काठमाण्डौ । सुरक्षासम्बन्धी भारत– नेपाल द्विपक्षीय परामर्श समूहको १५ औं बैठक असोज १८ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली पक्षको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एरिया महाशाखाका सह सचिव मृगु ढुगानाले गर्नुभएको थियो ।
समूहको १५ औ बैठक दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुकोसमेत सहभागिता रहेको थियो । उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामाग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, शाहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य, सूचनाको आदानप्रदान जस्ता विविध पक्षमा गहन छलफल भएको भारतीय राजदुतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

असोज २० गते दुतावासद्वारा जारी विज्ञप्तीका अनुसार द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवद्र्धन हेतु सन् २००३ मा स्थापना गरिएको भारत–नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो ।
