तेह्रथुम । लाली गुरास नगरपालिकामा दूध डेरी भवनको निर्माण धमाधम भइरहेको छ । विगतमा डेरी भवन नहुँदा त्यहाँका कृषकहरुले उत्पादन गरेको दूध विक्री वितरण हुन सकेको थिएन । बजार अभावका कारण विक्री गर्न समस्या भएको बेला निर्माणाधीन डेरी भवनले कृषकहरुले आयआर्जनको राम्रो आम्दानी हुने अपेक्षा राखेका छन् । तेह्रथुमको लालीगुरास नगरपालिका वडा नं. २ मा दूध डेरी निर्माण शुरु भएको हो । उत्पादित दूधको खपत गर्दै कृषकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण भएको बताइएको छ । भवन निर्माणका लागि ेकोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।

लालीगुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध प्रयाप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या भएको बेला भवन निर्माणले कृषकलाई सहयोग पुग्ने लालीगुराँस नगरपालिका वडा नं. २ का कृषक राजेन्द्र खड्काले बताउनुभयो । उहाँले डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने र बजारको अभाव नहुने बताउनुभमयो । लालीगुरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक दुई हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको स्थानीयहरु बताउँछन् । तर उत्पादित दूधले दूधले बजार नपाउँदा कृषकहरु मरमा परेका थिए । दूध विक्रीका लागि वैकल्पिक उपाय अपनाए पनि विक्री नहुने गरेको अर्का कृषक अमर खड्काले बताउनुभयो । उहाँले दूध बजारमा विक्री नहुँदा दही, घिउ बनाएर विक्री वितरण गर्ने गरिएको बताउनुभयो । डेरी भवन निर्माण भएर दूध संकलन हुन थालेपछि भने आफूले उत्पादन गरेको दूध सहजै रुपमा विक्री हुने अपेक्षा कृषकहरुको भनाई छ । अहिले भवन धमाधम निर्माण भइरहेको छ । निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले लिएको लाली गुरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । उहाँले लाली गुराँस नगरपालिकाको आयस्रोतको रुपमा कृषिलाई लिइएको बताउनुभयो । उहाँले भन्नुभयोे –‘लाली गुरास नगरपालिकाका सर्वसाधारणको प्रमुख आयस्रोतको रुपमा कृषि नै हो, नगरपालिकाले समेत कृषि क्षेत्रमा धेरै लगानी छुट्याएको छ, यहा कृषिले नै जीवनस्तर उकासेको छ, कृषि पछि हाम्रो अर्को आम्दानीको स्रोत पर्यटन हो, नगरपालिकाले पर्यटन प्रवद्र्धनमा पनि यथस्ट बजेट छुट्याएका छौ ।’ यस क्षेत्रमा दूध डेरी निर्माण हुँदा सैयौ कृषकहरु लाभान्वित हुने भएका छन् । पशुपालन गरेर दूध उत्पाादन गर्न कृषकहरुलाई राहत मिलेको छ ।
