घण्टाघरबाट हेर्दा

दुर्गा भन्या दुर्गे नै हुन्
राक्षसहरुले चरम अतयाचार गरेपछि दुर्गाले तिनीहरुको अस्तित्व समाप्त पार्देको धार्मिक ग्रन्थहरुमा उल्लेख ग¥या सबैलाई थाहा छ । अति गर्नु अत्याचार नगर्नु त्यसै भन्या होइन । यतिबेला नेपालाँ झापाबाट दुर्गाको उदय भएको छ । एउटै दुर्गाले नेपालको सिंहदरबारदेखि बाल्वाटार, कोटेश्वर, बालकोटे लगायतका  दरबारमा बस्नेहरु सबैलाई तवा–तवा पार्देका छन् । कहिले ती राक्षस गणहरु एकै ठाउँमा भेला भएर दुर्गासँग कसरी भिड्ने भनेर छलफल मन्थन गर्छन्, कहिले एक्ला एक्लै बर्बराउँछन्, कहिले नक्साल गुहार्छन्, कहिले दुर्गाको बाटो छेक्न निषेधाज्ञा लगाउने भन्छन् । आफ्नो राजपाठ हरिने सपना तिनले झल्झल्ती देख्न थालेसी’ कम्ता छटपटाहट छैन तिनलाई । तिनको अत्याचारको वर्णन हजार जिब्रो भएका शेषनागले पनि गर्न नसक्ने भएका छन् । कहिले ती राक्षस गणले शितल निवास भागबण्डा ग¥या छन्,, कहिले वाल मन्दिर भ्याएका छन्। कहिले क्विन्टलका क्विन्टल सुन ओसार्छन, कहिले वाइडबडी निल्या छन् । वाफ रे वाफ † अत्याचारले सीमा नाघेपछि दुर्गाको जन्म त हुने नै भयो । आखिरी दुर्गा भन्या गर्दै हुन् । –जनता


