जंघार तरेपछि लौरो बिर्सियो
नेपालीमा एउटा उखान छ, जंघार माने भेलबाडी, खोला तरेसी लौरो बिर्सियो । हुन त जंघार तरेसी जाबो लौरोको के काम मिल्याइ दिने नै हो । माओवादी र माकुनेको भरिया बनेर हिड्या लाँग्रेस कोशी प्रदेशमा त्यस्तै रवैया देखाएको छ । कुनै पनि कोणबाट राजनीति गर्ने हैसियत र अनुहार नभएको भन्दै चर्चा चलेको बेला काँग्रेसका शेखर कोइरालाले परिवारको बिडो थाम्लान् भन्या थियो तर १५ दिनमै र्याले काजी र राष्ट्रिय भाउजुको अगाडि लम्पसार परेछन् । कोशीबाट काँग्रेसमा प्राण भरिन शुरु भयो भन्या त भुत्राको हुन्थ्यो ? मुडकट्टा र मुडको मूल्य तोक्क्नेहरुलाई कोइरालाले दनक दिए भन्या थियो । कोइरालाले आफ्ना इमान्दार हनुमानलाई अगाडि सारे माने केदार कार्की । अरु ८ जनालाई पनि सँगै ल्याए, हिजोका जन आन्दोलनका सहयात्री एमालेको साथ लिएर बचकना कार्कीलाई मुख्य मन्त्री बनाए । तर मुड्कट्टा र मुडको मूल्य तोक्नेहरुका लम्पसार पर्दो जस्को जौ खाए उसैलाई थाङ्नामा सुताइदिए । अब कोशीबाटै शेखर पनि चिलिम । –बज्र स्वाँठ
बाहुन टोलेको लगौटी
तनहुँ बाहुन टोलका बुख्याँचा आच्या शितल निवासे मुखिया रामचन्द्रे बाजेको सर्वोच्च अदालतले लगौटी खुस्काइ दिएको छ । दह«ोसँग लगौटी नकुस्किदा सर्वोच्चले खुस्याइ दिएको हो । बाजे त बुढो भए । बेसुर भए । सुरले काम गरेन । तर त्यत्रा भाँडीम भाते सल्लाहकारहरुले बलियो कन्दनी लगाएर लगौटी फेर्नुपर्छ भनेर सल्लाह दिनु पर्दैन ? दिनदहाडै मान्छे मार्ने रिगल उर्फ योगराज ढकाललाई सर्वोच्च अदालतले सर्वश्व सहित जन्मकैद गरेको अपराधीलाई थपक्क बाजेले आम माफी दिएछन् । सर्वोच्चले फेरि पनि अँठ्याएर खोरमा हुल्न आदेश दियो । मर्ने बेलामा हरियो काक्रो भनेझै । पिण्ड खाने बेलामा बाजेलाई लोभले गाँजेछ । पाँच करोड एकैपटक ड्याम आम्दानी हुने भएसी’ बाजे किन पछाडि हँट्थे ? र्याले काजी, राष्ट्रिय भाउजु र बालुवाटारे मुखियाको आदेश पनि मानिने आम्दानी पनि हुने । कि कसो हौ बाजे ? –माने
जाठा फेरि हान्देछन् ¥याप
धरानका नगर पिताको महिमा हजार जिब्रा भएका शेष नागले नि गर्न सक्दैन । अर्थोक त त्यस्तै हो । तिनको चोथाले थुतुनोका अगाडि आफूलाई तीसमार खाँ भन्नेहरु पनि नतमस्तक हुन्छन् । नामै हर्क भएसी’ अरुले विस्मात गरेर केही लछारपाटो लगाउन सक्ने कुरा पनि भएन । अस्तिका दिन हर्कोले फेरि र्याप हान्देछन् । हुन त बेला–बेलामा हर्क र्याप हानिरहन्छन् । र्यापका टोन पनि साह«ै घत लाग्दा हुन्छन् । कहिले गुइँठे भनेर स्वर तान्छन्, कहिले जा भाग जा भनेर घोक्रो फुलाउँछन् । अस्तिका दिन त हर्कले नया टोनको आविस्कार गरेछन् । जाठा ठेकेदार, मुन्तरी भन्दै हानेको र्याप अहिलेसम्मकै सबैभन्दा उत्कृट । धराने जनताले मूल्यांकन ग¥या । –गोक्ते
प्रचण्ड पथमा मुखमन्त्री कार्की
कोशी प्रदेशका मुखमन्त्री केदार कार्कीले प्रचण्ड पथ अंगालेछन । यस भन्दा अगाडि बीपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद अंगालेका मुखमन्त्री कार्कीले शुक्रबार अर्थात कार्तिक १७ गतेदेखि प्रचण्ड पथ अंगालेका रे । बीपी पथ सुख्खा भइसक्यो । अब बीपी पथमा हिडेर केही झर्नेवाला नदेखिएसी’ कार्कीले प्रचण्ड पथ अंगालेका हुन् रे । प्रचण्ड पथ भन्या एउटासँग विवाह गरेर विवाह गरेर सिन्दुर लगाउने अनि हनुमनचाहिँ अर्कोसँग मनउने हो । बालुवाटारे मुखियाले पहिला त्यसै ग¥या हुन् । एउटासँग विवाहवारी माने एमालेसँग विवाह गरेर काँग्रेससँग हनिमुन मनाएकै हुन् र मनाइरहेका छन् । यसो गर्दा पद पनि सुरक्षित । क्या काइदाको छ प्रचण्ड पथ । अनि मुखमन्त्री कार्कीले प्रचण्डपथ किन नअगाल्नु त ? राजनीतिक भन्या नै सदैव फाइदोको व्यापार हो । फाइदाको मामलामा कार्की पनि किन चुक्थे ? –भातमारा
अबचाहि“ कुछ हुन्छ कि ?
