मोदी बङ्गलादेश भ्रमण दुई मुलुकबीच सीमासम्बन्धी सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदी दुई दिने भ्रमणका लागि शनिबार बङ्गलादेश पुगेका छन्। यस भ्रमणमा दुई मुलुकबीच सीमामा भूमिसम्बन्धी सम्झौता हुनेछ र त्यसबाट सीमा क्षेत्रमा एक अर्काका सीमाभित्र पसेका क्षेत्रमा बसोबास गर्ने दशौा हजार जनतालाई आफ्नो नागरिकता छनौट गर्ने अधिकार प्राप्त हुनेछ । यसअघि उनीहरूले दशकौासम्म राज्यविहीनताको अवस्था भोग्नुपरेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी ढाकास्थित हजरत साहजलाल अन्तर्रा्ष्टि्रय विमानस्थलमा अवतरण भएपछि बङ्गलादेशका समकक्षी सेख हसिनाले उनलाई स्वागत गरेकी थिइन । मोदीको भ्रमणका क्रममा बङ्गलादेशसाग व्यापार सम्झौता हुने बताइएको छ भने उनले प्रतिपक्षी नेता खालेदा जियासाग पनि भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री बनेपछि मोदीको यो पहिलो बंगलादेश भ्रमण हो । यस भ्रमणमा दुई मुलुकबीच चार हजार किलोमिटर सीमाका समस्या समाधान हुने अपेक्षा गरिएको छ । दिल्लीको चीन तथा पाकिस्तानसाग पनि सीमा विवाद रहेको छ भने यस भूमि सीमा सम्झौताले दुई मुलुकबीच सम्बन्धमा कठिनाइ उत्पन्न गराउने ठूलो समस्या समाधान गर्नेछ । सन् २०७१ मा बङ्गलादेशको पाकिस्तानसाग पृथक हुने युद्धमा भारतले हस्तक्षेप पछि यो मुलुक स्वतन्त्र भएको हो र यसपछि बङ्गलादेशको भारतसाग राम्रो सम्बन्ध रहेको छ ।
बङ्गलादेशले सीमासम्बन्धी सम्झौतालाई सन् १९७४ मै समर्थन जनाएको थियो भने गत महिना मात्र भारतको संसदले यसमा समर्थन जनाएको हो । शनिबार भारतीय प्रधानमन्त्री मोदी तथा र बङ्गलादेशका समकक्षी हसिनाले यसलाई संयुक्त रूपमा समर्थन गर्नेछन्। यस सम्झौता अनुसार भारतले असाम, त्रिपुरा, मेघालय र पश्चिम बङ्गालका क्षेत्रहरू साट्ने छ । यी क्षेत्रमा बसोबास गर्ने व्यक्तिले आफ्नो नागरिकता भारतीय वा बङ्गलादेशी भनी छनौट गर्न पाउनेछन् । यसपछि दुई मुलुकको भित्र पसेका क्षेत्रहरू अन्त्य हुनेछन् । यस्तो अवस्थाका कारण हालसम्म करिब ५० हजार व्यक्तिले सरकारबाट पाउने विद्यालय, औषधोपचार तथा अन्य सुविधा पाउन सकेका थिएनन् ।
भारतीय प्रधानमन्त्री मोदी तथा बङ्गलादेशका विदेशमन्त्री ए.एच महमुदले यसले दुई मुलुकबीच सम्बन्धमा नयाा अध्याय आरम्भ गराउने बताए। भारतका विदेशसचिव सुब्रमन्यम जयशङ्करले यस सम्झौताले मानिस, लागुपदार्थ तथा मुऽाको गैरकानुनी व्यापार रोक्नसकिने बताए । प्रधानमन्त्री मोदीको भ्रमणको समयमा व्यापार तथा यातायातका २० सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।
यसै अवधिमा भारतका ठूला व्यापारिक संस्था रिलायन्स तथा अदानीले पनि बङ्गलादेशको व्यापार क्षेत्रमा अरबौा अमेरिकी डलर लगानी गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया