उदयपुर । उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार साँझ सवा ७ बजे बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका–८ कोठु स्थित कोशी पुल नजिकै आउदै गरेका सुनसरीको कोशी गाउँपालीका–५ श्रीपुरका २१ बर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा उनीहरुको साथबाट २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले चेकजाँचका क्रममा १६ ग्राम ४७० मिलि ग्राम लागुऔषध ब्राउन सुगर सहित सप्तरीको कंकालिनी नगरपालिका–१ का २७ बर्षीय बेचन मण्डल र ३२ बर्षीय जितेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका–१ आम्वासी स्थितबाट पक्राउ गरेको हो । प्र.२–०१–००१ प. ४९५० नम्बरको मोटरसाईकलमा फत्तेपुरबाट उदयपुरको रामपुतर्फ आउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