कोशी प्रदेशको अब उछितो काढिने भएको छ । उछितो काढ्न अस्तिका दिन इटहरीमा जनजाति संघ संगठनका बडेमानका नेताहरु इटहरीमा भेला भए । उनीहरुको गर्जनले प्रचण्ड पथे मुखमन्त्री अब के गर्लान् ? कोशी प्रदेश नाम खारेज गरेर किराँत लिम्बुवान राख भनेर उनेरले दह«ै चेताउनी दिएछन् । दलका झोले, झ्याम्टेहरुले भेला विथोल्लान् कि भनेर प्रहरीहरु सडकमा ठूलै संख्यामा गस्तिमा थिए । जनजाति सघ संगठनका नेताहरुले कोशी प्रदेशका सांसद माने कम्तियाहरुलाई थर्काउनसम्म थर्काए । अबचाहिँ केही होला जस्तो छ । हुनु प¥यो नि । सधै ल्याङ ल्याङ गरेर त चल्दैन होला ? जाबो नाममात्र फेर्देउ घिच्न त तिमीहरु नै घिच भन्या त हुन नि जनजातिहरुले । –फ्यासे
प्रसाईले अपानवायु बन्द गर्दिए
सामाजिक राजनैतिक अभियन्ता दुर्गा प्रसाईले यतिबेला दलेका मुखियाहरुको अपानवायु बन्द गर्र्दिया छन् । प्रसाईले झालेमालेका खप्रओ, गन्हाउने ठ्यास परेको अनुहार भएका माकुने, थुतुनामो टुंगो नभएका वाल्वाटारे मुखिया, बुढानिलकण्ठे र्याले काजी, कहिल्यै डोको नाम्लो, कुटो कोदालाी नगरेकी किसान संसदीय समितिका सभापति उर्फ राष्ट्रिय भाउजु सबैको यतिबेला अपानवायु बन्द गर्दिएका छन् । यतिबेला यतिबेला यी समर स्वाँठहरु अपान वायु छाड्न पनि नसक्ने भएका छन् । सकुन पनि कसरी प्रसाईले सबको जन्मकुण्डली फेल पारेका छन् । कस्ले सुनमा कति चप्कायो, शरणार्थी प्रकरणमा कति ल्याम्प पा¥यो, ललिता निवास र बाल संगठनको सम्पत्ति कसले कति कुम्ल्यायो…सबै फेहरिस्त प्रसाईसँग छ । मंसिर ८ गते पछि यिनका विरुद्धमा जनता जाग्दै छन् । अहिल्यै बेडिया विस्तार बोकेर बाटो लागे राम्रो नत्र भ्याकुरा खेदिए झै खेदिने निश्चित छ । –ठेउके
झालेमाले बाहिरियो
कोशी प्रदेश सरकारबाट झालेमाले बाहिरिएको छ । बाहिरिने नै भयो । आगामी चार बर्षसम्म सँगै बस्ने सहमति गरेर लाँग्रेसका नेता शेखराउसँग सहमति गरेको झालेमालेलाई एक महिनामै डिभोर्स गरेपछि सँगै बस्ने कुरा पनि आएन । शनिवार झालेमालेका राम रानाले मन्त्रिपदबाट बच्चा मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिएछन् ।–झोले
अन्तेमा
आजकल आयाराम गयाराम दलका अध्येक्षे बाउराम भट्टराई र हिस्स परेकी महासचिव हिसिला यमी कता गायव भएछन् ? कही चर्चा चैन । ललिता निवास काण्डका नाइकेमध्येका एक बाउरामलाई सरकारले अभयदान दिएसी उनी कही कतै देखिनै छाडेका छन् । पक्कै दुलो पसे क्यारे । नत्र त प्यार प्यार भुकिरहने बाउराम देखिनुपर्ने हो । हुन त अनुहारमा कालो पोतिएसी’ अस्ले नचिनेर चर्चा नभाको होला ? अब दल खौलो भने केही होला जस्तै छैन । अरुकोमा छिरौ भने सबै चहारी सक्या छन् । गाह«ो छ नि बाउरामलाई कि कसो हौ ?–माने
