लास्टै वेइज्जत भयो रे
नेपालका कुटनीतिज्ञहरु पनि हरिलठ्ठकै रैछन् । थुतुनोमा जे आयो त्यही प्याँच्च बोल्न मात्र जान्या रै’छन् । बुझ्नु सुझ्नु छैन कुटनीतिज्ञ रे । अब हेरम न नेपालका पर्धानमन्तरी राष्ट्रसंघीय महासभामा भाग लिन अम्रिका जाँदा अम्रिकनले उनको स्वागत गरेनन् रे । अम्रिकनले स्वागत गरेनन् भनेर बडो चिन्ता व्यक्त गरेछन् । घण्टाघरले त्यसै नेपालका बबुरा कुटनीतिज्ञलाई हरिलठ्ठक भन्या त होइन नि † अम्रिकनेलाई स्वागत गर्न मन लागेन त सिद्धिगयो नि । नेपालकै एकजना स्थायी प्रतिनिधिले हातमा फूल थमाएर स्वागत गर्दिहालेछन् । फेरि अम्रिकनेले प्रचण्डाउलाई कसरी चिनुन ? नेपालबाट पिलेन चढ्दा दौरासुरुवाल ला’थे । अम्रिका पुग्दा टाइसुट भिरेर झरेछन् । विचराहरुले चिन्नु पनि त प¥यो नि । छेपारोले झै क्षणक्षणमा रंग रुप फेर्नेलाई चिन्न त गाह«ै हुन्छ । –ठेउके साइला

अपराधिलाई आम माफी रे
हिजो आज एकथरि मानिसहरु केही दिनदेखि बडो ल्याङ ल्याङ गर्न थाल्या छन् । तिनीहरुले ल्याङ ल्याङ गरेको न कसैले सुनेको छ न कसैले वास्ता गन्या छ । वात के हो भने यसो गलगाँडतन्त्रको कुनै चाडपर्व आउन लाग्यो कि हाम्रा पिलन्धरे राष्ट्रपति खुंखार जेलमा बसेका अपराधीहरुलाई आम माफी दिएर फुत्त बाहिर निकाल्छन् । हुन त पिलन्धरे राष्ट्रपतिको अर्थोक कामै पो के छ र ? शितल निवासभित्र पल्टदा पल्टदा कति थकाई लाग्दो हो । अचानोको पीर खुकुरीलाई कसरी थाहा हुन्छ ? अहिले शितल निवासभित्र हुँदा अपराधी, बलात्कारी, भ्रष्टाचारी, ज्यानमारालाई छोड्दा कसो तिनले गुन नलगाउनलान ? फेरि पिलन्धरे बाजेले आफ्नै मनले तिनलाई छोड्या हुन र ? विचारा हरौटे न परे । –जदौ कान्छा
मच्चिए मच्चिए थच्चिए
नेपालका शिक्षकहरु भन्या मच्चिने, मच्चाउने थच्किने र थच्काउने प्रजातिका मात्र रै’छन् । यसपालि त काठमाण्डौ पुगेर आन्दोलन गर्दा ठूलै उपलब्धी हाँसिल गर्लान् भन्याथ्यो अन्तेमा गुएँलाको फूल हात लागी भएछ । हुन त नेपालका शिक्षकहरुलाई सबैले मच्चाएकै हुन् । पञ्चायतकालमा काँग्रेस एमालेले मच्चाए, ०४६ सालमा ति आफै मच्चिदै आए, २०६३ को आन्दोलनमा पनि तिनले सडकमा दोहोरी गाएकै हुन् । तर सिहदरबारमा जो छिरेपनि विचरा शिक्षकहरु नाँगाको नाँगै । यस पालि सर्वाङ्ग भएछन् । –भकुल्ले कान्छा
माकुनेलाई भयंकर टेन्सन
बाक्लो झोल खान आफ्नै घरमा डँढेलो लगाइ त्यसैको खरानी घँसेर रंग बदलु, बोली बदलु, व्यवहार बदलु प्रचण्डाउको पछि लागेर हिँडेका माकुन्याउलाई यतिबेला सबैभन्दा ठूलो टेन्सिन भएको छ । वर्तमान गठबन्धन भत्कियो भने आफू फेरि सडकमा आउनुपर्ने चिन्ताले विचराको दिनको चयन र रातको निन्द्रा नै गायव भा’छ । गठबन्धन भकाउनुपर्छ भन्ने कुरा कसैले ग¥यो कि माकुने तीन हात माथि उफ्रिहाल्छन् । काँग्रेस र माओवादीको पछि लागेर एक दुई वटा मन्त्री पड्काउन पा’छन्, ललिता विनास प्रकणबाट हत्कडी लाग्नबाट जोगिएका छन् । गठबन्धन फुट्यो भने त माकुने न वल्लो घाट न पल्लोतिरको हुन्छन् । अर्काको वैसाखी टेकेर कहिलेसम्म हिँड्लान माकुने । –वैरागी वा
स्वा“ठहरुले नौटंकी देखाए
नेपालका राजनैतिक दलका स्वाँठहरुले नौटंकी नै देखाए । कहिले सम्म यिन्ले ढ्यांग्रो ठटाएर अरुलाई तर्साउने होलान ? अब हेरम न ¥याले काजीका खोपीका मान्छे पूर्व घरेलु मन्तरी भुत्लासिंहलाई भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्ने सर्वोच्चका एकजना न्यायाधीशलाई दुर्गमतिर सरुवा गर्दैछन् । हुन त न्यायाधीश पनि मापाकै रै’छन् । वाल्वाटारमा पसारिने र सिंह दरबारमा आएर जोखाना बस्नेहरु, तिनका सात पुस्तासम्मका आफन्तलाई किन छुनु प¥यो ? भुत्ला कृष्णको शरणार्थी प्रकरणमा कुनै संलग्नता छैन भन्देको भए लण्ठै साफ । –गोजे कान्छा
गणतन्त्रको मलामी
हैन हौ यो गणतन्त्र भन्ने व्यवस्थालाई किन हिजोआज छिछी र दुरदुर ग¥या होलान् ? युवा, बृद्ध सबै गणतन्त्रकैि मलमीको बात गर्न थालेका छन् । गणतन्त्र चिलिम भयो कि क्या हो ? चिलिम नभैकन त मलामी जाने कुरा त आउँदैन । फेरि गणतन्त्र चिलिम भयो भने अहिलेका गणे नेताहरु के गर्दा हुन् ? यही गणतन्त्रले तिनको भाग्य चम्केको छ । क्विन्टलका क्विन्टल सुन ओसार्न पा’छन्, ललिता निवास, बाल संगठन (मन्दिर) भवन खर्लप्पै निल्न पाएका छन् । गणतन्त्र सिद्धिएका दिन यिन्को हालत के होला ? हुन त घिटघिटे गणेलाई यिन्ले कहिलेसम्म सास हाल्लान् ? –धुर्मु
दलालहरुले त्यसै बेच्या होइनन्
नेपालका सैयौ उद्योग, कलकारखाना घाटामा भएकोले वर्तमान सत्ताका दलालहरुले बेच्या रे । हुन त हो पनि घाटामा गएसी’ किन बाँकी राख्नु ? ती उद्योग कल कारखाना तत्कालीन राजाहरुले युवाहरुलाई रोजगारी दिन खोलेका थिए । तर उनीहरु सामन्त भए । तिनै उद्योग बेच्नेहरु क्रान्तिकारी भए । अब अहिले पूरै देश घाटामा छ । सत्ताका दलालहरु के गर्दा हुन् । आखिरी सत्ताका दलालहरु सबैभन्दा शक्तिशाली हुन्छन् क्या रे । –गवुल्ले
अन्तेमा
हिजो आज राष्ट्रिय भाउजुको चर्चा सेलाउँदै गएको छ । दर्जनौ काण्डमा मुछिदा नि ¥याले बा’ले छपक्कै चल्ला छोपेझैँ छोपेर राखेपछि राष्ट्रिय भाउजुलाई कस्ले छुने ? नुन देखि सुन र मान्छेसम्म तस्करी गर्न जान्या छिन् । पैसोको महिमा राष्ट्रिय भाउजुले भलिभाँति बुझ्याछिन् । त्यसैले अहिल्यै अक्टोपस झैँ राष्ट्रिय भाउजु सोहर्नमै व्यस्त छिन् ।–सीमान्तकृत महिला
