त्रसौरभ ज्योति, निर्देशक ज्योति ग्रुप
महाभूकम्पले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ । मानिसहरूमा त्रास सिर्जना गरेको छ । र, केही अन्योलता पनि छाएको छ । विज्ञले भन्दै आएका पनि थिए— हाम्रो देश भूकम्पीय जोखिममा छ, जुनसुकै भूकम्प आउाछ र ठूलो क्षति गर्न सक्छ । तर, हामीले विज्ञका कुरा सुनेर सतर्कता अपनाएका थिएनौा । त्यसैले अहिले ठूलो क्षति व्यहोर्यौा । यो जनधनको क्षति एकातिर छ, सागसागै यसले पुनर्निर्माणको अवसर पनि दिएको छ ।
भूकम्पपश्चात कैयाौ सकारात्मक र आशाका सम्भावना देखिएका छन् । जस्तो, विपतमा ठूलो संख्यामा रहेको नेपाल आर्मी र प्रहरीले जुन किसिमको भूमिका निर्वाह गरे, त्यो सराहनीय प्रशंसनीय देखियो । त्यस्तै, युवामा पनि एक किसिमको सहयोगी र राष्ट्रिय भावना देखियो ।
अझ नेपाली युवाले गरेको स्वयंसेवा सम्भवत: विश्वकै इतिहासमा सबैभन्दा ठूलो संख्याको सेवा हो । युवाहरूको सक्रियता देख्दा नेपाली युवा निकै सक्षम छन् भन्ने प्रमाणित भएको छ । यो भूकम्पले मुलुकलाई एकताबद्ध गराएको छ । अरुबेला फरक–फरक बाटोमा हिाड्ने राजनीतिक दलका कार्यकर्ताहरू समेत योबेला सहकार्य गरिरहेका छन् । उनीहरू राजनीतिक दायराभन्दा बाहिर आएर नेपाली भएर काम गरिरहेका छन् । त्यस्तै, अर्काे सकारात्मक कुरा ६ वर्षसम्म पनि आउन नसकेको संविधान छिटै आउने सम्भावना देखिएको छ । राष्ट्रिय एकताको कुरा भइरहेको छ । यी सबै भूकम्पपश्चात भइरहेका छन् । यसले कैयौा आशा र सम्भावना देखाएका छन् ।
यतिखेर भूकम्प आएर क्षति पुगेको अवस्था छ । यसले पुनर्निर्माणको चुनौती र अवसर दिएको छ । उही चुनौतीलाई स्वीकार गरेर नयाा निर्माण गर्नु र आर्थिक गतिविधि बढाउनुको विकल्प हामीसाग
छैन ।
यो भत्केको संरचनाको पुनर्निर्माण त गर्नु छादै छ । देश भूकम्पीय जोखिममा भएकाले अब देशैभरि भूकम्प प्रतिरोधात्मक संरचना बनाउन हामी लाग्नुपर्छ । यस्ता भूकम्प चिली, जापानमा आइरहन्छन् । तर, उनीहरूले भूकम्पले छुन नसक्ने संरचना बनाएका छन् । त्यसैले त्यहाा भूकम्पले खासै क्षति पुर्याउादैन ।
यो हाम्रोमा पनि सम्भव छ । अब हामी आत्तिएर होइन, योजनाबद्ध किसिमले पुनर्निर्माणमा लाग्नुपर्छ । भूकम्प प्रतिरोधात्मक घर–संरचना बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । ताकि अहिलेको पुनर्निर्माणसागै सम्भावित क्षतिलाई कम गर्न सकिओस् ।
अब हामीले मापदण्डसहितका घर–भवन बनाउनुपर्छ । भवन संहिता बनाएर त्यसलाई लागू गर्नपर्छ । अब हामीले देशैभरि भौगर्भिक अध्ययन गरेर मात्रै घर, बस्ती, सहर आदिको विकास गर्नुपर्छ । यसो हुन सक्यो भने, हामीलाई भूकम्पसागै अन्य विपत्तिले धेरै असर गर्न सक्दैन । पर्यटकहरू पनि ढुक्कसाग आउाछन् ।
कहाा उद्योग खोल्ने ? कहाा हाउजिङ बनाउने ? कहाा बस्ती राख्ने ? कहाा सहर विकास गर्ने ? गहिरो भौगर्भिक अध्ययन हुनुपर्छ । त्यसपछि विकास निर्माणबारे कडा नीति–नियम बनाएर कार्यान्वयन गर्नैपर्छ । हाम्रोमा पहिले पनि भवन संहिता थियो । तर, कार्यान्वयनमा आउन सकेको थिएन ।
अब हामीले कानुन निर्माण गरेर मात्रै पुनर्निर्माणको काम सुरु गर्नुपर्छ । यसो भयो भने मात्रै हाम्रो भविष्य सुरक्षित छ ।
आर्थिक गतिविधि बढाउने अवसर
तत्कालका लागि त सरकारले घर बनाइदेला, खाद्यान्न राहत पनि देला, तर केही समयपछि भोकै मर्ने अवस्था सिर्जना भयो भने के गर्ने ? त्यसका लागि त आर्थिक गतिविधि बढाउनैपर्छ । उत्पादनमूलक कार्यमा लाग्नुपर्यो ।
त्यसैले पुनर्निर्माणसागै कसरी आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने ? यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
व्यापारिक गतिविधि सक्रिय नभएसम्म देशको अर्थतन्त्र उक्सादैन । त्यसकारण, आर्थिक क्रियाकलाप बढाउने दिशामा जानुपर्छ ।
अब पुनर्निर्माणको कुरा छ ।
सरकारले भनिरहेको छ, हामीलाई मात्र पुनर्निर्माण गर्न देऊ । तर, यो सम्भव छैन । निजी क्षेत्र एउटा मुख्य साझेदार भएका हिसाबले निजी क्षेत्रलाई पनि सरकारले सागै लैजानुपर्छ । अहिले भत्केकाको पुनर्निर्माणमा कम्तीमा पनि पााच खर्ब लाग्ने कुरा आइरहेको छ ।
यसको कम्तीमा पनि ६० प्रतिशत अर्थात् तीन खर्बजति रकम आन्तरिक उत्पादन र सेवामा लक्षित हुन्छ भन्ने सरकारी प्रतिबद्धता आउनुपर्छ । आवश्यक पुनर्निर्माणका सामग्रीमा नेपाली वस्तु र नेपाली उत्पादन मात्र प्रयोग गर्छौं भन्ने प्रतिबद्धता सरकारी क्षेत्रबाट आउने हो भने, देशको अर्थतन्त्र विकासका लागि निकै ठूलो सहयोग पुग्छ । नेपाली उत्पादन पनि गुणस्तरी छन् । अन्तर्रा्ष्टि्रय मान्यता र गुणस्तर प्राप्त छन् । साथै नेपाली उद्योग नेपालको पुनर्निर्माणका लागि आवश्यक सामग्री उत्पादनका लागि सक्षम पनि छन् । पुनर्निर्माणका लागि छुट्याइने रकम नेपाली उत्पादन र सेवामा खर्च हुन सक्यो भने देशले कााचुली फेर्छ । नेपालमा कैयौा उद्योग कलकारखाना सञ्चालन हुन सक्छन् । पुनर्निर्माणका सामान खरिद गर्दा धेरै पैसा बिदेसिन्ना ।
अर्को्तिर, पुनर्निर्माणका लागि आवश्यक जनशक्ति नेपालमै छ । दैनिक हजाराौको संख्यामा हाम्रा युवा रोजगारीका लागि बिदेसिादै छन् । उनीहरूलाई मुलुकको निर्माणमा रोजगारी दिन सके देशभित्रै आर्थिक गतिविधि बढ्छ ।
नेपाली उत्पादन, नेपाली सेवा, नेपाली निर्माण सामग्री प्रयोग गर्याौ भने पुनर्निर्माणका लागि अनुमान गरेकोमध्ये ६० प्रतिशत रकमले नेपालको हरेक क्षेत्रको विकास हुन्छ । पुनर्निर्माणमा रकम विदेश जानु भनेको देश कमजोर हुनु हो । यसले हाइटीमा जस्तै अवस्था सिर्जना गर्न सक्छ । त्यसैले सरकारले स्वदेशी वस्तु र उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ । यसो भयो भने निजी क्षेत्र पनि सरकारसाग हातेमालो गर्न तयार हुन्छ । सरकारले उद्योग सञ्चालनका लागि विद्युत्को व्यवस्था गर्न सक्यो, नेपाली उद्योगलाई प्राथमिकता दिएर योजना ल्यायो भने उद्योग फस्टाउाछन् । यसले पुनर्निर्माणका लागि आवश्यक पर्नेमध्येको झन्डै ६० प्रतिशत रकम देशभित्रै घुम्न पाउाछ । र, देशको समग्र अर्थतन्त्रको विकासमा बढावा हुन्छ । यो त भूकम्पपछि पुनर्निर्माणसागै समग्र आर्थिक विकासका लागि देखिएको सम्भावना भयो ।
भूकम्पले हरेक क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको छ । निजी क्षेत्रको मात्र झन्डै एक खर्बको नोक्सानी भएको अनुमान गरेका छौा । तर, यस विनाशलाई अवसरको रुपमा लैजाादा जुन पााच खर्बको लगानीको कुरा छ । त्यसमा तीन खर्ब मात्र स्वदेशी उत्पादन र अर्थतन्त्रमा केन्ऽित गर्ने हो भने, हामीले प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सक्छाौ । कैयौा उद्योग सञ्चालन गर्न सक्छाौ । तर, त्यसका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिनुपर्यो । स्वदेशी वस्तु र उत्पादनलाई प्राथमिकता दिनुपर्यो । त्यसका लागि नयाा उत्पादन, नयाा उद्योग स्थापनाका लागि निजी क्षेत्र तयार छ । सरकारले नीति ल्याउनु पर्यो, स्वदेशी उत्पादन नै प्रयोग गछाौ भन्ने विश्वास दिलाउनुपर्यो । सरकारसाग हातेमालो गर्न निजी क्षेत्र सधौ तयार छ । यो एउटा अवसर हो ।
नबिग्रेको धेरै छ
जलविद्युतकै कुरा गराौ, यो भूकम्पीय क्षेत्र भएकाले बढी जोखिम छ भन्ने धारणा थियो । अहिलेको महाभूकम्पले यसलाई पनि गलत साबित गरिदियो । भूकम्पको अर्काे दिनदेखि निरन्तर विद्युत् आपूर्ति भइरहेको छ । अहिलेको भूकम्पले कुनै पनि जलविद्युत परियोजनालाई ठूलो नोक्सानी पुर्याएको छैन । यो त हाम्रो लागि ठूलो कुरा हो । किनभने, भूकम्पले परियोजनामा ठूलो क्षति पुर्याउाछ भन्ने आमधारणालाई गलत साबित गरिदिएको छ । नेपालको जलविद्युत् क्षेत्रमा थप लगानीका लागि बाटो खोलिदिएको छ । अब त हामी विदेशी लगानीकर्तालाई पनि ढुक्क भएर लगानी गर्न आश्वस्त पार्न सक्छाौ । यस क्षेत्रमा ठूलो लगानी भित्र्याउन सक्छौा ।
जलविद्युत् क्षेत्रमा एफडिआई अर्थात् फरेन डाइरेक्ट इन्भेस्टमेन्ट ल्याएर सुरक्षित क्षेत्रमा ठूला आयोजना निर्माण गर्न सकिन्छ । अहिलेको भूकम्पले विश्वमै नेपालमा जलविद्युत् क्षेत्र सुरक्षित छ भन्ने सन्देश गएको छ । यो त ठूलो अवसर हो । अर्काे, अहिले एयरपोर्टमा कुनै समस्या भएन । बरु टर्किस एयरले एक हप्ता
रोकियो । तर, भूकम्पले कुनै क्षति पुगेन, राजमार्ग सुरक्षित रह्यो, विद्युत् पनि आयो, टेलिफोन पनि चलिरह्यो । यो त केवल भाग्यले मात्र बचेको हो । सधौभरि भाग्यले साथ दिन्छ भन्ने छैन । त्यसैले हामीले अहिलेको विपत्तिलाई ख्याल गर्दै आगामी दिनमा हुन सक्ने विपत्तिबाट बच्न तत्काल वैकल्पिक अन्तर्रा्ष्टि्रय विमानस्थल, वैकल्पिक राजमार्ग, ऽूतमार्गलगायतको तत्काल व्यवस्था गर्नुपर्यो । जसले भविष्यमा हुन सक्ने विपत्तिबाट बच्न सकियोस् ।
यस्ता कुरामा पनि अहिलेको भूकम्पले सचेत बनाएको छ । यसका लागि सरकारले योजना बनाउनुपर्यो । लगानीका लागि त निजी क्षेत्र छादै छ । पिपिपी मोडलमा निर्माण गर्न सकिन्छ । तर पहिले सरकारले यसका लागि योजना ल्याउन आवश्यक छ । हामीसाग आर्थिक विकासका लागि अर्काे पनि विकल्प छ, जस्तो कृषि क्षेत्र । यसमा व्यावसायिक फार्मिङ गर्न सके यसबाट ठूलो आर्थिक विकास गर्न सकिन्छ ।
बिग्रेको मात्रै बढी प्रचार भयो कि ?
भूकम्पका कारण पर्यटन क्षेत्रमा पनि नकारात्मक सन्देश गएको छ । यसमा आवश्यकता भन्दा बढी गलत प्रचार गरियो । जस्तो, एउटा होटलमा रेड स्टिकर लगाइयो । तर, सबै होटल असुरक्षित भएजस्तो सन्देश गयो । दुईवटा ट्रेकिङ रुट रोकियो, सबै रुट बन्द गरेजस्तो प्रचार गरियो । डिसेम्बरसम्मका लागि पर्यटन आउन रोकिएको छ । एयरपोर्ट सुरक्षित छ, सडक सुरक्षित छ । १० प्रतिशतमात्र घर ध्वस्त भएका छन् । तर, प्रचार यसरी गरियो कि पूरै काठमाडौं नै ध्वस्त भएको हो कि जस्तो गरी ।
यसमा मिडियाको रोल सकारात्मक देखिएन । मिडियाले १० प्रतिशतलाई मात्र कभरेज गरेको छ । जबकि ९० प्रतिशत सुरक्षित क्षेत्रको कुनै प्रचार छैन, यसले विदेशी लगानी, पर्यटनलगायत क्षेत्रमा नकारात्मक सन्देश जान्छ । जसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पार्छ । जब कि हामीले निशाराका बीच पनि आशा जगाउने र सम्भावनाको खोजी गर्नुपर्नेछ । यस्ता विषयमा मिडियाको रोल पनि सकारात्मक हुन आवश्यक छ ।
त्र
