पूर्व खेलाडीहरुद्वारा प्लेयर बक्स निर्माण

धरान । धरान रंगशालामा पूर्व खेलाडीहरूले प्लेयर बक्स निर्माण गरिदिएका छन् । धरानका पूर्व खेलाडीहरूको संस्था हाम्रो धरान भेट्रान क्लवले रंगशालामा प्लेयर बकस निमार्ण गरिदिएका हुन् ।
भेट्रान क्लवले निर्माण गरेको प्लेयर बक्स कोशी फुटबल संघ अध्यक्ष किशोर राई र जिल्ला खेलकुद विकास समिति सुनसरी अध्यक्ष दिपक राईले उद्घाटन गर्नुभएको थियो । १ लाख ७० हजारको लगानीमा प्लेयर बक्स निमार्ण गरेको अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । धरान रंगशालाको घेरावार तथा रंगशाला निर्माणमा समेत स्थानीयहरूको लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया