गुइठेहरुको बकबक
गुहुँ त्यसै पनि गन्हाउँछ । गन्हाउनु उसको विशेषता हो । अझ कोट्यायो भने त त्यसको गन्ध उग्रै हुन्छ । धरानका गुइँठे यतिबेला उग्रै बकबक गर्न थाल्या छन् । हुन त लगौटीको जुम्रा टाउकोमा पुग्यो भने त्यो बढी ¥याउ ¥याउ गरेर चारतिर दौडन थाल्छ । धरानका गुइँठेको हालत पनि यतिबेला त्यस्तै छ । कहिले गणतन्त्रवादीहरुलाई तथानाम गाली गर्छन्, राजावादीहरुको खेदो खन्छन् । कहिले आफ्नो भिजन अनुसार हिडेमा देश उसमृद्ध बन्छ भन्छन्, कहिले यलम्बरको सन्तान हुँ मलाई राजा बनाओ भन्छन् । एउटा सडेको आलुले बोरामा सबै आलु बिगार्छ । जाबो आफना वडाध्यक्षहरुलाई मिलाएर हिड्न नसक्नेले देशको कुरा गर्दा यतिबेला सबै खित्का छाडेर हाँस्न थाल्या छन् ।–गठ्ठे

राष्ट्रपति हिस्स
गनतन्त्रे माने गन्हाउने तन्त्र आएसी’ शितल निवास छिर्नेहरु सबैले आफूलाई राजै ठान्न थाल्या छ सबैलाई थाहै छ । हिजो नारायणहिटीमा राजाले जे जे ग¥यो शितल निवास छिरेका लम्पटहरु सबै त्यसै गर्न थाल्या छन् । गधालाई धोएर गाइ भए पो ? सक्कली राजालाई बाहिर राखेर गधाहरु राजा बन्या छन् । तर जनताले यसपटक बल्ल चिनेछन् । बलात्कारी, हत्यारा, ज्यानमारा, भ्रष्टहरुमात्र यस पटक लुसु लुसु शितल निवास छिरेछन् । किन नछिरुन त ? आफूले दक्षिणा लिएर भटाघट छोडेकाहरु मात्र शितल निवास छिरेर टिका लगाउन पुगेसी गन्हाउने तन्त्रका राष्ट्रपति हिस्स परेछन् । उता सक्कली राजासँग टिका लगाउन सर्वसाधारणहरु तँछाड मछाड गरेर घण्टौ लाइनमा बसेर टिका थापेर फर्केछन् । अबचाहिँ जनताले गाई र गधा छुट्याउन थालेछन् । –गतिछाडा
सबै जेल जान्छन् रे
झालेमालेका पूर्व सुनबुढा बाउदेउ गौतमलाई हिजो आज बेग्लै छटपट्टी शुरु भएको छ । किन नहोस् त ? साह«ा जनता यिन्का गन्काउने तन्त्रबाट नाक थुनेर वाक वाक गर्दै सडकमा आउन थालेसी बाउदेउले अस्तिका दिन Ïयाट्ट भन्दिए राजा आए भने हामी सबै नेताहरु कि त जेल जान्छौं कि त भाग्नुपर्छ । सबै दलका नेताहरुको पापको घैटो भरिएको बाउदेउले बुझेछन् । पापको घैटो भरिएपछि फुट्छ । हिजोआज बाउदेउ राजालाई आउन दिनुहुँदैन भनेर कन्दनी चुडिन्ज्याउल किन चिच्याएका होलान् भन्या त गाँठी कुरा त यस्तो पो रैछ । –सकुनी
कोशीमा माकुने प्रचण्ड शिव
केन्द्रमा लाँग्रेसका र्याले मुखियालाई झोलुंगोमा हालेर हल्याएर, रिझाएर सिंहदरबारमा उपरखुट्टी लगाएर बसेका प्रचण्डाउ र लैवरी माकुने कोशी प्रदेशमा चैट भएका छन् । बोक्न सक्ने भन्दा बढी र पाउँदै नपाउनेले पाएसी जोकोही बहुलाउँछ । माकुने र प्रचण्डाउ कोशीमा बढारिएपछि अब मधेश, बागमति, गण्डकीबाट समेत शिव हुने लक्षण देखिएको छ । आफ्नालाई टाढा पारेर बैरीलाई घरभित्र हुलेपछि र्याले काजी र राष्ट्रिय भाउजुको चौतर्फी सराप शुरु भएको छ । अबचाहिँ असली ट्राइबेकरको खेल शुरु हुने भएको छ ।–भातमारा
घण्टीवाला घैटे कुरा त गर्छन्
घण्टीवाला घैटे आच्या रवि लामिछाने कहिलेकाहीँ राम्रै गफ दिन्छन् । एक डेढ बर्ष अगाडि जन्मेको घैटेले अस्तिका दिन घत लाग्दा कुरा गरे । माउवादीले जनयुद्धको नाममा १७ हजार मान्छे सिध्याए, लाखौ गाउँ गाउँबाट लखेटे, उल्फाको धन फुपूको सराद्ध गरेर जसरी अरुको सम्पत्ति कब्जा गरे, लुटे यो कुरा त घण्टीवाला घैटेलाई मात्र होइन सबैलाई थाहा छ । तर माउवादीले यो सबै किन ग¥यो रे ? आफ्ना छोरा छोरीलाई सुनको व्यापार गराउन रे । घण्टीवाला घैटेले भन्या ठीकै हो । आज माउवादीका छोराछोरी सुन बोक्दा कोही जेलमा पुगेका छन । बाउ खाल सिंहदरबारमा बसेर छहारी बनेपछि छोराखाल सुन बोक्ने, जग्गा दलाली गर्ने धन्दामा जमेका छन् । –गुइँठे
अबचाहि“ जाग्न थाले जस्तो छ
नेपाली जनता अबचाहिँ जाग्न लाग्या जस्तो छ । जताततै अपराधी दलेका जनता हुनुभन्दा राजाको प्रजा हुनुमा गर्भ गछौै भन्न थाल्या छन् । राजमात्र गर्ने तर नीति जति सबै छोडिसक्या राजनीतिक दलका नेता देख्यो कि सर्वसाधारण त्यसै त्यसै मुर्मुरिन थाल्या छन् । गोडापाँचेक पटक पर्धानमन्तरी भैसक्या र्याले काजीदेखि हिजडाले कुम हल्लाएर कुरा गर्ने प्रचण्डाउ, ललिता निवास चपाउने मध्येका मुख्य मतियार माकुने, आयाराम गयाराम विधानमा पिएचडी गरेका बाउराम, पोल्दापोल्दै गर्दा घाटबाट व्युँझिएर चम्पट ठोकेका उपिन्दर जादवहरुको अनुहार देख्यो कि झोले बाहेकका नेपाली त्यसै त्यसै मुर्मुरिन थाल्या छन् । अब फलानो ठाउँमा फलानो नेताले राम धुलाई भेट्यो भन्ने सुन्दा अचम्म नमाने भएको छ । शुरुवात को बाट कहाँबाट हुने हो त्योचाहिँ हेर्नैपर्ने भएको छ । –चोथाले
पसाई एक्लैले हल्लाइदिए
नीति बेचेर राजमात्र गर्ने नेपालका राजनीतिक दलहरुका नेताहरुलाई झापाली दुर्गा प्रसाई एक्लैले हावाकावा खेलाइदिएका छन् । म्युजिकल चियर जस्तो ३५ बर्षदेखि राज गर्दै आएका हिजोका हात्तीछाप चप्पलेहरु पसाईले एकपछि अर्को पोल खोल्दिदै गएपछि तिल्मिलाएका छन् । खप्रओको कम्बोडियाको टेलिकमको अरबौ लगानी, स्यालबहादुरको बुढानिलकण्ठे दरबार,राष्ट्रिय भाउजुको कमाउ धन्दा, माकुनेको कोटेश्वर निवास, गगन बाख्रेको धन्दा लगायतब सबै फायल तयार ग¥या रै’छन प्रसाईले । हिजो एकै ठाउँमा बसेर मर्सी चामलको भात सँगै चौरासी व्यञ्जन हसुर्न भातामाराहरुको लागि प्रसाई काउसो भा’छ । प्रसाई बोल्न थालेसी’ तिनका टुप्पीबाट धुवा पत्पताउँछ । –ठेउके
अन्त्यमा
रामेछापमा मदन भण्डारीको बालिक तोडफोड भएछ । अब शालिकहरु जोगाउन मुस्किल हुने भयो । हिजो अरुका शालिक फोडेर, ढुंगा हानेर, यातायातका सवारी साधनमा तोडफोड गरेर प्रजातत्रवादी, गणतन्त्रवादीको भेषमा लुटवादीमा रुपान्तरण भएसी अब शालिक फोड्ने अभियान शुरु भएजस्तो छ । हिजो देश निमाण गर्नेको शालिक तोडफोड गरेर सडकमा रत्यौली खेल्नेहरु अब के गर्दा हुन् । –पाखण्डी
