इनरुवा । सुनसरी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेभसभामा निर्वाचित रामप्रसाद मेहता कोशी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनु भएको छ । एक बर्ष अगाडि नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेबाट निर्वाचित हुनु भएका मेहता सुनसरी क्षेत्र नं. २ मा लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।
लामो समयसम्म नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मेहतालाई काँग्रेसले पटक पटक
अवसरबाट बििञ्चत गरेपछि उहाँ एमाले प्रवेश गर्नुभएको थियो । झण्डै पाँच दशकसम्म नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मेहता कुशल संगठनकर्ताका रुपमा समेत परिचित हुनुहुन्थ्यो । गत प्रदेश सभाको निर्वाचनमा उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा काँग्रेस संसदीय दलका नेता राजीव कोइराला रहनु भएको थियो । पहिलो प्रदेशसभा निर्वाचनमा मेहताकै कारण राजीव कोइराला र प्रतिनिधिसभामा सीताराम मेहता विजयी हुनु भएको थियो ।

