मारवाडी समुदायले मनाए कुल पूजा

धरान । रानी सतिदादी संस्था धरानले बाषर््ृिाक रुपमा मनाउदै आएको अग्रवाल समुदायको कुल पुजा धुमधामका साथ सम्पन्न गरेको छ । संस्थाले आफनो कुलदेबीको रुपमा रहेको माता रानी सतिदादीको स्मरण गर्दैे महाभारतसँग जोडिएको कथासँग सम्बन्धि रहेर बर्षमा एक पटक चाड मनाउने गरेका छन् ।  महाभारतको कथामा रानी सतिदादी भन्ने पात्रसँग सम्बन्धित रहेर मारवाडीहरुले कुल पूजाको रुपमा मनाउने गरेका हुन् ।


महाभारतमा अर्जुनका छोरा बुहारी अभ्युमन्यु र उत्तरासँग सम्बन्धित कथा हो । अभिन्युले आफ्नो काकासँग झगडाको क्रममा वीरगति प्राप्त भएको, अभिमन्युको मृत्युपश्चात गर्भवती श्रीमति उत्तराले सति जान खोज्दा श्रीकृष्णले सम्झाएको गर्भवती भएकोले यो जन्ममा हैन अर्को जन्ममा शति जान सक्छौ भन्ने बचन दिएपछि उत्तरा सति नगएको र पछि अर्को जन्ममा पनि अभिमन्यु र उत्तराबीच नै विवाह भए पनि पुनः लेनदेनकै कारण श्रीमानले ज्यान गुमाउनुपरेको र उत्तरा सति गएको कथालाई आधार मानेर यो पर्व मनाउन थालिएको मारवाडी समुदाय महिलाहरु बताउँछन् । मारवाडी समुदायले महाभारतसँग जोडिएको पात्रलाई रानी सतिदादीको रुपमा मान्दै अग्रवालकै छोरी भन्दै देवीको रुपमा पूजा गर्ने प्रचलन रहेको छ । सो कथा अनुसार अभिमन्यु र उत्तराको विवाह भएको कुरालाई अभिनयमार्फत प्रस्तुत गरिने गरिएको छ । यो पर्व विस्तारै लोप हुदै गएपछि मारवाडी समुदायको युवा पुस्तासम्म पु¥याउन अहिले सामुहिक रुपमा गर्न थालिएको छ । उनीहरुले यसलाई कुलदेवीको पूजाको रुपमा पनि मान्ने गर्छन् । पछिल्ला पुस्ताले पनि यस्ता पर्वलाई निरन्तता दिँदै जानुपर्छ भन्ने अभिप्रायले यो पूजा बर्षेनी गरिदै आएको कार्यक्रम संयोजक कविता अग्रवालले बताउनुभयो । दोस्रो पटक अभिमन्युका रुपमा जन्म लिएका श्रीमानसँग बिबाहपछि जंगलको बाटोमा हुँदै उनीहरु रथमा सवार थिए । जंगलमा अभिमन्युको आफनै साथीहरुबाट हत्या गरिएपछि पतिसँगै रानी सतिदादी सति गएको र सति जाने क्रममा रथका सारथीलाई उनले यो खबर आफनो सासु ससुराकहा पुराइदिन र आफुहरु ललेको खरानी (भष्म) लाई रथको घोडा जहाँ गएर अडिन्छ त्यहाँ मन्दिर बनाउनु आफुलाई दुर्गा माताले अब तिमी त्रिशुलको रुपमा रहनु भनेर आशीर्वाद दिनु भएको कारण मन्दिरमा कुनै मुर्ति नराखी एउटा त्रिशुल मात्र राखी दिनु भन्ने सतिदादीले आग्रह गरेकी थिइन । सोही अनुरुप उसैबेला रानी सतिदादीका आफन्तले रथ चलाउने सारथीले भनेझै राजस्थानको झन्झना भन्ने स्थानमा रानी सतीदादीको मन्दिर निर्माण गरिएको कुरालाई पनि यो कथामा जोडिएको छ । उत्तरालाई अग्रवालकी छोरीको रुपमा मान्दै देवीको अवतारको रुपमा मानेर बर्षेनी कुलपूजाको रुपमा कार्यक्रम आयोजना गर्दै आएको रानी सतिदादी संस्था धरानकी अध्यक्ष लक्ष्मी अग्रवाल बताउनुहुन्छ । यो कुलपूजालाई पुस्तान्तरण गर्न पनि मारवाडी समुदायले सामुहिक रुपमा कुलपूजालाई निरन्तता दिएको बताएका छन् । धरान १२ गीता भवनमा आयोजित कार्यक्रममा मारवाडी समुदाय लगायत अन्य समुदायसमेतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया