भारतको विहार राज्यभन्दा अढाइ गुणा सानो नेपालमा सातवटा प्रदेश बनाएर गणतन्त्रका मतियारहरुले मुलुककै चीरहरण गरिरहेका छन् । आवश्यकताले कुनै पनि कुराको जन्म दिन्छ । नेपालमा संघंीयता आवश्यकता नै थिएन । आवश्यक नभएको संघीयताले राज्य कमजोर बनाइ विदेशी मुखियाहरुलाई खुशी बनाउने प्रपञ्च बाहेक अरुथोक केही थिएन, छैन र भविष्यमा पनि हुने छैन ।
२०६२÷०६३ को आन्दोलनको चरम दुरुपयोग गरेर विदेशी मुखियाहरु खास गरेर युरोपियन युनियन, अमेरिका, बेलायत जस्ता देशको निर्देशनमा जनभावना विपरीत जुन ढंगले संघीयता लादिएको छ अहिले आएर अभिषाप बनेको छ । हुन त जनमत विपरीत अपवित्र साँठगाँठ गरेर सत्ता कक्जा गरेर बसेका मुसोलिनहरुले आफ्नो वर्चस्व सदैव यही रÏतारमा रहने दिवास्वप्न देखाएका छन् । उनीहरुलाई हेक्का हुनुपर्ने हो संसारका क्रुर शासकहरु समेत जनता जागेका दिन कि भागेका छन् कि मारिएका छन् ।
आज कथित संघीयताकै कारण आम सर्वसाधारण नागरिकले धान्नै नसक्ने गरी महंगी बढेको छ । संघीयता लादिनु भन्दा अगाडि नागरिकले स्थानीय तह र केन्द्रलाई मात्र न्यून रुपमा कर तिर्दै आएका थिए । आज तिनै तहका निकम्बा अखडाहरुमा नागरिकले कर तिर्नुपर्छ । राज्यलाई नागरिकले कर तिरिसकेपछि दैनिक आवश्यकीय उपभोग्य सामानदेखि शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्यको जिम्मा सरकारको हुन्छ । तर यहाँ तीनै तहका सयन्त्र नागरिक चुस्ने, दोहन गर्ने र आफू साँढ बनेर हिँड्न्े प्रवृत्ति मौलाएको छ । यही मौलाएका प्रवृत्ति वर्तमान शासकहरुको पतनको मार्ग बन्ने निश्चित छ । आज हरेक क्षेत्र विथोलिएको छ, कलंकित बनेको छ । न्यायालय दलका झोलेहरुको भर्ति केन्द्र बनेको छ, न्यायालयमा न्याय सम्पादनमा हस्तक्षेप बढेको छ, न्यायालयले गरेका निर्णय सरकारले उल्टाएर अपराधी छोड्ने् सँस्कृति मौलाएको छ । मानव अधिकार आयोगलाई पंगु बनाइएको छ । त्रिभुवन विश्व विद्यालयलाई राजनैतिक भर्ति केन्द्रको अखडा बनाइँदा शैक्षिक क्षेत्र तहसनहस भएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्तासीन भ्रष्टहरुलाई जोगाउने अखडा बनेको छ । नत्र ललिता निवास प्रकरणमा मुख्य अभियुक्त देखिएका माधव नेपाल, बाबुराम भट्टराईलाई पक्राउ गर्न सर्वोच्चले दिएको आदेश किन कार्यान्वयन भएन ? बाल संगठनको अराबौको सम्पत्ति एकलौटी डकार्ने गणेशमानसिंहकी पुत्रीलाई किन कार्वाही गरिदैन ? आफ्नो नागरिकलाई अनागरिक बनाई लाखाँै रुपैया असुली गर्ने आरजु राणालाई पक्राउ गर्नु त परैको कुरा हो सामान्य सोधपुछ समेत किन गरिदैन ? विगत ३५ बर्षदेखि सत्ता र शक्तिमा एकै प्रकारका व्यक्तिलाई स्थापित गराउनु नै नेपालीहरुको सबैभन्दा ठूलो भूल हो । अब नागरिकले सोच्ने बेला आएको छ । आम नागरिकले आफू नेपाली हुँ भन्ने पहिचान जोगाउनकै लागि संघीयता खारेजी,वर्तमान भ्रष्ट नेतृत्वको अवसान गराउन आवश्यक छ । नत्र न्याउरी मारी पछुतोबाहेक केही हुने छैन ।