हल्लाउन सक्दैनन् रे
मंसिर ७ गते पश्चात कहाँ जुठे कहाँ जुठेकी आमा हुने छनक देखिएपछि गठबन्धनका मुखिया प्रचण्डाउलाई यतिबेला औडाहा हुन थाल्या छ । हिजो आज ती मुखिया एक्लै बर्बराउन थाल्या छन् । देशभरिका जन अवस्थामा सुधार ल्याउन व्यवस्थालाई भकुण्ड्याउन राजधानी छिर्नै भएसी’ मुखियाको बर्बराहट शुरु भएको छ । अस्तिका दिन तिनले एउटा फगाले केही हल्लाउन सक्दैन भन्दै रुन्चे स्वर निकालेर भुकेछन् । यसैगरि भुक्दै गर्नु नै भुसको आगो दन्कनु हो । हिजो भुइँमा बसेर सिल्भरे थालमा भात खाने हैसियत मात्र भएका राष्ट्रिय लफंगाले के फूर्ति लगाएको होला ? निभ्ने बेलाको बत्ती अलि जोडले बल्छ । त्यसपछि छिपिक्क । –लुटेरा
तर्सेर बन्द ग¥या रे
डा. सुन्दरमणि दिक्षितले अस्तिका दिन सामाजिक सञ्जाल टिकटक बन्द गर्नुको कारण बडो गज्जबले खोले । बेला बेलामा दिक्षित घत लाग्दा गफ गर्छन् । अब हेरम न सरकारले टिकटक बन्द ग¥यो । विनासित्तिमा बन्द ग¥या त होइन । गणतन्त्रको नाममा आफूमात्रको अवस्था सुधार्ने धन्दामा लागेको वर्तमान दलेहरुका विरुद्धमा सर्वसाधारणले विष वमन गर्न थालेसी’ सहनै नसकेर टिकटक बन्द ग¥या रे, दिक्षितले भन्या । अब विस्तारै फेसबुक, ट्विटर, डर्मा, टेलिग्राफ सबै बन्द गर्छन रे । प्रशंसा मात्र सुन्न चाहने शासकले आफ्ना विरुद्ध विषवमन गरेको सुन्नै चाहँदैन रे । सत्तासीन दलेहरु त सुध्रने कुनै छनक नै छैन । बरु सर्वसाधारणले आचरण सुधार्नु पर्ला जस्तो छ । नत्र हिजो टिकटक बन्द गर्दियो भोलि अरु गर्दैला……। –बीरबहादुर
भोगटेकाजी चर्चैमा आए
मान्छेहरु पनि चर्चामा आउन के के गर्छन् गर्छन् । अब हेरम न दुर्गा प्रसाइसँग पौठेजोरी खेल्छु भनेर कुर्लिएका भोगटेकाजी आँच्या महेश बस्नेतको परस्त्रीसँगको भिडियो सार्वजनिक भएसी’ बडो र्चामा आएका छन् । त्यस्ता भिडियोहरु त आठ भागसम्म पो छ भन्छन् त । एउटै भागले चर्चाको शिखर टेकाइदियो अब अरु भाग भटाभट आउन थालेसी’ चर्र्चाँ कति चुलिएला ? भोगटे काजी न ठहरे । खप्रओको आर्शीवाद पा’छन् । मलाई कसैले हल्लाउन सक्दैन भनेर फुइँ हाँक्छन् । मंसिर ७ गते दुर्गासँग भिड्ने भन्छन् । दुर्गाले त्यसका लागि महिला काठमाण्डौको व्यवस्था ग¥या छन् रे । लहै भोगटे काजी विचार गर्ने हौ । –खटियाके उपचार
नटवरको रोइलो
मुलुकमा यतिबेला नटवरलालहरुको रोइलो शुरु भएको छ । पैत्तीस बर्षदेखि नटवरहरुले कम्ता उत्पात मच्चाएका थिएनन् । तर अब नेपालका नटवरहरु कुम्लो कुटुरो बोकेर धाइफल कस्ने सुरसार गर्दैछन् ।
नटवरहरुको नामै लिनुपर्दा र्याले काजी, राष्ट्रिय भाउजु, गन्ध हराएर ठँसठँस्ती गन्हाउने पुष्कमल, गन्हाउने थुतुनो भएका माकुने, बांगा औँला भएका खप्रओ, दलबदलुमा विद्यावारिधी गरेका बाउराम, हिस्सि नपरेकी हिसिला, सुनबुढा बाउदेउ, चित्त नभाका विचित्रबबहादुर केसी, आफ्नै जातभाईलाई ठगेर नेता पीलटएका उपिन्दर जादवहरु भारी कस्नतिर लाग्या छन् रे । सात गते अगावै तिनका ओठ मुख सुकेर च्यापच्यापी हुन थाल्या छ रे । जैसा करनी वैसा भरनी । कि कसो हौ ? –चम्पटे
क्या काइदा रहेछ
नेपालीमा एउटा उखान छ कसैलाई उपरीमाथि थुपरी कसैका पिँधमा लगौटी नाई, अब हेरम न सुदुरपश्चिम सरकारले डँडेलधुरामा र्याले काजीको घर निर्माण गर्न १० लाख बजेट छुट्याएछ । हुन त काजीलाई पनि सानो भुर्नहत्ते छैन । पिछडा वर्गकी किसानकी छोरीसँग लगनगाँठो कसिहाले दाइँजामो पनि केही दिएनछन् । दुईवटा बन्दुक मात्र दिएर पठाएका थिएछन् । डढेलधुराको घर भत्केर हेरिनसक्नु भा’छ । दुःख पाएकी किसानकी छोरीलाई देशैभरिबाट चन्दा उठाएर पठाउने सल्लाह भइरहेको थियो । फ्याट्टसँग सुदुरपश्चिम सरकारले १० लाख बजेटै छुट्याइदिएछ । –घोप्टे
भ्रम छर्दैछन् झोलेहरु
भनिन्छ नि आमाले रिसको झोकमा दिएको श्राप, र सत्रुले मायाले दिएको आर्शिवाद कहिल्यै लाग्दैन । राजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा आउने भएसी’ झोलेहरुले अनेकौ भ्रम फैल्याउन थालेका छन् । राजा झापा आउने भएसी’ झोलेका मालिकहरुको निन्द्रा हराम भएको छ । मालिककै निर्देशमा झोलेहरुले राजा झापामा नआउने भए भनेर सामाजिक सञ्जालमा लेख्यालेख्यै छन् । तर राजाका स्वकीय सचिवले प्रेस विज्ञप्ती निकालेर  राजा झापा आउने प्रष्ट पारेसी’ झोलेहरुको र तिनका मालिकको मखुण्डो उघ्रिएको छ । –घैटे
अन्तेमा
केही दिन अगाडि जाँजरकोटतिर गएको भुकम्पले एकथरिलाई मालामाल बनाउँदै छ रे । भुकम्पले घरवारविहीन भएका, मृत्यु भएका, घाइते भएकाहरुको आँशु थामिएको छैन नवमहाराजहरु हेलिकोप्टर चार्टर गरेर दृश्यावोलकन ग¥या ग¥यै छन् रे । पीडितको नाममा आएकोराहत बाटैबाट हराउँछ रे, दिएको पैसो नव महाराजहरुका खातामा जम्मा हुन्छ रे । क्या गज्ज्ब छ । हुन त एउटाको जरो नउखेली अर्कोलाई दबाई  कसरी बनाउने ? –गिद्धे

तपाईको प्रतिक्रिया