प्रहरी श्रीमतिसंघद्वारा धरानको मठमन्दिर सरसफाई

धरान । नेपाल प्रहरी श्रीमति संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय यो संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । सामाजिक कार्यमा सक्रिय नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा  सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढाउने, अक्षता प्रयोग गर्ने लगायतका फोहोरले मन्दिर प्रदुषित हुदै गएपछि मठ मन्दिर सफाईलाई तिब्रता दिइएको संघकी अध्यक्ष अजिता देवकोटाले बताउनुभयो ।


स्थानीय सरकारले मठ मन्दिरको संरक्षण गरे पनि यसमा सबैले साथ दिएमात्र संरक्षण हुने १४ नं. वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँले नेपाल प्रहरी श्रीमति संघले जस्तै अन्य संघ संस्थाले मठ मन्दिरको सरसफाई गर्ने हो भने मठ मन्दिर पवित्र हुने बताउनुभयो । उहााले श्रीमति संघले गरेको सरसफाई साच्चैको सह्रानीय काम भएको बताउनुभयो । सरसफाईपश्चात संघीय अध्यक्ष वास्तोलाले जथाभावि फूल प्रसाद फालिने गरेकाले मन्दिरहरुमा फोहोर हुने र मन्दिरको अस्तित्व नै खतरामा पर्ने भएकोले फूल प्रसादलाई व्यवस्थित गरी मन्दिर सफाईमा सहयोग गर्न अनुरोध गर्नुभयो ।
संघले स्थापना कालदेखि नै सरसफाईमात्र हैन गरिब तथा असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामागी वितरण, सहाराविनलाई सहयोगका कामहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया