ड्रागन खेतिबाट मनग्गे आम्दानी गर्दै कृषक

धरान । धरानमा युवाहरुले ड्रागनफलको व्यवसायिक खेति गर्दै आएका छन् । अन्य खेतिको तुलनामा खेति गर्ने तरिका फरक भए पनि ड्रागनखेतिबाट युवाहरुले मनग्गे आम्दानी गरेका छन् ।
धरान ५ को ठिंगाबारी । जसलाई धरान उपमहानगरपालिकाले कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । यहाँ फलफूल लगायत नगदेबालीको व्यवसायिक खेति गरिन्छ । तर पछिल्लो समय यही ठाउँमा नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गरेर ड्रागनखेतिबाटै भविष्य खोज्दै आएका सञ्चालकद्वय सूर्य लिम्बु र देवी लिम्बुले अहिलेसम्म आफूले उत्पादन गरेको नौ लट ड्रागनफल बजारमा विक्री गरिसकेका छन् । अहिलेसम्म १.५ टन ड्रागनउत्पादन गरेर बजारमा विक्री गरिसकेका छन् । उनीहरुले ६ लाख ७५ हजार बराबरको ड्रागनफल विक्री गरेको फर्मका सञ्चलक सूर्य लिम्बु बताउनुहुन्छ ।


अहिले बजारमा यसको मूल्य प्रति केज ४ सय देखि ४ सय ५० सम्म फल हेरेर विक्री हुने गरेको छ । अहिले ड्रागनखेति गर्ने युवाहरु वैदेशिक  रोजगारमा गएर फर्किएकाहरु बढी छन् । उहा सिकेको कुरालाई उनीहरुले नेपालमा प्रयोग गर्ने क्रममा ड्रागनखेतिलाई राजेका हुन् । उनीहरु पछिल्लो समय सफल पनि हुदै गएका छन् । यो खेति नितान्त नौलो भएकै कारण व्यवसायिक रुपमा उत्पादन थालेपनि स्थानीय सरकार यसतर्फ जानकार छैन । आफ्नै बलबुतोले तथा आफूले सिकेको कुरालाई प्रयोग गरेर उत्पादन गरे पनि सम्बन्धित पक्षले यो खेतिको लागि प्राविधिक ज्ञान समेत दिन सकेको छैन । यद्यपि धरान उपमहानगरपालिकाले नगरसभाबाट कृषकको मागमा आधारित क्रियाकलाप सञ्चालन गर्ने निर्णय पारित भएको छ । कृषकले यो कार्यक्रमका लागि माग गरेको खण्डमा स्थानीय सरकारले सहयोग गर्ने धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाका प्रमुख भक्तिराज शर्माले बताउनुभयो ।  पछिल्लो समय यी दुई दाजुभाईमात्र हैन अन्य युवाहरु पनि खेतितर्फ आकर्षित भएका छ्न् । सूर्य लिम्बु र देवी लिम्बुले मात्र १० कट्टा क्षेत्रफलमा ड्रागनखेति लगाउदै आएका छन् । ड्रागनफल स्वाथ्यको लागि लाभदायी समेत मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । युवाहरुको ड्रागनखेतितर्फको लगावलाई स्थानीय सरकारले समेत सहयोग गरेको खण्डमा लिम्बुद्वय जस्ता धेरै युवाहरु यो खेतिमा लाग्नेछन् । यसका लागि अनुदानदेखि प्राविधिक ज्ञानको आवश्यकता स्थानीय सरकारले गरिदिनुपर्ने हुन्छ ।
त्र

तपाईको प्रतिक्रिया