फाउन्डेशन र गर्जेजबीच सम्झौता

धरान । एमालेका नेता तथा जनताको वहुदलीय जनवादका प्रतिपादक स्व. मदन भण्डारीको नाममा खोलिएको मदन भण्डारी फाउन्डेशन र चीनको छोङछिङस्थित छोङछिङ थ्रि गर्जेज भोकेशनल कलेजबीचमा गत हप्ता पाँचबुदे सम्झौता भएको छ । प्रतिष्ठान र कलेजबीच भएको सम्झौता अनुसार शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन, सीपमुलक अनुसन्धान, विद्यार्थी आदान प्रदान
रहेको जनाइएको छ । शैक्षिक विकासका लािग फाउन्डेशनको मातहतमा तालिम केन्द्र, प्रविधि अध्ययन केन्द्रको समेत सञ्चालन गर्ने सहमति भएको एमाले स्रोतले जनाएको छ ।


सहमति पत्रमा मदन भण्डारी फाउन्डेशनका तर्फबाट एमाले भातृ संगठन महिला संगठनकी अध्यक्ष एवम् फाउन्डेशनकी केन्द्रीय सदस्य टुका हमाल र छोङछिङ थ्रि गर्जेज भोकेशनलका तर्फबाट प्रमुख लि जि ओ कुअङले हस्ताक्षर गरेको फाउन्डेशनका एक सदस्यले जानकारी दिए । सहमति अनुरुप चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज स्थापना गरी कार्यक्रमहरु सञ्चालन गर्ने समेत उल्लेख छ ।

तपाईको प्रतिक्रिया