आन्दोलनका कारण प्रतिष्ठान अस्तव्यस्त : उपचारमा आएका विरामी अस्पताल आउदै फर्किदै

धरान । दुई महिना अगाडिदेखि लगातार भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक तथा चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र विरामीले हदै सम्मको सास्ती भोगेका छन् । रोकिएको बढुवा प्रक्रियालाई निरन्तरताको माग राख्दै दुई महिना भन्दा लामो समयदेखि निरन्तर चलेको शिक्षक कल्याण समाजको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचारमा समस्या भएको छ । चेकजाँचमा संलगन चिकित्सक नै काम छोडेर निरन्तर आन्दोलनमा होमिएका कारण उपचारसेवासँगै अनिवार्य गर्नुपर्ने विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । विरामीहरु प्रतिष्ठान आउने र उपचार नभएपछि घर फर्किएर जानुपर्ने नियति भोग्दै आएका छन् ।


यसैका कारण प्रतिष्ठानमा अहिले विरामीको चाप समेत कम भएको छ । बढुवा प्रक्रियाको एक सुत्रीय माग राखेर संयुक्त राजीनामा बुझाएर दैनिक काम छोेडेर धनर्मामा बसेका शिक्षक तथा चिकित्सकका कारण विभिन्न अन्तरंग तथा बहिरंगमा उपचारमा आएका विरामीसँगै शल्यक्रिया गर्नुपर्ने विरामीहरु सबैभन्दा मारमा परेका छन् । यसको सम्पूर्ण जिम्मेवारी आन्दोलनरत चिकित्सक र प्रतिष्ठानका पदाधिकारीहरुले लिनुपर्ने उपचारमा आएका धरान ८ का अमर बस्नेत बताउँछन् । प्रतिष्ठानमा कोशी प्रदेश लगायत भारतबाट समेत विरामी उपचारमा आउने गरेका छन् । तर विरामीले पाएको समस्याका विषयमा आन्दोलनरत चिकित्सकहरुले आफ्नो कारणले भएको भनेर जिम्मा लिन चाहँदैनन् । ७ बर्षदेखि कार्यरत शिक्षक तथा चिकित्सकको बढुवा नहुनु र अहिले विरामीले सास्ती भोग्नु पर्ने मुख्य कारकको रुपमा प्रतिष्ठानका कामु उपकुलपति, अस्पताल निर्देशक, कुल सचिव, शिक्षाध्यक्षलाई आन्दोलनरत शिक्षक तथा चिकित्सकहरुको आरोप छ । चारैजना पदाधिकारीबीच बेमेल भए पनि शिक्षक तथा चिकित्सकहरुको काँधमा बन्दुर राखेर पड्काउने काम गर्दै व्यक्तिगत स्वार्थमा पदाधिकारीहरु लिप्त भएकैले अहिलेको अवस्था आउनुमा पदाधिकारीहरुकै दोष भएको आन्दोलरत पक्ष अर्थात शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले बताए । विगतमा प्रतिष्ठानका कार्यरत १ सय ७७ शिक्षक तथा चिकित्सकले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई सामुहिक राजीना दिएका छन् । अहिलेपनि काम छोडेर आन्दोलनमा छन् जसका कारण उपचारमा आएका विरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरु मारमा परेका छन् । प्रतिष्ठानको समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर नभए पनि धरानका स्थानीय राजनीति दलका प्रतिनिधिहरुले एक चरण छलफल गरिसकेका छन् । राजनीतिक दलहरुले पुन ः चारजना पदाधिकारी र आन्दोलरत शिक्षक तथा चिकित्सकसँग संयुक्त छलफल गर्ने भनिए पनि कामु उपकुलपति प्रा.डा.प्रहलाद कार्की, रजिष्टार सूर्यप्रसाद संग्रौला तथा शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्मा यस विषयमै केन्द्रित भएर काठमाण्डौ गएकोले छलफल बस्न सकेको छैन । यसै विषयमा हिजो धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले समेत बुझ्ने काम गर्नुभएको थियो तर पदाधिकारी काठमाण्डौमा भएकोले मेयर साम्पाङसँग छलफल नै हुन पाएन । लामो समयदेखि भएको आन्दोलनको निकास निस्कन नसक्दा प्रतिष्ठान तहसनहस भएको छ । यसतर्फ न त आन्दोलतरत पक्षले ध्यान दिएको छ न समस्या समाधानमा तल्लिन हुने बीपीका पदाधिकारीहरु नै गम्भीर रहेका छन् ।

तपाईको प्रतिक्रिया