धरानका धार्मिक संघ संस्थाबाट राहत कोषमा चन्द

धरान/०७२ वैसाख १२, १३ र २९ गते गएको महाभुकम्पबाट राष्ट्रमा धेरै ठूलो धनजनको क्षति भएको छ ।
देशमा उत्पन्न यस आकस्मिक दैवी विपत्तिमा सानो अंशमा भएपनि सहयोग पुर्‍याउने उद्देश्यले विश्व हिन्दसु महासंघ सुनसरीको अग्रसरतामा धरानस्थित विभिन्न वैदिक सनातन ॐकार धार्मिक संघ संस्थाहरुका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको खातामा राष्ट्रिय बाणिज्य बैंक धरान शाखमामार्फत १ लाख ३ हजार ९ सय ९० रुपैया जम्मा गरेको छ ।
यस दैवी प्रकोप राहत कोषका निमित्त चन्दा प्रदान गर्नुहुने व्यक्ति, धार्मिक संघ संस्था मन्दिरहरुमा कृष्ण श्रेष्ठ, श्रीमति धनकुमारी श्रेष्ठबाट १९ हजार ५, लक्ष्मीनारायण मन्दिर धरान ११ बाट १२ हजार ३ सय ४५, विश्व हिन्दु महासंघ सुनसरीबाट ११ हजार १ सय ११, राधेश्याम मन्दिर धरान १ बाट ११ हजार १ सय १, गीत भवन धरान ५ बाट ११ हजार १, हरेराम किर्तन कुञ्ज धरान ८ बाट ७ हजार, बलभद्रेश्वर अरुण धर्मशाला धरान ५ बाट ५ हजार ५ सय ५५, सिंहबाहिनी मन्दिर धरान १० बाट ५ हजार ५ सय ५५, सिद्धिदात्री मन्दिर धरान ८ बाट ५ हजार १, वैष्णै परिषद, पूर्वाञ्चलबाट ६ हजार ५, लक्ष्मी नाराण मन्दिर तुर्के धरान ३ बाट ५ हजार १ सय १, सिद्धेश्वर मन्दिर धरान १३ बाट २ हजार ६ सय १, सिद्धेश्वर मन्दिर धरान १३ बाट २ हजार ६ सय १, पिण्डेश्वर बाबाधाम समिति धरान १४ बाट १ हजार १ सय र दन्तकाली मन्दिर पूजा समितिबाट १ हजार चन्दा संकलन गरिएको थियो ।
विश्व हिन्तु महासंघ सुनसरीको अग्रसरतामा भुकम्पमा परी दिवंगत भएका दाजुभाइ दिदी बहिनीहरुको आत्मा शान्ति, घाइतेहरुको शिघ्र स्वास्थय लाभ र राष्ट्रमा शीघ्र शान्ति स्थापना, पुननिर्माण र शंकटमोचनका निमित्त जेठ १६ गतेदेखि २० गतेसम्म धरानका मठ मन्दिरहरुमा भजन संकीर्तन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया