स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालय  विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा विराटनगर–६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैध रुपमा बोकेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैया नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।


स्रोत नखुलेको रकम नेपाली रुपैया १ हजारको दरको १ हजार ६ सय ८७ थान र ५ सय दरको १ हजार थान सहित पक्राउ परेका  हुन् ।  पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा
रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान–१, रन्जित कुमार साहको नाममा रहेको एनआइसी एसिया बैंकको े चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान–१, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेको हो । स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहको छ ।

तपाईको प्रतिक्रिया