल भगवति मन्दिर, धनकुटाका विभिन्न मठ मन्दिरमो पैदलायात्रा सकाएर धरान आइपुग्नु भएका बालसन्तको टोलीलाई धरान १४ मा रहेको पिण्डेश्वर बाबाधाम समिति र १४ नं. वडा समितिले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद रमेश बस्नेतले बालसन्तको अभियान अन्तर्गत तीन जिल्लामा रहेका मठमन्दिरको पैदलयात्रासहित त्यहाँको प्रचारप्रसार र महत्वका विषयमा जानकारी दिने कामले नेपालमा धार्मिक धार्मिक सद्भाव बढ्ने, ऐतिहासिक तथा पौराणिक क्षेत्रहरुको प्रचारप्रसारसँगै धामिर्क पर्यटक बढ्ने बताउनुभयो । पदयात्रामा नेपालमा पूर्वकामात्र हैन पश्चिममा धर्मगुरु, हिन्दु धर्ममा आस्था राख्नेमात्र हैन भारतको आसामका गुरुहरुको समेत सहभागिता रहेको थियो । स्वागत कार्यक्रममा बोल्दै भारत आसामका धर्मगुरु केदारदासले देवभूमि नेपालमा धेरै देवभूमि रहेको र धार्मिक पर्यटनको ठूलो सम्भावना भएको पाइएको बताउनुभयो । सो अवसरमा बालसन्त मोहनसरण देवचार्यले पदयात्राको उद्देश्य, पदयात्रा गर्दा पुगेका स्थानका विषयमा बेलिविस्तार लगाउनुभएको थियो । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपाली र १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अगुवाईमा भएको स्वागत कार्यक्रममा पञ्चेबाजा संरक्षण समितिका तर्फबाट पञ्चेबाजा बजाएर र अन्य महिलारुले संगेनी नाच प्रदर्शन गरेर स्वागत गरेका थिए । देवभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले थालिएको पदयात्रा आगामी मंसिर ७ गतेसम्म रहने जनाइएको छ । यसले वृहत्तर बराहक्षेत्रभित्र रहेका मठ मन्दिरको प्रचारप्रसारसँगै यस क्षेत्रको धार्मिक महत्व देश विदेशसम्म फैलाउदै अधिक भन्दा अधिक धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ पहिलो पटक गरिएको हो । यसले कोशी प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गुरु योजना अगाडि सारिएको छ यो पैदलयात्राले शुरुवातको पहिलो खुड्किलाको काम गरेको धर्मगुरु, धार्मिक आस्थामा विश्वासहरुले विश्वास लिएका छन् ।
