फिफा कनेक्ट कार्यबाला गोष्ठी सम्पन्न

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमै पहिलो पटक ‘फिफा कनेक्ट’ कार्यक्रम जिल्ला स्तरमा सुरु गरेको छ ।  कोशीप्रदेश फुटबल संघको समन्वयमा जिल्ला फुटबल संघका पदाधिकारीलाई सहभागी गराई ’फिफा कनेक्ट’ बारे कार्यशाला सुरु गरेको हो । कार्यशालामा १४ जिल्लाका फुटबल संघका पदाधिकारी सहभागी छन् । सहभागीलाई प्राविधिकहरुले कार्यशालामार्फत तथ्यांक प्रविष्टिलगायतका सीप प्रदान गर्ने  छन् । ’फिफा कनेक्ट’ सफ्टवेयरमार्फत फुटबल खेल र खेलाडीहरुको गतिविधिका बारेमा जानकारी दिने प्रविधि हो । फिफा कनेक्ट २०२३ ले स्थानीयतहदेखि जिल्ला हुँदै केन्द्रका फुटबलका गतिविधिलाई फिफासँग जोड्ने फिफा फर्वर्ड म्यानेजर हेड अफ रेफ्री डिपार्टमेन्ट गोकुलथापाले  जानकारी दिनुभयो ।


उहाँले प्रविधिको विकाससँगै फुटबलका गतिविधि र जनशक्तिको तथ्यांकलाई सुव्यवस्थित गर्ने काम फिफा कनेक्टले गर्ने दावी गर्नुभयो । जिल्ला तहबाटै यसलाई अद्यावधिक गरी विश्वका जुनसुकै ठाउँबाट गतिविधि नियाल्न सकिने एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले जानकारी दिनुभयो । फुटबलको विकास र व्यावसायीकरणका लागि साथै जिल्ला स्तरमा बजेट र आर्थिक सहायताको प्रवर्धनकालागि फिफा कनेक्टले प्लेटफर्मको प्रदान गर्ने अध्यक्ष राईले विश्वास व्यक्त गर्नुभयो । कार्यशालाको सहजीकरण एन्फाका कम्पिटिसन म्यानेजर सुवास न्यौपाने, रजिस्ट्रेसन अफिसर सन्जय श्रेष्ठ, फिटनेस इन्स्ट्रक्टर किरण गिरी लगायतले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया