जाडो वा गर्भी वातावरणमा सधै एकैथरी गोरखा डिपार्टमेन्ट पुग्ने हरेक ग्राहकको रोजाई गोरखा किचेन

इटहरी/आजभन्दा १५ बर्ष अगाडि अर्थात २०५६ साल असार २ गते बलराम आचार्यको एकल सोच र लगानीबाट शुरुवात भएको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वाञ्चलमामात्र नभएर मुलुक र मुलुक बाहिर समेत ग्राहकहरुका लागि ब्राण्डेड नाम भएको छ ।
डिपार्टमेन्ट स्टोरको छैठौ तलामा दुई बर्ष अगाडि सञ्चालनमा आएको गोरखा किचेनले त्यहाा पुग्ने सबै ग्राहकको आकर्षणको केन्द्र बनेको छ । ग्राहकहरुको आकषाको प्रमुख कारणका सम्बन्धमा सुपर भाइजर खेम खत्रीको आफ्नै अनुभव छ। उहाा भन्नुहुन्छ ग्राहकले चाहे अनुसारको हरेक आइटमका नास्ता, खाना उपलब्ध हुनु हो । ताजा र विसुद्ध खाजा नास्तकै लागि विहान खुलेदेखि बेलुकासम्म भीडभाड हुने गरेको छ । डिपार्टमेन्ट स्टोरको छैठौ तलामा सञ्चालित गोरखा किचेन प्रतिकूल वातावरण अर्थात गर्मीमा ठन्डा र जाडोमा न्यानो भएका कारण पनि ग्राहकको चाप बढेको मेनेजर खत्रीको अनुभव छ । भेटघाटको समेत माध्यम बनेको किेचनमा ग्राहककै चापका कारण कार्यरत कर्मचारीहरुलाई भ्याइ नभ्याई हुने गरेको छ ।
मानवीय स्वास्थ्यमा सचेत किचेनका कर्मचारीहरु ग्राहकलाई नि:शुल्क मिनरल वाटर नै दिन्छन् । म्यानेर खत्री भन्नुहुन्छ, हामी ग्राहककको स्वास्थ्यप्रति सम्बेदनशील छौं । कुनैपनि खानेकुराहरु बासी हुादैनन्, ग्राहकले अर्डर गरेपछि मात्र खानेकुरा तयार गरिन्छ, चौबीसै घण्टा सरसफाई, मेशिनबाट तातो वाफले भााडाकुाडा सफाई गरेपछि त्यसलाई सफा कपडाले पुछेर मात्र प्रयोग गरिने भएकोले सफाइमा कसैले गुनासो गर्न सक्दैनन् । किचेनबाट उत्तरमा भेडेटारलगायतका पहाडी दृश्य, दक्षिणका रमाइला घना बस्ती र तराईका फााटले ग्राहकको मनै लोभ्याउने गर्छ । किनेचनमा छुट्टीको समयमा परिवारका साथमा खाना नास्ताका लागि आउने परिवार पनि प्रसस्त भेटिन्छन् । भारतको विहार, पश्चिम बंगाल, विराटनगर, धरानबाट परिवारै सहित छुट्टीका दिन पुग्ने कर्मचारी तथा अन्य सर्वसाधारण बढो रुचीका साथ खाना नास्ता लिइरहेका हुन्छन् । अर्डर बमोजिम विभिन्न देशका परिकार पाइने भएकोले पनि भीड बढेको हुन सक्छ, म्यानेजर खत्री भन्नुहुन्छ ।
लिक्वायर सेक्सनमा महिलाहरुको भीड बढ्दै
डिपार्टमेन्ट स्टोरको भुइातलाको उत्तरपट्टि रहेको लिक्वायर सेक्सनमा पछिल्ला दिनमा महिलाहरुको भीड उल्लेख्यमात्रामा बढेको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । स्वदेशी तथा विदेशी ब्राण्डका हिस्वी, वाइन, जीन, ब्राण्डी, रम, भोड्काका अलवा वाइनहरु रोयल विग, मास्टर डिभाइन,, हिन्वाका व्राण्डहरु भुइातलामा रहेका छन् । अक्सर गरेर अरु ब्राण्डका रक्सीहरु पुरुषहरुले खरिद गरेर लिएर जाने भए तापनि हिन्वा, रोयल विग मास्टर डिभाइन जस्ता वायनहरु महिलाहरुले बढी खरिद गर्न थालेका छन् । यसबाट प्रष्ट हुन्छ महिलाहरु पनि हल्का पेयपदार्थ वाइनप्रति आकर्षित हुादै गएका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा गल्लीमा भेज म:म, पानीपुरी, चटपटे समेतको व्यवस्था गरेपछि पारखीहरुको भीड बिहानदेखि बेलुकैसम्म थामिनसक्नुको देखिन्छ । ताजा सागपात, फलफूलदेखि जिब्रो नै रसाउने भेज म:म, पानी पुरी, चटपटेका लागि गोरखा पुगेका स्थानीय उपभोक्तादेखि स्कुल कलेजका विद्यार्थीहरु लाइनमा लाग्छन् । स्थानीय मैया सुवेदी भन्छिन् म त नानीलाई स्कुल खाजाका लागि भेज म:म नै खरिद गरेर पठाइदिन्छु बच्चाले समेत असाध्यै मन पराउाछ र सस्तो पनि छ । बजारमा एक प्लेट भेज ममको ५० रुपैया पर्छ । तर यहाा २५ रुपैयाा मात्रामा पाइन्छ । सस्तो र स्वास्थ्य समेत भएकोले नानीहरुको स्कल खाजाका लागि आफू ढुक्क छु ।
गोरखा डिपार्टमेन्ट स्टोरको पााचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउाछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्नै हलुका कपडा छान्नेहरु ताछाडमछाड
गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हेर्‍यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसागै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिाड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाास्दै थिइन् ।
गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचेनको दक्षिणतर्फ रहेको एसीसहितको गोरखा हल इटहरीकै सानको रुपमा रहेको छ । विवाह, भोज, पार्टी आदिका लागि अत्यन्तै उपयुक्त गोरखा हल यतिबेला स्थानीय मात्र नभएर बाहिरका मानिसहरुका लागि पनि पहिलो रोजाईमा पर्ने गरेको छ । दुई सय जना क्षमता रहेको उक्त हल प्रतिघण्टा २ सय ५० रुपैया र साउन्ड सिस्टमको एक हजार मात्र बुझाएर निर्धक्क विवाह, भोज, पार्टी, कार्यक्रम सञ्चालन गर्न सकिन्छ । इटहरीमा बग्रेल्ती पार्टी प्यालेसहरु पछिल्ला दिनमा खुले तापनि तिनले स्थानीय तथा बाहिरका मान्छेलाई आकर्षित गर्न सकेको देखिदैन । गर्मीमा खल्खली पसिना र जाडोमा मुटु नै कपाउने त्यस्ता पार्टी प्लेस तथा हलहरुप्रति आयोजकहरुको त्यति ध्यान जान छाडेको छ । गोरखा हलको अर्को विशेषता भनेको मनोरम दृश्यावलोकन र संगै रहेको गोरखा किचेनबाट रुची अनुसार खाजा नास्ता उपलब्ध हुनु पनि हो ।

तपाईको प्रतिक्रिया