धरान । नेपाल अग्रवाल सभा धरानको साधारणसभा सोमबार सम्पन्न भएको छ । स्थानीय अग्रसेन भवनमा सम्पन्न साधारणसभा बन्द सत्रको रुपमा सञ्चालन भएको थियो । औपचारिक रुपमा उद्घाटन गर्ने, शुभकामना मन्तव्य दिने पट्यारलाग्दा परम्परालाई यसपटक सभाको साधारणसभाले अन्त्य गरेको छ ।

साधारणसभामा सभाका सचिव राजेश अग्रवालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष बृद्धिचन्द अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले आगामी कार्यकालका लागि तीन महिनाभित्रमा नयाँ कार्यसमिति चयन गर्ने म्यान्डेट वर्तमान कार्य समितिलाई दिएको वर्तमान सभाका अध्यक्ष पवन अग्रवाल गर्गले बताउनुभयो ।
